जसरि जनताले राणाशसाण हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!हिजो जेठ १४ गते हाम्रो अन्तरिम संबिधानको अन्तिम र नयाँ नेपालको समाबेशी संविधानको पहिलो दिन हुनुपर्थ्यो तर......... तरले कुरो बिगार्यो फलस्वरूप नयाँ संबिधान जारी गर्न भनेर एक बर्ष समय थपियो अन्तरिम संविधानको | अन्तरिम संविधानको मिति त थपियो तर यहाँ पनि तरले कुरो बिगार्न सक्छ यत्रो समयमा त केहि तयारी छैन भने एक बर्षमा नै संविधान बनाउलान यी सभासदहरुले भनेर के विश्वास गर्नु ? खैर छाडौं यी कुरा, आखिर या त नयाँ संबिधान जारी या त अन्तरिम संविधानको म्याद थप त गर्न नै थियो मुलुकलाई बचाउन | तर अनौठो के छ भने आखिर अन्तिम घडीमा आएर मिल्नु नै (राजनीतिक भाषामा झुक्नु नै थियो ) थियो भने यत्रो नाटक किन गर्नु र जनतालाई किन नानाभाति भनेर दुख दिनु |
Saturday, May 29, 2010
संविधानको समय सिमा हैन तलब र भत्ता थप
समुह
New Constitution,
Own View,
Politician,
politics
Wednesday, May 12, 2010
अब झन्डा नबोक्ने जनताको मर्का कसले बुझ्ने, जंगली जनावरले?
सन्तोष रिमाल, काठमाडौं, वैशाख २९- नेपाली आकासमा निजी कम्पनी विमानहरूको चुरीफुरी बढ्दो छ। तर, सरकारी विमानको हालत भने पखेटा काटिएका पन्छीहरूको जस्तो छ। हिजोआज टिभीमा 'मुटु चाहिन्छ मुटु' भन्दै छाइरहने कलाकार तथा विमानचालक विजय लामाले मंगलबार नागरिकसँग यही विषयबाट कुराकानी सुरु गरे।
कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्। उनलाई लाग्छ व्यवसायिक सफलताको तगारो यही हो।
'युनियन धेरै भए। युनियनहरूले गर्दा निगम व्यावसायिकभन्दा राजनीतिक थलो बन्यो,' उनले भने, 'आवाजको गतिमा चल्नुपर्ने निगममा झटपट निर्णय हुनुपर्ने हो।' तर, निगममा पञ्चभेलाले जसरी निर्णय गर्ने शैलीदेखि उनी दिक्क छन्। पछि पर्नुको एउटा कारण यसैलाई मान्छन्।
'सबैको राय बुझेर निर्णय गर्न खोज्दा लामो समय लाग्छ। २१ औं शताब्दीको एयरलाइन्स क्षेत्रको बाधक भनेकै ढिलसुस्ती हो,' अरु कार्यालयजस्तै सरकारी पाराले निगमलाई पनि सताएको उनले दोहोर्याए।
'नेपाल वायुसेवा निगमको स्थिति खस्कनुमा दोषी को?' यो पहिलो प्रश्नमा निगमका क्याप्टेन विजयले ढाकछोपको प्रयास गरेनन्, 'हामी कर्मचारी नै हौं। दोषबाट पन्छिन अरूलाई किन औंला देखाउनु?'
कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्। उनलाई लाग्छ व्यवसायिक सफलताको तगारो यही हो।
'युनियन धेरै भए। युनियनहरूले गर्दा निगम व्यावसायिकभन्दा राजनीतिक थलो बन्यो,' उनले भने, 'आवाजको गतिमा चल्नुपर्ने निगममा झटपट निर्णय हुनुपर्ने हो।' तर, निगममा पञ्चभेलाले जसरी निर्णय गर्ने शैलीदेखि उनी दिक्क छन्। पछि पर्नुको एउटा कारण यसैलाई मान्छन्।
'सबैको राय बुझेर निर्णय गर्न खोज्दा लामो समय लाग्छ। २१ औं शताब्दीको एयरलाइन्स क्षेत्रको बाधक भनेकै ढिलसुस्ती हो,' अरु कार्यालयजस्तै सरकारी पाराले निगमलाई पनि सताएको उनले दोहोर्याए।
Wednesday, May 5, 2010
राजनेता कि अराजकनेता ??
सामान्यतया राजनेता भन्नेबित्तिकै हामी सबैले बुझ्ने कुरा हो राजनीति गर्ने व्यक्ति भनेर। राजनेताको परिभाषा धेरै थरि होला तर मेरो बुझाइमा भने राजनेता भनेका त्यस्ता व्यक्ति जो देशलाई शान्त सम्ब्रिद्द र बिकसित बनाउने उद्देश्यले देशका लागि राजनीति गर्ने व्यक्ति हो। अरजकनेता भनेको चाही अराजक कार्य गर्ने तथा त्यस्ता व्यक्तिहरुको नेतृत्व गर्ने व्यक्ति हो ।
अब क.प्रचण्ड जो दशबर्षे गृहयुद्ध पश्चात शान्तिपूर्ण रुपमा राजनीति गर्ने भनेर देशकै ठुलो पार्टीका अध्यक्षका रुपमा उदाएका छन् राजनेता हुनकी अराजकनेता ? दुविधा यहानेर किन छ भने देशमा दिगो शान्ति ल्याउने र मुलुकको बिकाश गर्ने सपना जनतालाई बाँडेर र नेपालीलाई जनताको संबिधान दिने नारा लिएर आएका प्रचण्ड आफै अहिले आएर आन्दोलनजस्तो अराजक कार्य गर्न थालेका छन् । उनकै आदेश पाएर हो वा के हो गाउँ गाउँमा एक परिवार एक सदस्यका दरले आन्दोलनमा उत्रनुपर्ने भन्दै मानिसलाई ल्याइएको भन्ने खबरहरु पत्रपत्रिकामा आउन थालेका छन् ।

Monday, May 3, 2010
पक्ष र प्रतिपक्षका कमरेडहरुलाई चिट्ठी
कमरेड प्रचण्डलाई खुला चिट्ठी
लालसलाम,अनि न्यानो अभिवादन
कमरेड
कमरेडको गाथमा त आरामै होला नत्र त आन्दोलन गर्नुको सट्टा कुन देश पुग्नुहुन्थ्यो होला उपचारार्थ तर हामी जनता र बिद्यार्थीहरु शारीरिक र मानसिक रुप दुबैले अस्वस्थ भएका छौ हजुरको आन्दोलनले ! दुइ छाक खान पनि दिनभरी परिश्रम गर्नुपर्ने हाम्रो त गांसै तपाइले बन्द गरिदिहाल्नुभयो | हुन त नेपाल पर्यटन बर्ष २०११ सफल पर्न प्रमुख लगायत अन्य केहि दलका प्रमुख नेताहरुले बन्द हड्ताल र आन्दोलन नगर्ने भनि प्रतिबद्दता जनाएको थाहा पाएर अब देशमा केहि होला भन्ने सोचेका म र मजस्ता बिद्यार्थी र जनता तपाइको कदमले फेरी जिल्लिएका छौ | कमरेड हजुरको आन्दोलनले हाम्रो त परिक्षा पनि स्थगित भयो रे दिनरात गरेको परिश्रम पनि खेर गयो | कमरेड तपाइको नागरिक सर्वोच्चता अनि संबिधान निर्माणको नारा कहिले सम्म टिक्ला र त्यै जेठ १४ गते सम्म त हो नि त्यसपछि त जनताले तपाई जस्ता नेताहरुलाई के विश्वास गर्ने | कमरेड तपाइलाई मेरा हजुरबा-हजुरआमा, बा-आमा, दाजु-दिदिहरुले भोट दिएर जितेको आन्दोलन गर्न होइन त्यो त देशमा दिगो शान्तिका निमित्त नयाँ संबिधान बनाउनका निमित्त हो | त्यसैले कमरेड अब आन्दोलन छोडेर सहमतितर्फ लाग्नुस् हो कमरेड ठुलो दलका हिसाबले तपाइको पार्टीकै नेतृत्वमा सरकार बन्नुपर्छ र अन्य दलहरु पनि सहमतिको निम्ति लचिलो बन्नुपर्छ | यसर्थमा माधव नेपालले पनि त तपाइको बाहेक अरुको नेतृत्वको सरकार बनाउने भएमा आफु छोड्न तयार छु भनेका छन् नि त्यै भएर तपाईकै पार्टीका डा. बाबुराम लाई प्रधानमन्त्रि बनाउने प्रस्ताव राख्नुहोस न त अनि सहमति गर्नुहोस |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी

बिन्ति छ कमरेड जनतालाई नमार्नुस जनयुद्धको नाममा १५००० नेपाली जनता मरे अब फेरी जनताको रगतको खोला नबगाउनुस | कमरेड कुर्सीका निमित्त किन जनताको रगत बगाउनु हुन्छ ? के तपाई सत्तामा गए मात्रै संबिधान बन्ने र नागरिक सर्वोच्चता स्थापना हुने हो त ? गिरिजाबाबुको मृत्यु लगत्तै जुर्मुराएका राजा अनि चार दिन अघि नेपाल आएका पारसलाई जेठ १४ पछीको विकल्पका रुपमा देख्न नपरोस भन्ने जनचाहनालाई किन लत्याउनु हुन्छ ? यस्तै चाला तपाई नेताहरुको रहने हो भने तयार हुनुहोस जनताको सामना गर्न मात्र कुर्नुस जेठ १४ अनि तपाई लगायत अन्य दल र नेताहरुको हाल के हुन्छ ?अन्तमा, देशमा संबैधानिक रिक्तता नाराखिदिनुहोला भन्दै मेरो पत्र टुंग्याउछु |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी
Sunday, May 2, 2010
बधाई छ ! कमरेड तपाई सफल हुनुभयो |
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो
गरिब जनताको दुई छाक बन्द गर्नुभयो
काम गरि खानेलाई काम गर्न रोक्नु भयो
वाई-स्याल परिचालन गर्नुभयो
अनि आन्दोलन गर्नुभयो, ठुलै काम गर्नुभयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो
बधाई छ कमरेड तपाई सफल हुनुभयो
गरिब जनताको दुई छाक बन्द गर्नुभयो
काम गरि खानेलाई काम गर्न रोक्नु भयो
वाई-स्याल परिचालन गर्नुभयो
अनि आन्दोलन गर्नुभयो, ठुलै काम गर्नुभयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो
राष्ट्र निर्माणमा युनिटी र न सुबिधा न पैसा फिर्ता
आज एकै दिनका दुइ प्रमुख दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरुको हेड लाइन हुन् यी | पहिलो राष्ट्र निर्माणमा युनिटी लाईफ शिर्षकको बिज्ञापन भनौं वा समाचार भनौं गोरखापत्रमा प्रकाशित भएको थियो भने दोस्रो न सुविधा, न पैसा फिर्ता शिर्षकको समाचार भने नागरिक दैनिकमा प्रकाशित भएको हो | तपाइले पहिलो समाचार यहाँ हेर्न सक्नुहुन्छ भने दोस्रो समाचार जस्ताको तस्तै तल हेर्नुस :
रोशन साँवा, इलाम, वैशाख १९- एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजिवन निशुल्क स्वस्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैंया लिएर 'स्वस्थ्य सदस्य' बनाएको छ। यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र बिमा सुविधा पनि हुँदैन।
गत असोजमा इलाम सदरमुकाममा सञ्चालित १५ शैयाको युनिटी लाइफ अस्पतालमा मापदण्डअनुसार जनशक्ति तथा प्रभावकारी सेवा नभएको पाइएको छ। सो अस्पतालले मापदण्डअनुसार आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी राखेको छैन।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा. तारानाथ पोखरेलले १५ शैयाको अस्पतालमा कम्तिमा तीन जना एमबीबीएस गरेका चिकित्सक, छ जना नर्स, दुई जना हेल्थ असिस्टेण्ट, दुई जना अहेव हुनुपर्छ। तर युनिटी लाइफ अस्पतालमा एमबीबीएस चिकित्सक एक, दुई जना नर्स, एक जना हेल्थ असिस्टेण्ट र दुई जना अहेव छन्।
एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजीवन निःशुल्क स्वास्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैयाँ लिएर 'स्वास्थ्य सदस्य' बनाएको छ। तर, यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र विमा सुविधा पनि हुँदैन।
कम्पनीले इलाम सदरमुकाममा सञ्चालन गरेको युनिटी लाइफ अस्पतालका प्रशासकीय अधिकृत पुष्प खड्काले स्वास्थ्य सदस्यलाई बैंकिङ सदस्यलाई जस्तो बचत र विमाको सुविधा नहुने बताए। 'स्वास्थ्य सदस्य हुने परिवारका सदस्यले पनि अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्योपचार सेवा पाउँछन्,' उनले भने। 'अस्पताल जाने कहिलेकाहीं त हो, औषधीको पैसा तिर्नैपर्छ, एकमुष्ठ पैसा तिरेर सोझै ठगिएका रहेछौं नि,' एक स्वास्थ्य सदस्यले भने।
युनिटीका स्वास्थ्य सदस्य बरबोटेका बालकुमार श्रेष्ठले अस्पतालले दिने स्वास्थ्य सुविधा पनि चित्त नबुझेको बताए। 'दुई महिनाअघि अचानक विरामी भएर अस्पताल पुग्दा सदस्यताको कार्ड मसँग थिएन, सदस्य हुँ भन्दा पनि छुट दिएनन्। महँगो पनि लाग्यो,' उनले भने। उनले त्यसपछि युनिटी अस्पतालमा जानै छाडेको बताए। युनिटीको इलाम शाखाले स्वास्थ्य सदस्यको संख्या केन्द्रबाट मात्र उपलव्ध हुन सक्ने जनाएको छ।
युनिटी लाइफ अस्पतालले दिने सेवासुविधाका बारेमा पनि प्रशस्तै गुनासो सुनिन थालेको छ। अस्पतालको प्रयोगशाला त अझ झन् भरपर्दो नभएको सेवाग्राहीले बताएका छन्। 'युनिटी लाइफ अस्पतालले रगत ए पोजेटिभ भनेर पठाएको मान्छेको यहाँ पुनः परीक्षण गर्दा एबी पोजेटिभ देखियो,' जिल्ला अस्पताल इलामका प्राविधिकले भने। युनिटीकै एक सदस्यले युनिटी अस्पतालमा र जिल्ला अस्पतालमा रगतको आरबीसी (रेड ब्लड सेल) गणना गर्दा अलगअलग नतिजा आएको बताए। 'युनिटीमा आरबीसी १९ हजार देखायो, लगत्तै जिल्ला अस्पतालमामा परीक्षण गर्दा ११ हजार देखियो जुन नर्मल रहेछ। १९ हजार हुँदा त थान्को नै लागिने रहेछ,' उनले बताए।
अरु अस्पतालमा उपचार गराएर आएको विरामीलाई युनिटी अस्पतालले नलिने गरेको पनि सेवाग्राहीले जनाएको छ तर युनिटी अस्पतालका प्रशासकीय अधिकृत खड्काले सबैलाई सेवा दिन अस्पताल खोलिएकोले त्यसरी नफर्काउने गरेको दाबी गरेका छन्।
युनिटी लाइफ अस्पतालले सदस्यलाई उपचार खर्चमा २५ प्रतिशत छुट दिने गरेको छ तर उसले छुट दिंदा पनि अन्य अस्पतालको भन्दा महँगो पर्छ। युनिटी अस्पतालले ओपीडी दर्तामा लाग्ने ५० रुपैंया दर्ता शुल्कमा सदस्यलाई पनि छुट दिंदैन। इमरेजेन्सीमा एक सय ५० रुपैयाँ, शैया शुल्क दुई सय रुपैयाँ लिन्छ र सदस्यलाई दुवैमा २५ प्रतिशत छुट छ र औषधीमा छुट छैन। नजिकै रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालले ओपीडीमा दर्ता शुल्क ५०, इमरजेन्सीमा एक सय र शैया शुल्क ५० देखि एक सय २५ रुपैयाँ लिन्छ। जिल्ला अस्पताल त सरकारी हुनाले सरकारले दर्तालगायत धेरैमा निःशुल्क र छुट सुविधा दिएको छ।