Wednesday, February 24, 2010

लोला आन्दोलन

देशमा दिनहुँ नयाँ नयाँ आन्दोलन हुदैछन | कहिले माओबादीको ग्ल्यामरस आन्दोलन हुन्छ त कहिले राप्रपा नेपालको संबिधान बनाउन दबाब सिर्जना गर्न ब्यंगात्मक आन्दोलन हुन्छन | यहि र यस्तै आन्दोलनहरुको बिचमा बर्षेनी एउटा आन्दोलन हुन्छ जुन आन्दोलन १५-२०/२५ दिनसम्म चल्छ तर न त यो आन्दोलनले नेपाल बन्द गराउछ न त चक्काजाम नै गराउछ | सबै आन्दोलनले जस्तै यो आन्दोलनले पनि जनतालाई दुख चाही दिन्छ त्यो पनि बिशेष गरि किसोरिहरु यस आन्दोलनको मारमा पर्छन | अब तपाइले पनि बुझ्नुभयो होला यो कस्तो आन्दोलन हो हजुर पक्कै पनि शिर्षकले पनि बुझाउछ कि यो आन्दोलन लोला यानी बेलुन आन्दोलन |

जति जति होलि नजिकिदैछ किशोरीहरुमा त्राश र सडकमा लोला लिएर बसेका युवाहरुको ताँती पनि बढ्दै छ |आपसी समझदारीमा खेलिने पर्व होलिलाई यो लोला आन्दोलनले पक्कै पनि राम्रो गराउदैंन | होलि भनेको त रंगहरुको चाड हो जसमा आपसमा भाइचारा तथा आपसी सम्बन्ध अझ सुमधुर र बलियो बनाउन एक अर्कामा रंग छ्यापेर मनाउने गरिन्थ्यो | तर अहिलेको लोला आन्दोलन त होलीको नाममा केवल बिकृतिको रुपमा मात्रै देखा परेको छ अनि केहि युवा तथा किशोरहरुलाई युवति तथा किशोरीहरु जिस्क्याउने अबसरको रुपमा बिकसित हुदै छ | तिहारमा पटका जलौना नदिने सरकार यस्तो बेलामा के हेरी बस्छ कुन्नि ?

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks