Tuesday, December 29, 2009

कता हुनुहुन्छ उर्जामंत्री प्रकाशशरण महतज्यू

हैन यी सम्माननीय उर्जामंत्रीज्युलाई के भो हो ?? अचेल त भाषणमा लोडशेडिंगलाई हिउदमा पनि १२ घण्टा भन्दा बढ्न दिदैनौ भन्दै घोषणा गर्दैनन् त ? हुन त भाषण पनि कति गरुन बिचरा मन्त्रीज्यू जत्ति भाषण गरे पनि लोडशेडिंग बढ्या छ बढ्या छ | अब त बिचरा मन्त्रीज्यूलाई पनि टेन्सन हुन थालिसक्यो होला अब लोडशेडिंग दिनमा नै १२ घण्टा हुन लागिसक्यो | कि मन्त्रीज्यूले आधा दिनमा १२ घण्टामात्र लोडशेडिंग हुने भन्नुभाको पो हो कि |



मन्त्रीज्यू, भविष्यको बारेमा बोल्दा भूतको अबस्था अनि बर्तमानको अवस्थालाई मध्यनजर गरेर मात्रै बोल्नुपर्छ | अब उत्पादन क्षमता धेरै छ रे भन्दैमा त्यतिकै त उत्पादन हुदैन नि | हो नेपालको जलबिद्युत उत्पादन क्षमता तुलनात्मक हिसाबले अन्य राष्ट्रहरु भन्दा धेरै छ | तर उत्पादन भैराखेको जलबिद्युत भने क्षमताको तुलनामा नगन्य मात्रामा छ | अनि पोहोर सम्म हिउंदमा पानीको बहाव कम भएर लोडशेडिंग दिनकै १५/१६ घन्टासम्म पुग्ने अनि फेरी यसपाली चाही त्यो लोडशेडिंग स्वात्तै घटेर हप्ताको १२ घण्टामा झर्छ त जबकी बिद्युत उत्पादन कति पनि बढेको छैन यस बर्ष | अब आजदेखि साताको ५१ घण्टा लोडशेडिंग भयो अब यतिखेर कहाँ निदाउनु भएको छ | मन्त्रीज्यू, यदि तपाई सक्नु हुन्छ भने कमसे कम बिद्युत उत्पादन गर्न/गराउन उत्साहित गर्ने कदम चाल्नुस जसले गर्दा अर्को बर्ष लोडशेडिंगको मार आम जनताहरुमा कम परोस | सायदै तपाइले यस्तो कदम चाल्नुहोला किनकि तपाइको घर/क्वार्टरमा त अझै पनि सरकारी खर्चको तेल मट्टीतेल अनि पेट्रोलबाट बत्ति बल्दै छ होला अनि तपाइको घर/क्वार्टर त झलमल्ल होला त्यसैले झिनो आशाका साथ आग्रह गर्नु पनि कुनै काम छैन होला |


लोडशेडिंगको तालिका तल हेर्नुस | (ठुलो र प्रष्ट हेर्न तस्बिरमा क्लिक गर्नुहोस |)

First Image Source: Google.com/images

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks