
यहाँहरु सबैलाई रंगहरु को चाड होली (फागु पुर्णिमा) को शुभकामना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।
देखिएको दृश्य लगनखेल-चापागाउँ रुटको ठेचो गा.बि.स.को सडक खण्डको हो जहाँको सडकमा कालोपत्रे उक्काएर खाल्डो(प्वाल) पार्दै खानेपानीको पाइपको मर्मत सम्भार तथा अन्य कार्यहरु गरिदैछ | अब यहाँ कालोपत्रे गर्न खानेपानी संस्थानले खर्च गर्ने कि सडक बिभागले अथवा त अर्को बर्षको बजेट नआउन्जेल जनताले यो सडकको यस्तै दुर्दशा देख्नु पर्ने हो ?

यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ?
नेपालीको आवाज created by नेपालीको आवाज
Wordpress by नेपालीको आवाज
Copyright 2010 नेपालीको आवाज
All rights reserved.
Powered by Blogger