Tuesday, April 6, 2010

परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --2 (+2)

अब कुरा गरौँ HSEB का परिक्षाहरुको जुन परिक्षामा केहि टाइट भनिने कलेजहरुले पनि बिध्यार्थीलाई  चिट चोर्न छुट दिने गर्छन | अनि कुन कलेजमा आफ्नो सेन्टर पर्ने भनेर HSEB बोर्डमै गैर छलफल भएपछी सेन्टर तोकिन्छ भन्ने पनि यदाकदा सुनिने गर्छ | खैर छाडौं यस्ता कुरा कुरा गरौँ दुइ बर्ष अगाडिको जब मा HSEB बाट +२ को परीक्षा दिदै थिएँ | त्यतिखेर त झन् अचम्म भो बा! आफु परियो मध्यम स्तरको मान्छे संगै बस्ने मित्र परेछन सारै जान्ने त्यसैले सधै १ घन्टासम्ममा लगभग ३० ३२ नम्बरको प्रश्न हल गर्थे होला र १ घण्टा हुने बितिक्कै उनको टाप दिने कार्यक्रम हुन्थ्यो | तर पनि उनको नम्बर आयो ६०%मा अनि मेरो आयो फाइल डीभिजनमा | आस्चर्य र अचम्ममा एकै पटक परियो तै पनि आफुले गर्न सक्ने केहि होइन त्यै भएर अब पुन हुने Supplementary Exam मा पास हुने गरि पढियो | उही त हो पारा Supplementary Exam दिने बिध्यार्थी कस्ता हुन्छन र प्राय मै जस्ता नजान्ने त हुन् नि अनि दिइयो परिक्षा! यो पाली पास भैएछ खुसि भैयो | अनि संगै पर्ने मित्रले पनि हेर्दै बाँडीचुंडी परिक्षा दिएको भएर उनलाई सोधेको त उनको ७० नम्बर आयो रे  मेरो चाही ३५ | सोधे कसरि यस्तो भयो त ? के बताउँथे बताएनन |  तर पनि पछाडी बुझ्दै जादा सबै कुरा थाहा पाइयो |

         राम बहादुर घलान



नोट: परीक्षा, शिक्षक, बिद्यार्थी अनि मर्यादा र नैतिकता --1 (S.L.C.) पनि लेखक राम बहादुर घलानकै लेख हो|-Admin

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks