Sunday, January 31, 2010

एमालेको भबिस्य एउटा फिल्ममा


ठिकै छ छानबिन नगरुन तर छानबिनकै प्रतिबेदनहरुको आधारमा बनेको फिल्मको दृश्य र संवाद नकाटीकन फिल्मको सेन्सर पास गरिदिए भैहाल्यो नि, यदि आफ्नो गल्ति नभए किन डराउनु पर्यो र ?
हत्यारा चिनेको छ भन्ने केपी ओली र माधव नेपाललाई सोध्न जानुस् भनिएको छ। र र सीआईएका एजेन्ट एमालेभित्रै रहेको भन्ने डाइलग पनि यसमा छ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनाको विषयमा बनेको फिल्म ‘दासढुंगा’को गफले अहिले बजार तातेको छ | कारण फिल्म बिबादमा पर्नु र सेन्सरले फिल्मका दृश्य र संवादमाथि प्रतिबन्द लगाउनु | नेपाली समाजको बिडम्बना भनेकै यहि नै हो यदि कसैले देशका लागि काम गर्छ भने उसले पिडा र मृत्यु शिवाय अरु केहि पनि पाउदैन | मदन भण्डारीले पनि देश र जनताको लागि केहि गर्नु पर्छ भने र गर्न खोजे उनि मारिए फेरी स्व.राजा बिरेन्द्रले पनि जनताका लागि केहि गर्न चाहेका कुरा त माओबादीको मुखबाट नै पनि सुन्न सकिन्छ साथै उनको हत्या हुनुको कारण पनि देश भक्ति र जन-प्रेम नै थियो भनेर सबै नेपाली जनता लगायत माओबादीहरु पनि भन्छन |


अब कुरा 'दाशढुंगा' फिल्मको ! यस फिल्ममा केहि त्यस्ता दृश्यहरु छन् रे जुन दृश्यहरुले एमाले नेता लगायत अरु नेताहरुको बारेमा केहि बोलिएको छ |(आफुले हेर्न पाएको छैन के छ भनेर समाचारमा लेखिएको कुराको भरमा कसरि भन्नु के के लेखिएको छ भनेर ?) जुन संवाद र दृश्य हटाएमा मात्रै फिल्म सेन्सर पास हुने भएको छ | तर निर्माता अपिल विष्ट भने आफूले फिल्ममा नयाँ कुरा नराखेको र पहिले नै सार्वजनिक भइसकेका तथ्यहरुलाई नै फिल्ममा राखेको तथा छानबिन आयोगका प्रतिवेदनहरुको आधारमा नै संवाद र दृश्य राखिएको दाबि गर्दै एक अ‍ंश पनि नकाट्ने बरु विद्यार्थीहरु माझ जस्ताको तस्तै प्रदर्शन गरिदिने अडान राख्छन रे |

उतिखेर हत्याकाण्डको छानबिन गर, दोषीमाथि कडा कारबाही गर भनेर सडकमा नारा लगाउदै हिड्ने नेताहरु अहिले सरकार(कुर्सी)मा छन् | अनि कुनै छानबिन भएको छैन | ठिकै छ छानबिन नगरुन तर छानबिनकै प्रतिबेदनहरुको आधारमा बनेको फिल्मको दृश्य र संवाद नकाटीकन फिल्मको सेन्सर पास गरिदिए भैहाल्यो नि, यदि आफ्नो गल्ति नभए किन डराउनु पर्यो र ? mysansar.comमा लेखिए अनुसार एउटा दृश्यमा हत्यारा चिनेको छ भन्ने केपी ओली र माधव नेपाललाई सोध्न जानुस् भनिएको छ। र र सीआईएका एजेन्ट एमालेभित्रै रहेको भन्ने डाइलग पनि यसमा छ। जुन संवाद (माधव नेपालको भाषा सापटी लिएर भन्नु पर्दा ) वर्तमान परिप्रेक्ष्यमा समय सान्दर्भिक छैन र यसले नेताहरुको प्रतिष्ठामा आंच पुर्याउछ रे | त्यसैले अब एमाले सरकार र एमाले पार्टीको भबिस्य यहि फिल्ममा छ किनकि नेताहरुलाई यहि फिल्मको सेन्सरको परिणामपछी जनताले राम्ररी चिनिसके र अब फिल्म प्रदर्शन भएपछी अझ राम्ररी चिन्लान |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks