Saturday, May 29, 2010

संविधानको समय सिमा हैन तलब र भत्ता थप

जसरि जनताले राणाशसाण हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!
 हिजो जेठ १४ गते हाम्रो अन्तरिम संबिधानको अन्तिम र नयाँ नेपालको समाबेशी संविधानको पहिलो दिन हुनुपर्थ्यो तर......... तरले कुरो बिगार्यो फलस्वरूप नयाँ संबिधान जारी गर्न भनेर एक बर्ष समय थपियो अन्तरिम संविधानको | अन्तरिम संविधानको मिति त  थपियो तर यहाँ पनि तरले कुरो बिगार्न सक्छ यत्रो समयमा त केहि तयारी छैन भने एक बर्षमा नै संविधान बनाउलान यी सभासदहरुले भनेर के विश्वास गर्नु ? खैर छाडौं यी कुरा, आखिर या त नयाँ संबिधान जारी या त अन्तरिम संविधानको म्याद थप त गर्न नै थियो मुलुकलाई बचाउन | तर अनौठो के छ भने आखिर अन्तिम घडीमा आएर मिल्नु नै (राजनीतिक भाषामा झुक्नु नै थियो ) थियो भने यत्रो नाटक किन गर्नु र जनतालाई किन नानाभाति भनेर दुख दिनु | 


हुन त देशको अवस्थाबारे गम्भीर थुप्रै जनताहरु रातभर नसुतेर TV र रेडियोमा समाचार तथा प्रत्यक्ष प्रशारण हेरेर बसे होलान र कतिपय दिनभरिको थकानले गर्दा सुते होलान | जनताले जे सोचेका थिए ठिक बिपरित भएको थियो यद्यपी जनाचना भने त्यहिँ थियो जे भयो | जे भो राम्रै भो | तर बिहान पत्र पत्रिका भेट्नासाथ राजनीतिक घटनाक्रम जान्न समाचार हेर्नेहरुको गल्लिदेखि चोक चोक र चिया पसल अनि कफी पसलमा समेत त्यै बिषयमा गफ हुन थालेको थियो अझ भनौ सबै सर्वसाधारणको चर्चाको बिषय बनेको थियो संबिधानसभाको म्याद थप्ने कार्य | बिहानै पत्रिका किन्न जादा एउटा पसलमा बसेका बुढा बाजेहरुको गफ सुनेर भने अचम्म लाग्यो कुरो सहि पनि थियो | उनीहरु भन्दै थिए कि यो त संबिधानसभाको हैन सभासद्हरुको तलब र भत्ताको पो समयसीमा थप गरेको हो रे | किन भन्दा त संविधान निर्माणका लागि दुइ बर्ष होइन दुइ महिना काफी हुन्छ  रे | पहिला पहिला संबिधान बन्द पनि यस्तो बर्षौ लागेको थिएन नि त | तर अहिलेको संबिधान बनाउन एक बर्ष सम्मको समय ठिक समय हो रे किनकि सबैको भावना र विचार समात्ने संबिधान बन्न केहि समय लग्नु ठिकै हो तर समय थपेर झगडा गरेर मात्रै भत्ता पचाउने हो भने त उही बजेहरुले भने जस्तै संविधानको समय सिमा हैन तलब र भत्ता थप भा'को हो  |


अझै पनि सहिदहरुको सपनालाई कुल्चेर तिमि नेताहरु कति माथि जना चाहन्छौ ?? हे नेताहरु अब त तिमीहरुको घैंटोमा घाम लागोस सधै रास्ट्रको ढुकुटी रित्याएर आफु आफुमा झगडा गरेर र भाई भाईका बिरुद्धमा भाई भाई लडाएर मात्रै नयाँ नेपाल र नयाँ संबिधान बन्दैन | जसरि जनताले राणाशासण   हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!

2 प्रतिकृयाहरु:

Aakar said...

एकदम सहि र सटिक व विश्लेषण !

सन्दिप निरौला [Sandip Niroula] said...

यी नेता / सभासद्हरु लाई खुवाउने मात्र काम भयो । साच्चै नै दुई वर्षको फिर्ता माग्नु पर्ने हो ।

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks