Monday, February 8, 2010

नयाँ संबिधान, शान्ति, सुरक्षा र अमन-चैन कहिले ? कुर्सि पहिले ?



यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ?

हिजो मात्रै एउटा फिल्मी पाराको रहस्यमय घटना घट्यो त्यो पनि काठमाडौंको अति नै कडा सुरक्षा ब्यबस्था भएको मानिने क्षेत्रमा 'स्पेसटाइम नेटवर्क'का प्रमुख संस्थापक जमीम शाहलाई गोलि प्रहार गरि हत्या गरेर प्रहरीकै अगाडीबाट हत्यारा फरार भएर जसरि हिन्दी फिल्म 'धूम'मा John Abrahamले अभिषेक बच्चनलाई चुनौती दिएका थिए त्यसरी नै अपराधीले प्रहरीलाई चुनौती दिएका छन् | यस्तो अबस्थामा पनि हत्यारालाई समाउन नसक्ने प्रहरीहरु कस्ता होलान अनि यत्रो घटना घट्दा एउटा बिज्ञप्ति समेत निकाल्न नसक्ने सरकारले नयाँ संबिधान के बनाउला ? देशमा दिन प्रतिदिन सुरक्षास्तिथि खस्किदो छ भने दिनदहाडै चोरी, हत्या, हिंसा, लूटपाट यति बढेको छ कि बिहान निस्केको मानिस बेलुका घर फर्केला कि नफर्केला भन्ने थाहा नै हुदैन | यस्तो अबस्थामा पनि सरकार अनि सुरक्षा जिम्मेवारी पाएका प्रहरी र सेना भनौदाहरु मौन छन् |

गृहमन्त्रीज्यूको कडा सुरक्षाको भाषण पनि भाषणमै सिमित रह्यो | तिनै जना सुरक्षा प्रमुखसहित चीन-भ्रमणमा रहनुभएका गृहमन्त्रीज्यूलाई पनि आफ्नो भन्दा पनि छिमेकी राष्ट्रहरुको सुरक्षाको चिन्ता छ किनकि सरकारको साँचो भारत र चीनसंग न छ |

त्यसैले न सरकारलाई मतलब छ शान्ति सुरक्षाको न प्रतिपक्षी दलका नेताहरुलाई मतलब छ नयाँ संबिधान र शान्ति सम्झौताको | सबै दल तथा नेताहरुलाई मतलब छ त केवल कुर्सि र सत्ताको | त्यसैले त अरु कुरामा हावा तालमा आन्दोलन गर्ने प्रतिपक्षी दल माओबादी मौन छ देशमा घटेका हत्या हिंसा प्रति अनि सरकार पनि उस्तै छ जनता मरेको त झिंगा मरेको जस्तो गरेर टारी दिन्छ | घटनाको छानबिन गर्नु पर्ने समयमा नेताहरु सरकार परिवर्तनको कुरा गर्छन | यहाँ नयाँ संबिधान बनाउनु पर्ने समयमा पुरानै संविधानलाई संसोधन गरिन्छ त्यो पनि कानुनबिपरित चल्ने उपराष्ट्रपतिलाई क्रियाशील गराउन | अपराधीलाई छुटाउन प्रधानमन्त्री लागि पर्छन अनि सरकार टिकाउन र ढाल्न संबिधान संसोधन गर्छन यस्तो चालले नयाँ संबिधान निर्माण कहिले ? प्रश्न खडा छ तर नेता तथा सांसद भनाउदाहरु भने सत्ताकै लुछाचुडी र भागबण्डामै अल्झिएका छन् त्यसैले त यस्ता समाचारहरु आउछन पत्रपत्रिकाहरुमा ::
सरकार फेर्न कांग्रेसमा दवाब

कसैको लहडमा सरकार नढल्ने गच्छदारको भनाइ

अब नयाँ संबिधान र हाम्रोदेशमा शान्ति सुरक्षा अनि जनतामा अमन-चैन कहिले आउला ? तपाई केहि भन्न सक्नुहुन्छ ???? ........... प्रश्न तपाइलाई .......

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks