Saturday, February 27, 2010

Happy Holi


यहाँहरु सबैलाई रंगहरु को चाड होली (फागु पुर्णिमा) को शुभकाना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

Wednesday, February 24, 2010

लोला आन्दोलन

देशमा दिनहुँ नयाँ नयाँ आन्दोलन हुदैछन | कहिले माओबादीको ग्ल्यामरस आन्दोलन हुन्छ त कहिले राप्रपा नेपालको संबिधान बनाउन दबाब सिर्जना गर्न ब्यंगात्मक आन्दोलन हुन्छन | यहि र यस्तै आन्दोलनहरुको बिचमा बर्षेनी एउटा आन्दोलन हुन्छ जुन आन्दोलन १५-२०/२५ दिनसम्म चल्छ तर न त यो आन्दोलनले नेपाल बन्द गराउछ न त चक्काजाम नै गराउछ | सबै आन्दोलनले जस्तै यो आन्दोलनले पनि जनतालाई दुख चाही दिन्छ त्यो पनि बिशेष गरि किसोरिहरु यस आन्दोलनको मारमा पर्छन | अब तपाइले पनि बुझ्नुभयो होला यो कस्तो आन्दोलन हो हजुर पक्कै पनि शिर्षकले पनि बुझाउछ कि यो आन्दोलन लोला यानी बेलुन आन्दोलन |

जति जति होलि नजिकिदैछ किशोरीहरुमा त्राश र सडकमा लोला लिएर बसेका युवाहरुको ताँती पनि बढ्दै छ |आपसी समझदारीमा खेलिने पर्व होलिलाई यो लोला आन्दोलनले पक्कै पनि राम्रो गराउदैंन |

Monday, February 22, 2010

यसको मर्मत कसले गर्ने ??

देखिएको दृश्य लगनखेल-चापागाउँ रुटको ठेचो गा.बि.स.को सडक खण्डको हो जहाँको सडकमा कालोपत्रे उक्काएर खाल्डो(प्वाल) पार्दै खानेपानीको पाइपको मर्मत सम्भार तथा अन्य कार्यहरु गरिदैछ | अब यहाँ कालोपत्रे गर्न खानेपानी संस्थानले खर्च गर्ने कि सडक बिभागले अथवा त अर्को बर्षको बजेट नआउन्जेल जनताले यो सडकको यस्तै दुर्दशा देख्नु पर्ने हो ?

Monday, February 8, 2010

नयाँ संबिधान, शान्ति, सुरक्षा र अमन-चैन कहिले ? कुर्सि पहिले ?



यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ?

हिजो मात्रै एउटा फिल्मी पाराको रहस्यमय घटना घट्यो त्यो पनि काठमाडौंको अति नै कडा सुरक्षा ब्यबस्था भएको मानिने क्षेत्रमा 'स्पेसटाइम नेटवर्क'का प्रमुख संस्थापक जमीम शाहलाई गोलि प्रहार गरि हत्या गरेर प्रहरीकै अगाडीबाट हत्यारा फरार भएर जसरि हिन्दी फिल्म 'धूम'मा John Abrahamले अभिषेक बच्चनलाई चुनौती दिएका थिए त्यसरी नै अपराधीले प्रहरीलाई चुनौती दिएका छन् | यस्तो अबस्थामा पनि हत्यारालाई समाउन नसक्ने प्रहरीहरु कस्ता होलान अनि यत्रो घटना घट्दा एउटा बिज्ञप्ति समेत निकाल्न नसक्ने सरकारले नयाँ संबिधान के बनाउला ? देशमा दिन प्रतिदिन सुरक्षास्तिथि खस्किदो छ भने दिनदहाडै चोरी, हत्या, हिंसा, लूटपाट यति बढेको छ कि बिहान निस्केको मानिस बेलुका घर फर्केला कि नफर्केला भन्ने थाहा नै हुदैन | यस्तो अबस्थामा पनि सरकार अनि सुरक्षा जिम्मेवारी पाएका प्रहरी र सेना भनौदाहरु मौन छन् |

गृहमन्त्रीज्यूको कडा सुरक्षाको भाषण पनि भाषणमै सिमित रह्यो | तिनै जना सुरक्षा प्रमुखसहित चीन-भ्रमणमा रहनुभएका गृहमन्त्रीज्यूलाई पनि आफ्नो भन्दा पनि छिमेकी राष्ट्रहरुको सुरक्षाको चिन्ता छ किनकि सरकारको साँचो भारत र चीनसंग न छ |

Linking Networks