Sunday, June 27, 2010

यतातिर ध्यान कहिले जाला ????

सार्वजनिक यातायातमा मनपरी भाडा
----राजु शर्मा
विभिन्न माइक्रोबस समिति तथा सवारी समितिहरु गठन भइराखेका बेला पनि सार्वजनिक यातायातको भाडा मनपरी रुपमा उठाउने गरिएको छ | एउटै रुटमा पनि सवारी पिच्छे छुट्टाछुट्टै दरले भाडा लिने गर्छन खलासिहरु | सायद सबैभन्दा बढी सवारी चल्ने चक्रपथको रुटमा नै पनि खलासिहरुले सवारी पिच्छे फरक फरक भाडा लिन्छन | Identity कार्डको छुटपश्चात कुनै गाडीले १० रुपैयाँ मात्रै लिने ठाउमा कुनै गाडीले १५ रुपैयाँ पनि लिने गरेको पाइन्छ | १० रुपैयाँ भाडा लाग्ने ठाउमा १५ रुपैयाँ भाडा लिंदा पनि १० रुपैयाँ मात्रै दियो वा १२ रुपैयाँ मात्रै दियो भने पनि खलासिहरुले बेइज्जत गरिदिन्छन उल्टै झगडा गरेर | त्यो भन्दा बरु ५ रुपैयाँ बढी तिर्नु नै बुद्धिमानी हुन्छ भन्दै कतिले त १५ रुपैयाँ पनि दिने गर्छन |



यो सबै सवारी संघका नाममा दर्ता हुने संघहरुको कारणले भएको हो किनकि यदि सवारीको नाममा राजनीति गर्ने तथा विभिन्न नाममा खुलेका सवारी संघहरुले सबै सवारीको ढोकामा कुन रुटमा कुन ठाउँ देखि कुन ठाउंसम्मको भाडा दर कति हो भनेर सवारीको ढोकामा तसर राखी दिने हो भने न यात्रु मारमा पर्थे न त सवारी संचालकहरु नै मारमा पर्थे |

यस तर्फ राज्य र सवारी संघको ध्यान कहिले जाला ??

rs_sh@yahoo.com

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks