Thursday, April 1, 2010

अर्जेन्ट छ आइहल्नुस न है ! (April Fool अनुभव )

"अर्जेन्ट छ आइहल्नुस न है !!!!",
"फलानोको बिहे हुदै छ तपाई पनि तुरुन्त आउनु पर्यो !!!",
 "फलानो बिरामी छ, लौ फलानो ठाउँ/अस्पतालमा आउनुस है !!!"
यस्तै खबरहरुले दिनभरी झुक्यायो दिनभरी | हुन त April 1 भन्ने बिहानै थाहा थियो त्यसैले अर्जेन्ट र बिबाह भएको ठाउँमा त गइएन, तर बिरामी भने पछी त जानै पर्यो | यस्तो कुरामा पनि के झुट बोल्लान र?, तै पनि अन्तरबार्ता लिइयो, सबै साँचो साँचो जस्तै नअक्मकाइ जवाफ आयो अनि लागियो अस्पतालतिर अनि गइयो बेड नम्बर खोज्दै | बल्ल तल्ल फेला परियो ४२० नम्बरको बेड तर त्यहाँ त सोचेभन्दा फरक परिस्थिति को हो? को हो? चिन्दै नचिनेका बिरामी फेला पारियो | अनि फोन गरेर झपारियो बिरामीको खबर दिनेलाई | जवाफ आयो अरे भर्खरै डिस्चार्ज गरेर घर आइपुगियो | विश्वास गरियो, अनि लागियो बिरामीको घरतिर | म बिरामीको घर पुग्दा त मेरा बिरामी त Office पुगेको खबर पाएँ अनि त कन्पारो तातिगो' अनि फोन गरेर हप्काउने विचार गरियो अनि नम्बर थिचियो के का फोन लाग्थ्यो NTC कि दिदि बोलिन "तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केहि समयपछी पुन: प्रयाश गर्नुहोला धन्यवाद !" आधा घन्टासम्म फोन नलागेपछि सबै रिस आफ्नै मोबाइलमाथि थोपरियो अनि लागियो आफ्नै बाटो | आधा घण्टापछी फोन आयो उतैबाट रिसिव गरियो तर म बोल्नुभन्दा अगाडी उसैले भन्यो "Sorry but Happy April Fool ". अब के गाली गर्नु अनि तैं चुप मैं चुप भैयो अनि यस्तो कुरामा april fool नमनाउन आग्रह गरेर बाटो लागियो |
अब आफै विचार गर्नुहोस त यस्तो संबेदनसिल कुरामा पनि जिस्कने हो त ? April Fool मनाऊनु नराम्रो अबस्य होइन तर त्यसो भन्दैमा बिरामीको खबर झुटो दिने, फलानो त मर्यो रे नि भन्ने अनि फलानोको त अपहरण भएछ नि भन्ने जस्ता झुटो समाचार दिने गर्नु चाही नराम्रो हो | त्यसैले सोचौं के यस्तो संबेदनसिल कुराहरुमा April Fool मनाउनु राम्रो हो | आउनुस हामी सबैले अब यस्तो नगर्ने प्रण गरौँ |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks