Sunday, March 14, 2010

Think Positive, Be Positive

कति नराम्रो कुरा मात्रै गरिरहने अब कहिलेकहिँ त यसो Positive पनि हुनु पर्यो नि, कहिलेकहिँ त यसो आशाबादी पनि हुनुपर्यो नि हैन त्यसो त भन्ने गरिन्छ नि "गाजा चरेश खाए पनि हरेश नखानु"| त्यै हरेश नखाएर चरेश काण्डमा परेका फोरमानन्द जा (परमानन्द झा) पनि उपराष्ट्रखति बनेका होलान | हुन त "HIV र Aids बाहेक सबै कुरामा Positive हुनु" भन्छन | त्यै भएर आज Positive कुरा गर्न मन लाग्यो | देशमा घटेका केहि Negative कुरालाई Positively हेरौं |
कुरा सुरु गरौँ भर्खरै भएको २५ दलकै नेताहरुलाई गाडी दिने सरकारी निर्णयबाट |
यो पनि सरकारको राम्रै निर्णय मान्नु पर्छ | तपाईहरु सोच्दै हुनुहुन्छ होला देशमा यस्तो हत्या हिंसा बढेको छ त्यो गाडी बाँड्ने खर्च शान्ति सुरक्षामा खर्च गरे हुन्न | अरे यार शान्तिसुरक्षामा त्यो रकम खर्च गर्दा त धेरै तर्फ घाटा हुन सक्छ | पहिलो घाटा ज्यानको बाजी लागेर हत्या, अपहरण र चन्दा असुल गर्नेहरुलाई हुन्छ, बिचारहरुको Business निकै चौपट हुन्छ | अर्को घाटा जनसंख्या वृद्धिले राष्ट्र र सरकारलाई अनि प्रकृति यानी Natureलाई | फेरी सरकारको निर्णयबाट फाइदा पनि त जनताकै नेतालाई भएको हो नि त्यसलाई पनि नकार्न मिल्दैन |

अब कुरा सभासद्को कमाई अर्थात् तलबको | कुरा तातै छ हप्तौं अनि महिनौंसम्म संसद नछिरेका तथा केहि कार्य पनि सिद्ध नगरेका संसदहरुले पुरै बर्षभरिको तलब बुझे रे |
अरे यार हामी जनता तिनै नेताहरुको त हौ नि हामी नै त हौँ नि ति नेताहरु जित्दा उफ्रेर यो जित कसको नेताको नेता कसको जनताको जनता कसको नेताको भन्दै नारा लगाउने | अनि आफ्नै मान्छेले पैसा कमाउदा हामीलाई के को आरिश वा डाहा लाग्ने ?

अब कुरा मंत्रिज्युहरुको कुरा गरौँ | प्रधानमन्त्रीज्यु मा.कु.ने.ज्युलाई उद्घाटन गर्ने, रिबन काट्ने अनि विदेश जाँदा सपरिवार सरकारी खर्चमा जाने र सरकारी ढुकुटी रित्याउने गर्दैमा फुर्सद छैन |
वा क्या ब्यस्त प्रधानमन्त्रि अनि यस्तो ब्यस्त र कर्मठ प्रधानमन्त्रिको नेतृत्वमा बनेको सरकारबिरुद्ध किन नाराबाजी गर्नु किन आन्दोलन गर्नु |
अब मन्त्रीज्युहरुको कुरा गर्ने हो भने धेरै मन्त्रीज्युहरु खेलाडी हुनुहुन्छ त्यसैले देशले खेल क्षेत्रमा ठुलै प्रगति गर्छ अझ बिशेष गरि महिला कराँतेमा त्यस्ता मन्त्रीज्युहरु जो C.D.O. कुट्ने देखि गाडीको सिशा फुटाउनेसम्म गर्छन अब त पुरुष मन्त्रीज्यूले पनि C.D.O. कुट्न नसकेर उनका भान्छेलाई कुट्न थालेका छन् | यो पनि राम्रै खबर हो किनकि C.D.O. भन्दा उनको भान्छे अलि बढी नै शारीरिक रुपमा बलियो हुनुपर्छा भन्ने मन्त्रीज्यूको मान्यता हुन सक्छ |

अब कुरा गरौ समग्र नेता संसद र संसद भवन अनि संविधानको ; संबिधान, नयाँ संबिधान, संसद भवन नेताहरुको बाज्ने निहुँ र थलो अनि पैसा कुम्ल्याउने हतियारमात्रै हो |
अरे यार अझै पनि फेरी आफ्नै मान्छेले त कमाएका छन् किन रिस गर्नु |

अब हामी जनता हामी त के हौँ र मकैको खोया अनि प्रचण्डले भनेजस्तो भेडा नत्र एउटा नेताले उठ भन्यो उठ्ने अनि नेताले चुप भन्छ फेरी चुप हुने |
अनि यसबाट पनि फाइदा छ नेताले चाहुन्जेल राखेर खोयाबाट आगो बाल्न सक्छन भने भेडाको ऊन र छाला काडेर बेच्न सक्छन |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks