Wednesday, March 24, 2010

Call Bypass (कहाँबाट कमाउँछ NTCले दैनिक ७ करोड --२)

के हो त, कल बाइपास ?
कल बाइपास भनेको विदेशबाट आउने कललाई उच्च गतिको इन्टरनेट प्रयोग गरेर स्थानीय नम्बरमा परिणत गरी सम्बन्धित ग्राहककहाँ पठाउनु हो। यसो गर्न कल बाइपास गर्नेहरुले बिदेशी कम्पनीसंग सहकार्य गरेर स्थानीय नम्बरहरुको प्रयोग गरेर बिदेशी कललाई इन्टरनेटको प्रयोगबाट स्वेदेशी नम्बरमा रुपान्तरण गर्छन | यसैका लागि नेपालका कल बाइपासर हरुले NTC, Mero Mobile (Ncell), UTL आदिको प्रयोग गरिन्छ जसका निम्ति कल बाइपासरहरुले रिचार्ज कार्ड र सिम कार्ड ठुलो परिमाणमा प्रयोग गर्छन अनि यस्तोमा प्रयोग गर्ने सिमहरु महिनैपिच्छे फरक हुन्छन | दूरसञ्चार कम्पनीहरूको दाबीअनुसार एक अध्ययनअनुसार नेपालमा आउने विदेशी कलमध्ये -एक तिहाइ (३३ प्रतिशत) ले अवैध रूपमा भिओआइपी चलाइरहेका छन्।

Sunday, March 21, 2010

कहाँबाट कमाउँछ NTCले दैनिक ७ करोड --१


नागरिक दैनिकको आर्थिक पृष्ठमा नेपाल टेलिकमको दैनिक कमाई ७ करोड भन्ने लेख पढ्दा मलाई विश्वास लागेको थिएन| NTC यानी Nepal Telecomले दैनिक ७ करोड नाफा कमाउँछ भन्ने थाहा पाउँदा अचम्म मान्नु पर्ने खासै कुरा भने केहि रहेनछ | कारण कल बाइपास | थाहा भएसम्म कल बाइपासमा NTC र Mero Mobile अर्थात् Ncellको यति धेरै सिमकार्ड र रिचार्ज कार्ड प्रयोग हुँदो रहेछ कि दैनिक करौडौंको कारोबार त यस्ताले मात्रै गर्दा रहेछन |सिमकार्ड तथा रिचार्ज कार्ड सप्लाई गर्ने पनि छुट्टै अगेंट हुने रहेछ | हुन त अरुलाई जस्तै मलाई पनि यो बिषयमा केहि मतलब थिएन तर हिजो एकाबिहानै मोबाइलमा घन्टी बज्यो, नम्बर अपरिचित थियो फोन उठाइन तर पटक पटक छुट्टा छुट्टै नम्बरबाट फोन आउन थाल्यो यसो भएपछी फोन उठाएँ र भने हेल्लो उताबाट परिचित आवाज आयो अवाज थियो साथीको जो हाल अमेरिकामा अध्यनरत थियो | सोचें साथि फर्केछ तर हैन रहेछ | अरुको यस्तै घटना सुनेको भएपनि आफैले भने पहिलोपटक भोगियो |

नेपाली राजनीतिका महत्वपुर्ण हस्ती गिरिजाप्रसादको मृत्यु

update::
भावपूर्ण श्रद्धान्जली
`

बाचुन्जेल जतिसुकै पुत्ला जले पनि जतिसुकै बिबादित बनेपनि उनको मृत्युले नेपालमा ठुलै क्षति पुगेको अनुभव भएको छ | जस्तासुकै मैं हुँ भन्नेहरुपनि उनको मृत्युमा दुखित भएका छन्, उनको मृत्युमा भावबिव्हल भएका छन् | जे जस्तो भए पनि दलहरुले मिलेर संबिधान चाडै बनाउन अनि गिरिजाप्रसादको आत्माले चिर शान्ति पाओस भन्दै स्व.गिरिजाप्रसादलाई अन्तिम तथा भावपूर्ण श्रद्धान्जली |

Wednesday, March 17, 2010

कहाँ छन देशप्रेमी ?, भारतमा बन्दै छ लुम्बिनी

केहि समयअघि ब्लगर दाजु K.P. ढुंगानाको ब्लगमा पढेको थिएँ "गुगलम्याप भन्छ : बुद्ध भारतको"| उहाँले गूगलम्यापमा कसैले edit गरेर यस्तो गरेको र यो बदमासी भएको भनेर लेख्नु भएको थियो तर आज नयाँ पत्रिकाको खबर पढेपछि लग्यो यो त भारतको खेल नै पो रहेछ | नयाँ पत्रिकामा लेखिए अनुसार भारत सरकारले नै उत्तरप्रदेशको अलिगढ़ावामा धमाधम नक्कली लुम्बिनीको निर्माणकार्य गरिरहेको छ| सरकारमा रहुन्जेल केहि नबोल्ने अनि सरकारबाट बाहिरीइसकेपछी चाहिँ सिमास्तम्भ जाच्न जाने माओबादीका देशप्रेमी नेताहरु अहिले कहाँ छन् कि निदाए ??अनि वर्तमान सरकार वर्तमान परिप्रेक्ष्यमा आफ्नै (कुर्सिको) ठेगान छैन भारत पनि रिसायो भने त के गर्नु त्यै भएर निरिह सरकार वर्तमान परिप्रेक्ष्यमा तैं चुप मै चुप| अब भारतको यो कार्यको बिरोध कसले गर्ने ? पढ्नुहोस नयाँ पत्रिकाको समाचार जस्ताको तस्तै:

Monday, March 15, 2010

वाह !! पुष्कर, छ्या सरकार

झन्डै ११ बर्ष लगाएर विश्वका १५० जति देशका माटो र बाटोलाई साइकलको पांग्राले नाप्ने प्रथम व्यक्ति पुष्कर शाह अहिले सगरमाथा चढ्नका लागि खर्चका खातिर आफुले ११ बर्ष लगाएर विभिन्न १५० देशमा जम्मा गरेका सामानहरु (बियरको बिर्को देखि विभिन्न राष्ट्रको माटो) लिलाम गर्ने सुरमा छन् | हुन त उनको साइकलको पांग्रासंगै नेपाली र नेपालको नाम पनि गुढ़ी नै रह्यो | अर्थात् जहाँ जहाँ उनि पुगे त्यहाँ त्यहाँ नेपालको नाम अनि नेपालीको बिरताको गाथा पुगे | नेपाल बाहेक अन्य देशमा हो भने उनको यो कार्य अतिनै सराहनीय हुन्थ्यो अनि उनको सपरिवारको सम्पूर्ण जिम्मा सरकारले लिन्थ्यो तर नेपाल न हो यहाँका नेताहरुलाई कुर्सि बाहेक अरु त मतलब नै छैन | बास्तवमा नेपालका नेताहरुमा न त देशप्रेम छ, न त शान्तिप्रेमी नेताहरु नै नेपालमा छन् | यदि एउटा मात्र त्यस्तो नेता भैदिएको भए विश्वशान्तिको लागि साइकल यात्रा गरेका पुष्कर शाहले आफुले जम्मा परेका सामाग्रीहरु लिलामी गरेर बिदेशीलाई बेच्नु पर्दैन थियो होला | न त प्रधानमन्त्री जस्तो गरिमामय पदको मान्छेले आफुसंग राम्रो कामको लागि सहयोग गर्दा "तपाई त प्रसिद्द मान्छे खोज्नुस न कोहि दाता" भन्ने खालका जवाफ नै आउथे | हो पुष्कर शाहले पनि यस्तै तितो अनुभव भोग्न पुगे र अन्तत: हात फैलाउनु भन्दा आफ्नै संकलन लिलामी गरेर पैसा संकलन गर्ने निर्णय लिन बाध्य भए |

Sunday, March 14, 2010

Think Positive, Be Positive

कति नराम्रो कुरा मात्रै गरिरहने अब कहिलेकहिँ त यसो Positive पनि हुनु पर्यो नि, कहिलेकहिँ त यसो आशाबादी पनि हुनुपर्यो नि हैन त्यसो त भन्ने गरिन्छ नि "गाजा चरेश खाए पनि हरेश नखानु"| त्यै हरेश नखाएर चरेश काण्डमा परेका फोरमानन्द जा (परमानन्द झा) पनि उपराष्ट्रखति बनेका होलान | हुन त "HIV र Aids बाहेक सबै कुरामा Positive हुनु" भन्छन | त्यै भएर आज Positive कुरा गर्न मन लाग्यो | देशमा घटेका केहि Negative कुरालाई Positively हेरौं |
कुरा सुरु गरौँ भर्खरै भएको २५ दलकै नेताहरुलाई गाडी दिने सरकारी निर्णयबाट |
यो पनि सरकारको राम्रै निर्णय मान्नु पर्छ | तपाईहरु सोच्दै हुनुहुन्छ होला देशमा यस्तो हत्या हिंसा बढेको छ त्यो गाडी बाँड्ने खर्च शान्ति सुरक्षामा खर्च गरे हुन्न | अरे यार शान्तिसुरक्षामा त्यो रकम खर्च गर्दा त धेरै तर्फ घाटा हुन सक्छ | पहिलो घाटा ज्यानको बाजी लागेर हत्या, अपहरण र चन्दा असुल गर्नेहरुलाई हुन्छ, बिचारहरुको Business निकै चौपट हुन्छ | अर्को घाटा जनसंख्या वृद्धिले राष्ट्र र सरकारलाई अनि प्रकृति यानी Natureलाई | फेरी सरकारको निर्णयबाट फाइदा पनि त जनताकै नेतालाई भएको हो नि त्यसलाई पनि नकार्न मिल्दैन |

Thursday, March 11, 2010

वा !!! मेरो देशका नेता भनौदाहरु

वा नेताज्यू तिमी भाषण गरेर शाषण गर्छौ
शाला हामि जनता दिनरात तिमीहरुकै शोषणमा पर्छौ

वा नेताज्यू तिमी कुर्सिको लागि खुट्टा तानातान र झगडामै ब्यस्त रहन्छौ
शाला हामि जनता तिमीहरुलाई कुर्सि मिलाउने साधन बन्छौं

वा नेताज्यू तिमी हामीलाई सपना देखाएर हाम्रै कारणले मन्त्री बन्छौ
अनि शाला हामीलाई नै बेवकुफ बनाउदैं हाम्रै रगतको होलि खेल्छौ

हो नेताज्यू बास्तवमा तिमीलाई मान्नै पर्छ,
किनकि तिमीले सक्छौ यस्तै गर्न
तर हामी शाला निरिह जनता केहि गर्न सक्दैनौ,
त्यसैले बाध्य छौं तिम्रो यस्तो चाला हेर्न

Linking Networks