Tuesday, December 29, 2009
कता हुनुहुन्छ उर्जामंत्री प्रकाशशरण महतज्यू

Friday, December 25, 2009
ओरालो झर्दै माधव नेपालको लोकप्रियता
हुन त इतिहाँस नै हेर्ने हो भने पनि नेपालमा कम्युनिस्ट शासन ९ महिनाभन्दा बढी टिकेको रेकर्ड नै छैन | माधव नेपाल नेतृत्वको सरकारको आयु पनि ९ महिना पुग्न लागिसकेको छ | सायद यो सरकारको पनि आयु टुङ्गिन लागेको पो हो कि | अब पर्खने र हेर्ने सिबाय अन्य कुनै उपाय छैन हामीसंग त्यसैले "पर्ख र हेर !"

Wednesday, December 23, 2009
फेरी +२ अनिश्चित कालको लागि बन्द
नेपालमा बन्द र चक्काजाम अनि हड्ताल भन्ने कुरा त सामान्य भैसक्यो | यदि बन्द चक्काजाम र हड्ताल नभए त नेपालीलाई खाएको नै नपच्ने | अब फेरी माओबादीसम्बद्ध अखिल नेपाल (क्रान्तिकारी) शिक्षक संघठनले +२ हरु अनिश्चित कालका लागि बन्द गर्ने भएको छ | संगठनका महासचिव तथा शैक्षिक हड्तालका केन्द्रीय संयोजक पुष्प न्यौपानेका अनुसार सरकार तथा HSEBले आफ्नो मागलाई बेवास्था गरेकोले यसो गर्नुपरेको हो |अनिश्चितकालिन शैक्षिक हड्ताल भनीए पनि यसले +२ मात्रै बन्द गराउने पनि उहाले स्पस्ट पार्नुभयो |
Monday, December 21, 2009
Saturday, December 19, 2009
किन ए.माओबादी यसरि पतनको बाटो तर्फ जाँदै छ त ?

अझ जुवा तास जांड रक्सि आदिका कारणले ए.माओबादी भने पछी जनता तर्सन्थे | तर अहिले त माओबादीका नेताहरुकै Casino उनीहरुकै मातहतकाहरु Casinoमा जागिरे छन् रे भन्ने पो सुनिन्छ त | आखिर किन ए.माओबादी यसरि पतनको बाटो तर्फ जाँदै छ त? प्रश्न तपाईहरुलाई नै र ए.माओबादीका ति भ्रस्ट नेताहरुलाई जो सच्चा माओबादी बन्न सकेका छैनन् | हो सबै नेता त्यस्ता छैनन् होला तर पार्टी नेतृत्वको कमजोरीले त्यस्ता भ्रस्ट नेताहरुलाई सहयोग पुगिरहेको हुनसक्छ भन्ने तिर ए.माओबादी नेतृत्वको ध्यान कहिले जाला ??
Thursday, December 10, 2009
नेपालमा अन्तर्रास्ट्रिय मानव अधिकार दिवस, नागरिक सर्वोच्चता अनि माओवादि
आज ६१औं अन्तर्रास्ट्रिय मानव अधिकार दिवस !!
फेरी पनि प्रसङ्ग नागरिक सर्वोच्चता र मानव अधिकारकै !
सोसाइटीको सोमबार बसेको बैठकपछि जारी वक्तव्यमा भनिएको छ- अखिल नेपाल ट्रेड युनियन महासंघको नामबाट मिति २०६६ मंसिर १७ गते विभिन्न प्रकाशन गृहको नाममा प्रेषित पत्रप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षा भएको छ।’
फेरी पनि प्रसङ्ग नागरिक सर्वोच्चता र मानव अधिकारकै !
पत्रिका बन्द गर्न माओवादी पत्र
मिडिया सोसाइटीको आपत्ति
सबै दैनिक पत्रिकाहरुको समाचार
माओवादी समर्थित अखिल नेपाल ट्रेड युनियन महासंघले प्रकाशन गृहहरूलाई समेत पत्राचार गरी यही मंसिर २४ गते प्रकाशनका कामसमेत बन्द गर्न आग्रह गरेकोमा नेपाल मिडिया सोसाइटीले आपत्ति प्रकट गरेको छ।सोसाइटीको सोमबार बसेको बैठकपछि जारी वक्तव्यमा भनिएको छ- अखिल नेपाल ट्रेड युनियन महासंघको नामबाट मिति २०६६ मंसिर १७ गते विभिन्न प्रकाशन गृहको नाममा प्रेषित पत्रप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षा भएको छ।’
Sunday, December 6, 2009
Thursday, December 3, 2009
भुतसंग जम्काभेट
--कुमार गौतम--

समयको रफ्तारसंगै रात ढल्दै छ | हर्के मास्टरसा'प यानी हर्क प्रसादको ड्युटी यानी गाउँलेलाई प्रौढ शिक्षा पढाउने कार्य पनि सकिएको छ | अब हर्के घर जानको लागि आफ्नो सामानहरु झोलामा राखेर टर्चलाइट बालेर ओरालो झर्छ | बाटोमा जाँदा जाँदै केहि पर अलि अलि नचिनिने केहि बस्तु उ तिरै आइरहेको जस्तो देखेर उ झसङ्ग हुन्छ र घडी हेर्छ | घडीले साढे नौ बजाईसकेको छ अब उसको मनमा चिसो पर्न थाल्छ कतै त्यो बस्तु भुत त होइन किनकि बुढा पाकाको मुखबाट उसले त्यो बाटोमा समय समयमा भुत हिड्ने कुरा धेरै पटक सुनिसकेको थियो | जसै उ टर्चको प्रकाशलाई बन्द गर्थ्यो उसै त्यो बस्तुको आकारमा बृद्दी भैरहेको भान उसलाई पर्दै थियो | हुन त उ भुत हुदैन भनेर पढेको र भुत सुत केहि हुदैन त्यो त केवल मनको भ्रम मात्रै हो भनेर भन्दै हिड्ने मान्छे तर पनि आज उ खुद भुतसंग डराइरहेको थियो |