"के कुनै विद्यार्थीको बर्षभरिको पढाई मुल्याङ्कन गर्न तीन घण्टा समय पर्याप्त होला र ??" अनी "काठमाडौं Valleyभित्र चित चोर्ने र चोराउने कार्य हुँदैन त ??"
फलामे ढोका मानीने प्रबेशीका परीक्षा (S.L.C) आजबाट सकियो | यसपालिको S.L.C. परिक्षामा चिट चोर्दै गरेका बिद्यार्थी अनि चिट चोराउदै गरेका शिक्षक शिक्षिका अनि गार्डदेखि परीक्षा नियन्त्रकहरुको समेत फोटो विभिन्न छापाहरुले प्रकाशन गरेका थिए | जहाँसम्म मैले बुझेको र मेरा शिक्षक शिक्षिकाहरुले हामीलाई बुझाएसम्मको कुरा हो चिट चोर्नु र चोराउनु शिक्षक र बिद्यार्थीको नैतिकता र परीक्षाको मर्यादाबाहिरको कुरा हो | बास्तवमा नेपालको शिक्षा विश्वकै नमुना शिक्षा होला तर बिद्यार्थीको बर्षौको मिहिनेत अनि परिश्रम तिन घन्टाको परीक्षाले नाप्ने हाम्रो शैक्षिक प्रणाली गलत छ भन्छु म | तिन घन्टाको परीक्षा अनि सरकारी काममा अन्तरवार्ता लगभग उस्तै हो हुनेखाने अनि धनि र समाजका सभ्य व्यक्ति भनाउदाहरुलाई दुवै प्रक्रिया पुर्याउने बाटो | कुरा केहि बर्षअघिको हो जब म पनि S.L.C. दिने बिद्यार्थी थिए, मेरो छेउमा परेका गन्यमान्य व्यक्तिका छोरालाई सायदै १०० नम्बरको हल गर्ने जाँगर र आँट आयोहोला र त मेरो कापी हेर्दै उत्तर लेख्दै थिए आठवटै बिषयहरुमा | मैले कापी देखाइदिएकै कारणले हाम्रो मित्रता भएको थियो त्यसैबेला | अनि S.L.C.को रिजल्ट आएपछि उनलाई सोध्दा त उनको ८०.०१% आएर distinction आयो रे तर मेरो चाहिं आएको थियो द्वितीय श्रेणी त्यो पनि ५९.०८% आएर |अन्तमा प्रश्न तपाईंहरुकै लागि "के कुनै विद्यार्थीको बर्षभरिको पढाई मुल्याङ्कन गर्न तीन घण्टा समय पर्याप्त होला र ??" अनी "काठमाडौं Valleyभित्र चित चोर्ने र चोराउने कार्य हुँदैन त ??"
नोट: LOAD SHEDDING ले गर्दा सबै कुरा एउटै लेखमा लेख्न पाइदैन बाँकि(+२ परीक्षा र परीक्षाफल अनुभव) अर्को लेखमा ......



0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।