तर प्राधिकरणको ध्यान यता भन्दा पनि नेपाल टेलिकमलाई घाटा भयो भन्नेतिर मात्रै छ | अनि राजस्वमा घाटा भयो रे तै भएर बन्द गराएको रे वाहियात कारण | यदि राजस्वमा घाटा हुने बित्तिकै बन्द गर्नु पर्ने हो भने त कल बाइपास उहिल्यै बन्द हुनुपर्ने हो किनकि मैले बुझे सम्म टेलिकमका इन्जिनियरहरुलाई कुन टावरबाट कति फोन लागेको छ भन्ने सबै था हुन्छ रे ! अनि टेलिकममा त अझ फोन कलहरुको रेकर्ड पनि त हुन्छ नि नत्र त कल डिटेल दिन नपर्ने हो NTC ले हरेक महिना | अनि तेती हुदा पनि कल बाइपास चाही नरोक्ने तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुले कर तिरेर आफुलाई सस्तो पर्ने फोन चलेर ग्राहकलाई सस्तो फोन दिदा चाही राजस्वमा घाटा भयो भन्दै नेट फोनमाथि नै प्रतिबन्ध लगाउने कदम कस्तो कदम हो ??
कुरा यतिमै सिमित हुदैन, प्राधिकरणले बन्द गर्यो लौ अब राजस्वमा वृद्धि हुने भयो भन्ठान्ने हो भने पनि त्यो सम्भव देखिदैन किनकि नेपालमा लगभग ५०% भन्दा बदिले चलाएको एकाउन्ट बन्द गरेर कति दिन बन्द गराउन सकिन्छ र ?? उनीहरुले विकल्प खोज्दैनन् होला र ?? कतिले त proxy address प्रयोग गरेर खोलेर हेरी पनि सके तर यसो गर्दा फोन लगाउन सकिदैन नि भन्नु होला तर तेसो होइन आज साइट खोल्नेले भोलि फोन नलगाउला भन्न सकिदैन | प्राधिकरणको यो कदम मात्रै होइन अन्य कदम बारे पनि चर्चा हुन थालेको छ अचेल त्यो हो अब याहू च्याटको भ्वाइस च्याट माथि पनि प्रतिबन्ध लगाउन खोजेको रे भन्ने पनि सुन्नमा आएको छ | तर यो कदम पनि नमच्चिने पिंगको सय झड्का भने झैँ हुने छ किनकि नेपालमा अहिले सायद प्राय: सबै जसो मानिस जो इन्टरनेट चलाउछन तिनीहरुले याहू मेल चलाउछन अनि यसैमा प्रतिबन्ध लगाउनु कतिको जायज हुनेछ ?? अब सोच्नुस के NTA को प्रविधिलाई रोक्ने यो कदम सफल होला वा असफल ?? अनि किन डराउछ NTA प्रविधिसंग?, किन NTA नयाँ प्रविधि भित्र्याएर त्यसलाई व्यवस्थित गरेर अझ बढी राजस्व कमाउन सकिने तर्फ सोच्न सक्दैन ?? धिक्कार छ नेपाल दुरसंचार प्राधिकरणलाई जसले आजको २१औं शताब्दीमा प्रविधिलाई र प्रविधिको महत्व र आवश्यकता अनि यसलाई व्यवस्थित गर्ने तरिकाबारे सोच्न र बुझ्न सक्दैन !!!!!!!!!!!!
Source:: Nepalithinking
1 प्रतिकृयाहरु:
नेपाल टेलिकम देशमा प्रविधि भित्र्याएको छु भनेर धाक देखाउँछ र उसका यति ""सन्तुष्ट"" ग्राहक छन् भनेर घरिघरि विज्ञापन गर्छ । यो आफै मपाई हुने "नेपाल टेलिकम" को रोग कहिले जान्छ होला ?
Related Story; http://meozone.blogspot.com/2010/09/sexual-sites-prohibitive-action.html
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।