हुन त इतिहाँस नै हेर्ने हो भने पनि नेपालमा कम्युनिस्ट शासन ९ महिनाभन्दा बढी टिकेको रेकर्ड नै छैन | माधव नेपाल नेतृत्वको सरकारको आयु पनि ९ महिना पुग्न लागिसकेको छ | सायद यो सरकारको पनि आयु टुङ्गिन लागेको पो हो कि | अब पर्खने र हेर्ने सिबाय अन्य कुनै उपाय छैन हामीसंग त्यसैले "पर्ख र हेर !"

सबै जनतामा आशा पलायो अब चाही पक्कै केहि हुन्छ मा.कु.ने.ले चाही केहि गर्छन क्यारे भन्ने | तर फेरी उही अरु नेताकै झैँ विदेश भ्रमणमा स-परिवार जाने, कानुनको उपहास गर्ने लगायतका कार्य सुरु भैहाल्यो | मन्त्रि करिमा बेगमले C.D.O. कुटिन यति खेर त मलाई नै गालामा झाप्पड हाने पनि चुप लग्नु पर्छ नत्र त सरकार नै गम्भीर समस्यामा पर्छ भन्ने जस्ता अभिव्यक्ति दिए | जनताले अलि अलि विश्वास गर्न के थालेका थिए उनले त मैले त जे गरे पनि हुन्छ भन्ठाने क्यारे अनि त कोपेनहेगन सम्मेलनमा भाग लिने नाममा बेकामका मन्त्रिहरु सहित मन्त्रीका पनि सबै परिवारलाई कोपेनहेगन घुमाउन लगे | यति सम्म त ठिकै हो भन्ने हो भने पनि हिजो मात्रै फेरी ऋषि धमला लगायत ज्यान मार्ने तथा हातहतियार तथा खरखजाना मुद्धा जस्ता गम्भीर अपराधको मुद्धा परेका अन्य तीनजनालै छुटाउने जस्ता कार्यबाट माधव नेपाल सरकारको लोकप्रियतामा गम्भीर असर परेको छ | अब यस्तो चालले माधव नेपालको सरकारको आयु पनि छोट्टिदै छ |
हुन त इतिहाँस नै हेर्ने हो भने पनि नेपालमा कम्युनिस्ट शासन ९ महिनाभन्दा बढी टिकेको रेकर्ड नै छैन | माधव नेपाल नेतृत्वको सरकारको आयु पनि ९ महिना पुग्न लागिसकेको छ | सायद यो सरकारको पनि आयु टुङ्गिन लागेको पो हो कि | अब पर्खने र हेर्ने सिबाय अन्य कुनै उपाय छैन हामीसंग त्यसैले "पर्ख र हेर !"
2 प्रतिकृयाहरु:
माकुने तुलनात्मक रुपले मिलनसार हुन्... तर जसरि उनको नेतृत्व मा सरकार बनेको थियो यो प्रस्ट थियो कि यो सरकार ले जनभावनालाइ प्रतिबिम्ब गर्दैन..
जनभावना को प्रतिबिम्ब नभएको सरकार ले भर्स्ताचार र टाइम पास बाहेक केहि गर्न सक्दैन
Hawa bro ko kurama ma pani sahamat chhu
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।