Thursday, March 11, 2010

वा !!! मेरो देशका नेता भनौदाहरु

वा नेताज्यू तिमी भाषण गरेर शाषण गर्छौ
शाला हामि जनता दिनरात तिमीहरुकै शोषणमा पर्छौ

वा नेताज्यू तिमी कुर्सिको लागि खुट्टा तानातान र झगडामै ब्यस्त रहन्छौ
शाला हामि जनता तिमीहरुलाई कुर्सि मिलाउने साधन बन्छौं

वा नेताज्यू तिमी हामीलाई सपना देखाएर हाम्रै कारणले मन्त्री बन्छौ
अनि शाला हामीलाई नै बेवकुफ बनाउदैं हाम्रै रगतको होलि खेल्छौ

हो नेताज्यू बास्तवमा तिमीलाई मान्नै पर्छ,
किनकि तिमीले सक्छौ यस्तै गर्न
तर हामी शाला निरिह जनता केहि गर्न सक्दैनौ,
त्यसैले बाध्य छौं तिम्रो यस्तो चाला हेर्न

वा मन्त्रीज्यु सुरु सुरुमा तिमी जनसमर्थन पाउन
र चर्चामा आउन केहि गरौला जस्तो गर्छौ
तर फेरी केहि समयपछी तिमी पनि
सबैजस्तै कान चिरेकै जोगी बन्छौ

वा मन्त्रीज्यू तिम्रो मन्त्रीमंडलमा सामेल हुन पनि
हारेको योग्यता चाहिने रहेछ
लोकतान्त्रिक गणतन्त्र भएको नेपालमा
जित्नेको हार अनि हार्नेको जित हुने रहेछ

त्यसैले त मन्त्रीज्यू तिमी सत्तामा टिक्नकै लागि
C.D.O. कुट्ने मन्त्रीलाई कारबाही गर्दैनौ
थोत्रो गाडी भन्दै गाडीको शिसा फोड्ने मन्त्रीलाई कारबाही गर्दैनौ
तर जितेर राज्यमन्त्री बनेकालाई
अलिकति गल्ति गरे पनि राजिनामा माग गर्छौ

वा मन्त्रीज्यु नयाँ सुरक्षा संयन्त्र आको छ,
सुरक्षा ब्यबस्था कडा छ, तिमी भाषण गर्छौ
तिमीले भाषण गर्दा हामी जनतालाई पत्तै हुदैन,
कसको हतियारले कुनबेला हामि मर्छौं

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks