Update: हाम्रो सूचनालाई आधार मानेर १०वटा मेलहरु हामीलाई प्राप्त भएका थिए जसमध्येबाट एक जना साथीलाई हामीले यस ब्लगको ADMIN हुने अधिकार प्रदान गरेका छौ | उहाको बारेमा थप उहाले नै ब्लगमा लेख्नुहुनेछ |
हुन त यस ब्लगलाई अझ राम्रो र अझ बिबिधतायुक्त बनाउने इच्क्षा र चाहना हुँदाहुँदै पनि बिशेष कारणबस ब्लग दुनियाँबाट टाढिन पर्दा आँफैलाई कस्तो कस्तो लगेको छ | तै पनि अब लगभग १ बर्ष जती ईन्टरनेटको दुनियाँबाट नै टाढिनु छ मैले, त्यसैले म यो ब्लग जो कोही इच्क्षुक ब्यक्तिलाई यो ब्लग जिम्मा दिएर टाढिन चाहन्छु | त्यसैले कृपया यस ब्लगमा लेख्न तथा यस ब्लगलाई अझ राम्रो बनाउन र यस् ब्लगलाई चलाउन चाहने जो कोही ब्यक्तिलाई हामी स्वागत गर्न चाहन्छौ | कृपया हामीलाई हाम्रो ईमेल ठेगाना nepalikonepaliaawaz@gmail.comमा मेल गरी यस ब्लगलाई तपाईंको आफ्नो बनाउनुस् | धन्यवाद |
Wednesday, April 14, 2010
Tuesday, April 13, 2010
नयाँ बर्ष २०६७ को हार्दिक शुभकामना
नयाँ बर्ष २०६७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् | २०६६ साल सँगै सम्पूर्ण नेपालीका मनबाट हिंसात्मक भावनाका साथै देशमा व्याप्त हत्या हिंसा आशान्ती जस्ता विकृतिहरु पनि हराएर जाउन र देशमा शान्ती छाओस,समयमै नयाँ संबिधान जारी होस्,देशमा तथा तपाईंहरु सबैको घर गाउँमा शान्ती छाओस | नयाँ बर्ष २०६७ले सम्पूर्ण नेपाललाई साच्चै सुन्दर शान्त र बिशाल बनाओस | यहाँहरु सबैमा नयाँ बर्ष २०६७ को यही छ हाम्रो शुभकामना |
Tuesday, April 6, 2010
परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --2 (+2)
अब कुरा गरौँ HSEB का परिक्षाहरुको जुन परिक्षामा केहि टाइट भनिने कलेजहरुले पनि बिध्यार्थीलाई चिट चोर्न छुट दिने गर्छन | अनि कुन कलेजमा आफ्नो सेन्टर पर्ने भनेर HSEB बोर्डमै गैर छलफल भएपछी सेन्टर तोकिन्छ भन्ने पनि यदाकदा सुनिने गर्छ | खैर छाडौं यस्ता कुरा कुरा गरौँ दुइ बर्ष अगाडिको जब मा HSEB बाट +२ को परीक्षा दिदै थिएँ | त्यतिखेर त झन् अचम्म भो बा! आफु परियो मध्यम स्तरको मान्छे संगै बस्ने मित्र परेछन सारै जान्ने त्यसैले सधै १ घन्टासम्ममा लगभग ३० ३२ नम्बरको प्रश्न हल गर्थे होला र १ घण्टा हुने बितिक्कै उनको टाप दिने कार्यक्रम हुन्थ्यो | तर पनि उनको नम्बर आयो ६०%मा अनि मेरो आयो फाइल डीभिजनमा | आस्चर्य र अचम्ममा एकै पटक परियो तै पनि आफुले गर्न सक्ने केहि होइन त्यै भएर अब पुन हुने Supplementary Exam मा पास हुने गरि पढियो | उही त हो पारा Supplementary Exam दिने बिध्यार्थी कस्ता हुन्छन र प्राय मै जस्ता नजान्ने त हुन् नि अनि दिइयो परिक्षा! यो पाली पास भैएछ खुसि भैयो | अनि संगै पर्ने मित्रले पनि हेर्दै बाँडीचुंडी परिक्षा दिएको भएर उनलाई सोधेको त उनको ७० नम्बर आयो रे मेरो चाही ३५ | सोधे कसरि यस्तो भयो त ? के बताउँथे बताएनन | तर पनि पछाडी बुझ्दै जादा सबै कुरा थाहा पाइयो |
Saturday, April 3, 2010
परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --1 (S.L.C.)
"के कुनै विद्यार्थीको बर्षभरिको पढाई मुल्याङ्कन गर्न तीन घण्टा समय पर्याप्त होला र ??" अनी "काठमाडौं Valleyभित्र चित चोर्ने र चोराउने कार्य हुँदैन त ??"

Thursday, April 1, 2010
अर्जेन्ट छ आइहल्नुस न है ! (April Fool अनुभव )
"अर्जेन्ट छ आइहल्नुस न है !!!!",
"फलानोको बिहे हुदै छ तपाई पनि तुरुन्त आउनु पर्यो !!!",
"फलानो बिरामी छ, लौ फलानो ठाउँ/अस्पतालमा आउनुस है !!!"
यस्तै खबरहरुले दिनभरी झुक्यायो दिनभरी | हुन त April 1 भन्ने बिहानै थाहा थियो त्यसैले अर्जेन्ट र बिबाह भएको ठाउँमा त गइएन, तर बिरामी भने पछी त जानै पर्यो | यस्तो कुरामा पनि के झुट बोल्लान र?, तै पनि अन्तरबार्ता लिइयो, सबै साँचो साँचो जस्तै नअक्मकाइ जवाफ आयो अनि लागियो अस्पतालतिर अनि गइयो बेड नम्बर खोज्दै | बल्ल तल्ल फेला परियो ४२० नम्बरको बेड तर त्यहाँ त सोचेभन्दा फरक परिस्थिति को हो? को हो? चिन्दै नचिनेका बिरामी फेला पारियो | अनि फोन गरेर झपारियो बिरामीको खबर दिनेलाई | जवाफ आयो अरे भर्खरै डिस्चार्ज गरेर घर आइपुगियो | विश्वास गरियो, अनि लागियो बिरामीको घरतिर | म बिरामीको घर पुग्दा त मेरा बिरामी त Office पुगेको खबर पाएँ अनि त कन्पारो तातिगो' अनि फोन गरेर हप्काउने विचार गरियो अनि नम्बर थिचियो के का फोन लाग्थ्यो NTC कि दिदि बोलिन "तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केहि समयपछी पुन: प्रयाश गर्नुहोला धन्यवाद !"