Sunday, January 31, 2010

एमालेको भबिस्य एउटा फिल्ममा


ठिकै छ छानबिन नगरुन तर छानबिनकै प्रतिबेदनहरुको आधारमा बनेको फिल्मको दृश्य र संवाद नकाटीकन फिल्मको सेन्सर पास गरिदिए भैहाल्यो नि, यदि आफ्नो गल्ति नभए किन डराउनु पर्यो र ?
हत्यारा चिनेको छ भन्ने केपी ओली र माधव नेपाललाई सोध्न जानुस् भनिएको छ। र र सीआईएका एजेन्ट एमालेभित्रै रहेको भन्ने डाइलग पनि यसमा छ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनाको विषयमा बनेको फिल्म ‘दासढुंगा’को गफले अहिले बजार तातेको छ | कारण फिल्म बिबादमा पर्नु र सेन्सरले फिल्मका दृश्य र संवादमाथि प्रतिबन्द लगाउनु | नेपाली समाजको बिडम्बना भनेकै यहि नै हो यदि कसैले देशका लागि काम गर्छ भने उसले पिडा र मृत्यु शिवाय अरु केहि पनि पाउदैन | मदन भण्डारीले पनि देश र जनताको लागि केहि गर्नु पर्छ भने र गर्न खोजे उनि मारिए फेरी स्व.राजा बिरेन्द्रले पनि जनताका लागि केहि गर्न चाहेका कुरा त माओबादीको मुखबाट नै पनि सुन्न सकिन्छ साथै उनको हत्या हुनुको कारण पनि देश भक्ति र जन-प्रेम नै थियो भनेर सबै नेपाली जनता लगायत माओबादीहरु पनि भन्छन |


अब कुरा 'दाशढुंगा' फिल्मको ! यस फिल्ममा केहि त्यस्ता दृश्यहरु छन् रे जुन दृश्यहरुले एमाले नेता लगायत अरु नेताहरुको बारेमा केहि बोलिएको छ |(आफुले हेर्न पाएको छैन के छ भनेर समाचारमा लेखिएको कुराको भरमा कसरि भन्नु के के लेखिएको छ भनेर ?) जुन संवाद र दृश्य हटाएमा मात्रै फिल्म सेन्सर पास हुने भएको छ | तर निर्माता अपिल विष्ट भने आफूले फिल्ममा नयाँ कुरा नराखेको र पहिले नै सार्वजनिक भइसकेका तथ्यहरुलाई नै फिल्ममा राखेको तथा छानबिन आयोगका प्रतिवेदनहरुको आधारमा नै संवाद र दृश्य राखिएको दाबि गर्दै एक अ‍ंश पनि नकाट्ने बरु विद्यार्थीहरु माझ जस्ताको तस्तै प्रदर्शन गरिदिने अडान राख्छन रे |

Saturday, January 30, 2010

नाम मात्रको ११ घन्टे लोडशेडिंग

बरु साताको सातै दिन दिनको चौबिसै घण्टा लोडशेडिंग गरिदिए त Routine निकाल्नै पर्दैनथियो नि ! म मात्रै हैन अरु नेपालीहरु पनि यसै भन्छन कारण ११ घण्टा लोडशेडिंग भनेर बत्ति आउछ दिनमा जम्मा २ घण्टा देखि ५ घण्टा सम्म(त्यो राती आएको बत्ति सर्व-साधारणलाई के काम) त्यो पनि कहिले Power पुगेन भनेर १/२ घन्टासम्म बिद्युत दिदैन त कहिले कहाँ के बिग्रिएर मर्मतको लागि बन्द गरेको छ भनेर बिद्युत दिदैन |

तै पनि सरकार भन्छ लोडशेडिंग घटाउन भर-मग्दुर प्रयाश भएको छ | अनि प्राधिकरण भन्छ पानीको बहाव कम भएका कारण लोडशेडिंग थप गरिएको छ तर सम्भव भएमा जुनसुकै बेला बिद्युत आपूर्ति गरिनेछ | ए बाबा ! तिमीहरुले दिएको Routine अनुसार त दिनकै १/२ घण्टा बढी लोडशेडिंग हुन्छ अनि हावादारी गफ किन दिनु जनतालाई ??? अब त बत्ति आउने जाने ठेगानै छैन कहिले आउछ भनेर कुर्नु पर्ने बेला भएको छ बिद्युतलाई !

Saturday, January 23, 2010

B.B.C - कटुवाल बार्ता


आफ्नो कार्यकालमा राजनीतिक भाषण गरे भन्ने आरोप लागेका पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले शुक्रबार बीबीसी नेपालीलाई दिएको अन्तवार्ता-

आजकाल कुन कुरामा हराउनुभयो?
खै म त नेपालमै बसिरा'छु। म एउटा नागरिक भएर नै बसिरा'छु।

राजनीतिमा हामफाल्दै हुनुहुन्छ भन्ने पनि सुनियाथ्यो, हो?

बच्चा हुँदाखेरि दुई-चारवटा कान्ला त नाघेको हो। घोडाबाट पनि हामफालेको हो, तर खै राजनीतिमा हामफाल्ने त मैले सोचेको छैन।

सेनामा हुँदा त राजनीतिक नेताले जस्तै भाषण गरेर हिँड्यो भनेर खुबै चर्चा गरेका थे?
खै अब भन्ने मान्छेले त भने होलान् तर मैले भाषण गरेर हिँडेजस्तो त लाग्दैन। तर राजनीति त बुझ्नुपर्ने हुन्छ, जसले पनि।

तपाईंले राजनीति अलि बढी नै बुझेजस्तो छ। त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले त कुर्ची छोड्नुपर्‍यो?
त्यो मेरो कारणले छोड्नुपरेकोजस्तो त लाग्दैन।

नतिजाले त जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा प्रधानसेनापति रुक्मांगत कटवाल शक्तिशाली देखियो नि?
उहाँहरूले अब म नेपाल र नेपालीको मन्त्री-प्रधानमन्त्री भएँ भनेर देख्नुभएको भए यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भनेर देख्नुभएको भए यो अवस्था आउने थिएन कि?

जे भए पनि तत्कालीन सरकार प्रमुखको कतिपय आदेश त सेन प्रमुखले नमानेको त हैन र?
हैन सेना प्रमुखले वैधानिक सरकारको आदेश नमान्ने भन्ने त प्रश्नै उठ्दैन।

बुझ्यो माओबादीले बन्दले केहि हुदैन भन्ने कुरा !

यदि माओबादीले १५ दिन नेपाल बन्द गरिदिएको भए सरकार झुक्नुपर्थ्यो र सत्ता माओबादीले पाउथ्यो तर किन माओबादीले यसो गरेन ?

हुन त माओबादी एककिसिमले झुकेको छ तर पनि अन्तिम समयमा आएर जुनरुपले माओवादीले अनिश्चितकालीन बन्द गर्ने भन्ने हल्ला भएको थियो त्यो सबै कार्यक्रम फिर्ता लिएर जनतालाई केहि रुपमा राहत दिलाएको छ | सायद अब माओबादीले पनि बुझिसकेका छन् कि बन्दले जनतालाई आफ्नो पक्षमा पर्न सकिदैन भनेर | हुन त भन्नेहरुले अझै पनि भन्छन कि "यदि माओबादीले १५ दिन नेपाल बन्द गरिदिएको भए सरकार झुक्नुपर्थ्यो सत्ता माओबादीले पाउथ्यो तर किन माओबादीले यसो गरेन ?" त्यो त माओबादी आफै जानोस ! तर बन्द फिर्ता लिएर माओबादीले ढिलै भएपनि राम्रो काम गरेको छ | सबै पार्टीले यसै गरि बन्दलै नै बन्द गरे त क्या मज्जा हुन्थ्यो होला नेपालमा |

Tuesday, January 19, 2010

म त हरामी पो छु त

यो देशको म कर्णधार पो त
म नभए अरु को हो त ?
पढ्न भनि स्कुल जान्छु
गाँजा चुरोट सबै तान्छु
रिस उठ्यो भने मास्टर हान्छु
म त हरामी पो छु त!!

बर्षमा तिन दिन स्कुल जान्छु
बाकि बसेको दिन हल्लेर खान्छु
Englishमा मेरो Zero आउछ
I Love You सधैं कण्ठ पार्छु
म त हरामी पो छु त!!

Sunday, January 10, 2010

के मन पर्थ्यो तिमीलाई !

--राघव घिमिरे
नयाँ नयाँ फेशन मन पराउने,
आफ्नो पुरानो राष्ट्रिय भेषभुषा के मन पर्थ्यो तिमीलाई !

जापान अमेरिकाको बर्णन गर्ने अनि भारतको चाकरी गर्ने,
नेपाली भै बाँच्न के मन पर्थ्यो तिमीलाई !

रमणीय महलमा मस्त निदाउने,
झुपडीको बास के मन पर्थ्यो तिमीलाई !

ठुला ठुला व्यबसायमा मस्त रहने ,
किसानको जीवन के मन पर्थ्यो तिमीलाई !

सधै कार चढ्ने बनि हुने,
पहाडको गोरेटो के मन पर्थ्यो तिमीलाई !


सुखी जीवन महसुस गर्ने,
दुखको आशु के मन पर्थ्यो तिमीलाई !

पश्चिमी रक, डान्स र पप गीतमा रमाउने,
लोक गीत अनि सारंगीको धुन के मन पर्थ्यो तिमीलाई !

नयाँ नयाँ युगमा प्रवेश गर्न खोज्ने,
आफ्नो कला र संस्कृति अनि परम्परा के मन पर्थ्यो तिमीलाई !

Monday, January 4, 2010

वीर शहिद बिष्णुको नाममा

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए
त्यसैले देशमा राजतन्त्रको अन्त्य गरेर शोषक र सामन्ती बर्गको चुन्गुलबाट देशलाई आजाद गर्न ज्यान दिएका शहिदहरुको रगतमा होलि खेलेर रमाउने नेताहरु अब त नयाँ संबिधान बनाउ र देशलाई सुन्दर, शान्त, बिशाल बनाउ ! नत्र १९ दिनसम्म जनआन्दोलन गर्ने हरुमध्ये केहि सपुतहरु शहिद भए पनि अन्य जनता बाँकी नै छन् भन्ने कुरा नभुल |

र अन्त्यमा वीर शहिद बिष्णुका शोकाकुल परिवारप्रति हार्दिक समबेदना ! यस घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन |

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए
भूपी शेरचनका यी हरफहरुले भन्छन कि देशका लागि देशका सपुतहरुले लडे भने अबस्य नै देश बन्छ अनि मुलुक शान्त सम्बृद्ध र समुन्नत हुन्छ | जसरि बिहान हुनका लागि ताराहरु मिर्मिरमा झरेर जानु पर्छ त्यसरी नै दुइ चार जना सपुतहरुले देशका लागि बलिदान दिएर सहिद हुन नडराइ ज्यानको बाजी लगाएमा मुलुक अवस्य नै बन्छ |तर यहाँ त हजौरौंको ज्यान गैसक्यो, बीसौं जनाले आफ्नो ज्यान भन्न पाएनन् तर खै त उपलब्धि ? शनिबारै पनि जनआन्दोलन भाग २ मा कलंकीमा घाइते भएर थलिएका विष्णुलाल महर्जनको निधन भयो। र आइतबार भयो उनको अन्त्येष्टी।

तर उनै जस्ता शहिदहरुको कारणले आज नयाँ संबिधान बनाउनका लागि जनताको म्यान्डेड पाएकाहरु चाहिं फलानो हरुवा पार्टी सरकारमा गयो, फलानो पार्टीको सत्ता गठबन्धन छुटाएर सरकार ढाल्छौँ र हाम्रो सरकार ढल्दैन, हामी सरकार ढाल्न दिदौनौ भन्दै सत्ताकै कुरामा अल्झिरहेका छन् | यस्तो हुँदा कति चित्त दुखेको थियो होला विष्णुलालको उनि बोल्न सक्ने भए थाहा हुन्थ्यो तर पनि उनको परिवारलाई त थाहा होलाकी उनको चित्त कति दुखेको थियो होला भनेर | उनि त संसारबाट बिदा भएर गए र दिक्कलाग्दो नेपालको हालत देख्न र सुन्न बाट बन्चित भए तर अन्य जीवित शहिद(जनआन्दोलन भाग २ का घाइतेहरु )लाई कस्तो हुँदो हो नेपालको र नेपाली जनताको यो हालत र नेपाली नेताहरुको यस्तो सत्तामोहको चाला देखेर ?

Saturday, January 2, 2010

बन्दमा जे देखियो ...

हिजो आदिबासी/जनजाति बृहत मोर्चा, नेपालको नेपाल बन्द कार्यक्रम | विभिन्न माग राख्दै नेपाली राज्यसत्तालाई खाली बाहुनबादी, अन्यायिक, विभेदपूर्ण र शोषणकारी राज्यसत्ता ब्यबस्थाका रुपमा देखाउदै उक्त राज्यसत्ताको बिरोधमा गरिएको उक्त बन्दमा बन्दकर्ताहरु भन्दै बाटो छेकिरहेका प्राय: सबै गाडीका चालक र सहायक(खलासी)हरु नै देखियो | बन्दकर्ताहरुको माग र उनीहरुको खासै केहि सम्बन्ध देखिदैन देखिन्छ त केवल आफुले काम गर्न नपाएपछी अरुलाई पनि काम गर्न र सवारीका साधनहरुलाई पनि चल्न नदिने मनोभाव अझ प्रस्ट पारौं उही सदियौंदेखिको खुट्टा तान्ने प्रवृत्तिको निरन्तरता | हैन नेपालमा यति बन्द हुन्छ कि बन्द त परम्परा जस्तै भैसक्यो |

Friday, January 1, 2010

इस्वी सम्बत नयाँ बर्ष र विक्रम सम्बतको नयाँ बर्ष

हुन त मैले विदेशीहरुको सिको नगरौ भन्न खोजेको होइन र उनीहरुको बिरोध गर्नै पर्छ भनेको पनि होइन | हो हामीले विदेशीहरुको राम्रो कुराको सिको गर्न सक्छौ अनि उनीहरुको Festivalहरुलाई Celebrate गर्न पनि सकिन्छ तर त्यसो भन्दैमा नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुल्नु चाही भएन | नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुलेर आखिर कहिलेसम्म हामी नेपाली नै रहिरहन सक्छौं ?

दुई तिन दिन देखि मेरो e-mail र मोबाइलको inboxमा संदेशहरुको यस्तो लिने लागेको छ कि पढ्ने फुर्सद पनि पाइदैन | कारण इस्वी सम्बतको नया बर्ष २०१० | हजुर मेरो मात्रै नभएर प्राय सम्पूर्ण नेपालीका मोबाइल र E-mailको Inboxमा New Year 2010को शुभकामनाका संदेशहरुले भरेका छन् | तर बिडम्बना विक्रम सम्बतको नयाँ बर्षका दिनहरुमा यसरि कमै नेपालीको मोबाइल र E-mailको Inboxमा यसरि शुभकामना संदेशहरु आउछन |

आखिर किन यस्तो हुँदै छ त | किन हामि अरुको सिको गर्दै आफ्नो राम्रो परम्परा र रितिथिति आदिलाई अंगाल्न सक्दैनौ त ? आखिर हामी किन बिदेशीको सिको गर्छौं त ? के नेपालीको पनि सिको गर्दै कुनै बिदेशीले नेपालीको चाडपर्वमा कुनै संदेश पठाऊछन् त ? हुनत राम्रो कुराको सिको गर्नु राम्रै हो तर त्यसो भन्दैमा हामि आफ्नो परम्परा अनि संस्कृति र आफुले आफुलाई नै बिर्सन थालेका छौं |

Linking Networks