Saturday, January 23, 2010

बुझ्यो माओबादीले बन्दले केहि हुदैन भन्ने कुरा !

यदि माओबादीले १५ दिन नेपाल बन्द गरिदिएको भए सरकार झुक्नुपर्थ्यो र सत्ता माओबादीले पाउथ्यो तर किन माओबादीले यसो गरेन ?

हुन त माओबादी एककिसिमले झुकेको छ तर पनि अन्तिम समयमा आएर जुनरुपले माओवादीले अनिश्चितकालीन बन्द गर्ने भन्ने हल्ला भएको थियो त्यो सबै कार्यक्रम फिर्ता लिएर जनतालाई केहि रुपमा राहत दिलाएको छ | सायद अब माओबादीले पनि बुझिसकेका छन् कि बन्दले जनतालाई आफ्नो पक्षमा पर्न सकिदैन भनेर | हुन त भन्नेहरुले अझै पनि भन्छन कि "यदि माओबादीले १५ दिन नेपाल बन्द गरिदिएको भए सरकार झुक्नुपर्थ्यो सत्ता माओबादीले पाउथ्यो तर किन माओबादीले यसो गरेन ?" त्यो त माओबादी आफै जानोस ! तर बन्द फिर्ता लिएर माओबादीले ढिलै भएपनि राम्रो काम गरेको छ | सबै पार्टीले यसै गरि बन्दलै नै बन्द गरे त क्या मज्जा हुन्थ्यो होला नेपालमा |


नेपालको प्रमुख समस्याहरु नेपाल बन्द, फोहोरको उचित ब्यबस्थापनको अभाव, पेट्रोलिएमको अभाव र लोडशेडिंग मध्येको एउटा समस्या नेपाल बन्द मात्रै कम भए पनि नेपाली जनताहरुलाई अलिक राहत मिल्ने थियो होला | माओबादीले त बन्द फिर्ता लियो तर संबिधान सभाको चुनावमा राजाबादी पार्टीको बिल्ला पाएको र अहिले पनि राजाबादी पार्टीको गर्व गर्दै हिड्ने कमल थापाले भने संबिधान बनाउन दबाब दिनका लागि भन्दै बन्दको आह्वान गरेका छन् रे उनले चाही बन्द फिर्ता लिएका छैनन् है | अब हेरौ उनको बन्द कतिको सफल होला वा असफल त्यो त भोलिका दिनहरुमा देखिने नै छन् |


0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks