Tuesday, August 18, 2009

नेपाल टेलिकम:- सिम र ठगी बढी, गुणस्तर कम

नाम टेलिकम भए जस्तै टेली सेवा (फोन सेवा भनेको क्या)पनी कम नै छ नेपाल टेलिकमको । नेपाल टेलिकम दलाल हरुलाई राम्रो जमघट हुने ठाउँ हो । टेलिकमको गुणस्तरमा आइरहेको प्रश्न चिन्हलाई ठाडो चुनौती दिदै N.T.C ले बिभिन्न scheme मार्फत Pre-Paid सिमकार्डहरु विद्यार्थी ID लिएर जानेहरुलाई १०(५१०(Price of Simcard)-५००(Balance in simcard) = १० ) रुपैयामा सिमकार्ड दिन थाल्यो । यसरी simcard हरु बितरण गर्दा एकै जनाले १० वटा देखी १०० वटा भन्दा बढी simcard हरु किन्दै भटाभट् ११३५ देखी २००० रुपैयासम्ममा बिक्री गरेर कमाउनु कमाए ।

फेरी पनि N.T.C ले ठग / दलाल हरुलाई सजिलो पारीदिएको छ नयाँ Scheme मार्फत यानी ६५० रुपैयाको simcard बितरण मार्फत । हो अहिले फेरी पनि N.T.C. ले ब्रिद्ध-ब्रिद्धाहरुलाई भन्दै बाडेको simcard बजारमा १००० देखी २००० रुपैयासम्म बिक्री हुन्छ । तर अहिलेको simcard चाँही जुन बजारमा पाईन्छ त्यो चाँही मृत्‍यु भैसकेका मान्छेहरुको नाममा हुन्छ । यसमा टेलिकमका हाकिम देखी बजारमा बेच्नेसम्मको मिलेमतो हुन्छ । यसरी टेलिकमले क्षमता भन्दा बढीको simcard हरु बाड्नाले मोबाईल हुने ग्राहकहरुका मोबाईलमा पनि टावर आउँदैन त्यस्तै टावरको मुनी बस्दा पनि टावर नआऊने समस्याहरु देखा परीरहेका छन N.T.C का मोबाईलहरुमा । अहिले N.T.C को मोबाईलबाट दुबइ साउदी लगायत केही खाढी मुलुकहरुमा फोन गर्दा उता फोन नउठे पनि यताको पैसा गायब हुन्छ । यस्ता धेरै समस्याका बाबजुत पनि N.T.C. को Simcard बिक्री बितरणमा कुनै कमी आएको छैन । यसतर्फ N.T.A (Nepal Telecom Authority ) ध्यान कहिले जाला खै ????

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks