Monday, June 7, 2010

'डा. भक्तमान' अपहरणदेखी रिहासम्म सबै रहस्यमय र अचम्म

डा. भक्तमान अपहरणको १९ दिनपछी बल्ल बल्ल रिहा भए । न त प्रहरिले अपहरणकारी पत्ता लगाउन सक्यो न भक्तमानको रिहाइपछी कुर्लिने माओवादीहरुले नै पत्ता लगाउन सके । जे भएपनी खुशीको कुरा हो डा. भक्तमान सकुशल रिहा हुनु । तर जसरी उन्को रहस्यमयी ढंगबाट अपहरण भयो त्यसरी नै उनको रिहाइ अझै रहस्यमयी भएको छ । अझ रहस्यमयी त उनको कहानि छ । अपहरणकारी त कतै नामै नसुनिएको हिन्दू जनता पार्टी रे । अनी केही समयपछी काठमान्डौमा सर्वजनिक हुने रे अन्य जिल्लामा चाँही सार्वजनिक भईसकेका छन रे (तर कुनै तथ्य बहिर आको था'छैन) । अपहरणकारीले उनलाई रिह गर्न न फिरौती रकम मगे न कुनै सर्त सार्वजनिक गरे न त आफुले अपहरण गरेको भनेर वा रिह गर्दै छौ भनेर कुनै विज्ञप्ती नै जारी गरे ।
 
अब उनको कुरामा कतिको सत्यता छ त्यो त उनै जानुन तर उनको यो कुरा पुरै काहानी र फिल्मी स्टाईलको छ अनी उनी छन साह्रै डरमा । कारण उनी कुनै पनि कार्यक्रममा खुलेर कुरा गरिरहेका छैनन मानौ उनको मुखबाट सत्य बाहिर आउला । अनी अपहरणकारीको धम्कीले नराम्रा्ओ र उग्र रुप लेला । मलाई त लाग्छ अहिलेसम्मा डा भक्तमान हैन एउटा रङ्गकर्मी बोलिरहेको छ जस्को मुखबाट निर्देशकको निर्देशन अनुसारका वाक्यहरुमात्रै बहिर आइरहेका छन ।



अर्को रहस्य यो पनि छ कि माओवादी नेता अमिक शेरचन गर्जिरहेका छन कि उनिहरुलाई थाहा थियो कि भक्तमान कहाँ छन र कस्ले कस्तो अवस्थामा राखेका छन भनेर तर खै किन समतिएनन त अपराधीहरु । यस्ले के यो संकेत गर्छ कि माओवादीले नै अपराधीलाई संरक्षण गरेर राखेको छ र अपराधी थाहा हुँदाहुँदै पनि सुरक्षा निकायलाई पनि जानकारी दिन चाहदैन । त्यसैले अबदेखी बोल्दा अलिक होस् पुर्याएर र सोचेर बोल्ने कि नेताज्यु । यस्तो अवस्थामा जनताले कसलाई विश्वाश गर्ने न सरकारलाई, न नेता तथा राजनीतिक दलहरुलाई न त सुरक्षा निकायलाई ??

यसै बिच नागरिकन्युजडटकोममा यस्तो समाचार आएको थियो .
'डा. भक्तमानको अपहरण इसाइ मिसनको सहयोगमा माओवादीद्वारा'

 जेठ २४ (नागरिक)- हिन्दू प्रजातान्त्रिक पार्टीले डा. भक्तमान श्रेष्ठको अपहरण इसाइको निर्देशनमा माओवादीले गरेको आरोप लगाएको छ। पार्टीले हिन्दू समुदायलाई बदनाम गराउन इसाइ मिसनहरुको निर्देशनमा युरोपियन युनियनसमेतको संलग्नतामा यो घटना गराइएको दाबी गरेको छ।
पार्टीका अध्यक्ष विष्णुकुमार प्रसाई‌द्वारा जारी विज्ञप्तिमा इसाइ मिसनअनुसार माओवादीले हिन्दूहरुलाई बदनाम गराइरहेको आरोप पनि लगाइएको छ। 'उनलाई यसो नगरे ज्यान मार्ने धम्की दिएको हुन सक्छ', विज्ञप्तिमा भनिएको छ- '४-५ हजार सेना अपहरित स्थानमा थिए भन्ने भनाइ भ्रामक र नियोजित हो। यदि त्यस्तो हो भने डाक्टर श्रेष्ठ माओवादी लडाकु शिविरमा थिए।'
डा. श्रेष्ठ माओवादी निकटस्थ व्यक्ति भएको भन्दै उक्त पार्टीले हिन्दू पार्टीको नाम दिइ अपहरणको आरोप लगाउने माओवादीप्रति भर्त्सना पनि गरेको छ।-  News Source: http://nagariknews.com

अन्त्यमा
सानो कुरामा नाराबाजी गर्ने र आन्दोलन गर्दै देश ठप्प बनाउने र आफूलाई जनप्रतिनिधी भन्नेहरु किन चुप रहे । डा. भक्तमान सत्य कुरा बोल्न किन डराइरहेका छन ?? अनी सत्य के हो कहिले बहिर आउँछ जब कि दुइचार वटा छानबिन समिती गठन भयो उनकै अपहरणको छानबिन गर्न ???

1 प्रतिकृयाहरु:

Aakar said...

के भा'को हो, केही बुझ्न सकिएन ! आखिर सत्य त बाहिर एकदिन आएरै छोड्छ !

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks