Sunday, March 21, 2010

कहाँबाट कमाउँछ NTCले दैनिक ७ करोड --१


नागरिक दैनिकको आर्थिक पृष्ठमा नेपाल टेलिकमको दैनिक कमाई ७ करोड भन्ने लेख पढ्दा मलाई विश्वास लागेको थिएन| NTC यानी Nepal Telecomले दैनिक ७ करोड नाफा कमाउँछ भन्ने थाहा पाउँदा अचम्म मान्नु पर्ने खासै कुरा भने केहि रहेनछ | कारण कल बाइपास | थाहा भएसम्म कल बाइपासमा NTC र Mero Mobile अर्थात् Ncellको यति धेरै सिमकार्ड र रिचार्ज कार्ड प्रयोग हुँदो रहेछ कि दैनिक करौडौंको कारोबार त यस्ताले मात्रै गर्दा रहेछन |सिमकार्ड तथा रिचार्ज कार्ड सप्लाई गर्ने पनि छुट्टै अगेंट हुने रहेछ | हुन त अरुलाई जस्तै मलाई पनि यो बिषयमा केहि मतलब थिएन तर हिजो एकाबिहानै मोबाइलमा घन्टी बज्यो, नम्बर अपरिचित थियो फोन उठाइन तर पटक पटक छुट्टा छुट्टै नम्बरबाट फोन आउन थाल्यो यसो भएपछी फोन उठाएँ र भने हेल्लो उताबाट परिचित आवाज आयो अवाज थियो साथीको जो हाल अमेरिकामा अध्यनरत थियो | सोचें साथि फर्केछ तर हैन रहेछ | अरुको यस्तै घटना सुनेको भएपनि आफैले भने पहिलोपटक भोगियो |
 पहिले सुरु सुरुमा मेरो मोबाइलको नम्बर आउने गरेपनि अहिले चाहिं Ncell र NTC दुबैको नम्बरबाट यस्ता कलहरु आउछन| यसरि झुक्किनु परेपछि साथिहरुसंग सोधपुछ गर्दा थाहा पाइयो यस्तो कार्यलाई VOIP तथा कल बाइपास भन्दारहेछन | उक्त साथीले नै बतायो कि यस्तो कार्यमा ठुला ठुला गुटहरु अनि Telecomका कर्मचारीहरु नै लागेका हुन्छन रे ! यद्यपी कल बाइपास गर्ने कामलाई नेपालमा भने गैरकानुनी मानिन्छ | लाइन जान लागेकोले बिस्तृत जानकारी अर्को पोस्टमा, प्रतीक्षा गर्नुहोला |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks