भावपूर्ण श्रद्धान्जली`

बाचुन्जेल जतिसुकै पुत्ला जले पनि जतिसुकै बिबादित बनेपनि उनको मृत्युले नेपालमा ठुलै क्षति पुगेको अनुभव भएको छ | जस्तासुकै मैं हुँ भन्नेहरुपनि उनको मृत्युमा दुखित भएका छन्, उनको मृत्युमा भावबिव्हल भएका छन् | जे जस्तो भए पनि दलहरुले मिलेर संबिधान चाडै बनाउन अनि गिरिजाप्रसादको आत्माले चिर शान्ति पाओस भन्दै स्व.गिरिजाप्रसादलाई अन्तिम तथा भावपूर्ण श्रद्धान्जली |
पुर्वप्रधानमन्त्री तथा ने.का.का सभापतितथा २००७ सालदेखि राजनीतिक केन्द्रबिन्दुमा रहेका र नेपालमा भएका तीनवटा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको ८६ बर्षको उमेरमा शनिबार दिउसो १२ बजेर १० मिनेटमा देहावसान भएको छ | कोइरालाको पार्थिब शरीरलाई आइतबार बिहान ८ बजे देखि २ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने छ भने २ बजे पछी शवयात्रा सुरु हुनेछ । कोइरालाको मृत्युको खबर सुनेपछि सुजाता कोइरालाको निबासमा भिड लागेको छ । सबैको मुहारमा मलिनता छाएको देखिन्छ । कोइरालाको मृत्यु पछी देशको राजनीतिक अवस्थाले अब कुन मोड लिने हो, अब के हुने होला भन्ने राजनीतिक अन्यौलता बढेको छ | कोइरालाको मृत्युसंगै राजनीतिक अन्यौलता झन् बढ्न सक्ने र संबिधान बन्ला भन्नेमा नै संका उत्पन्न भएको छ | यद्यपि उनको मृत्युले गिरिजाले गर्न दिएन भन्नेहरुलाई गर्ने चुनौती आएको छ |
1 प्रतिकृयाहरु:
RIP GPK.
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।