Sunday, January 10, 2010

के मन पर्थ्यो तिमीलाई !

--राघव घिमिरे
नयाँ नयाँ फेशन मन पराउने,
आफ्नो पुरानो राष्ट्रिय भेषभुषा के मन पर्थ्यो तिमीलाई !

जापान अमेरिकाको बर्णन गर्ने अनि भारतको चाकरी गर्ने,
नेपाली भै बाँच्न के मन पर्थ्यो तिमीलाई !

रमणीय महलमा मस्त निदाउने,
झुपडीको बास के मन पर्थ्यो तिमीलाई !

ठुला ठुला व्यबसायमा मस्त रहने ,
किसानको जीवन के मन पर्थ्यो तिमीलाई !

सधै कार चढ्ने बनि हुने,
पहाडको गोरेटो के मन पर्थ्यो तिमीलाई !


सुखी जीवन महसुस गर्ने,
दुखको आशु के मन पर्थ्यो तिमीलाई !

पश्चिमी रक, डान्स र पप गीतमा रमाउने,
लोक गीत अनि सारंगीको धुन के मन पर्थ्यो तिमीलाई !

नयाँ नयाँ युगमा प्रवेश गर्न खोज्ने,
आफ्नो कला र संस्कृति अनि परम्परा के मन पर्थ्यो तिमीलाई !

अन्तर्राष्ट्रिय भाषा बोल्न चाहने,
आफ्नो मातृभाषा के मन पर्थ्यो तिमीलाई !

आफ्नो देशमा अन्तर्राष्ट्रिय हस्तक्षेप चाहने,
देशको स्वतन्त्रता के मन पर्थ्यो तिमीलाई !

नयाँ नयाँ फेशन मन पराउने,
आफ्नो पुरानो र राष्ट्रिय भेषभुषा के मन पर्थ्यो तिमीलाई !

जापान र अमेरिकाको बर्णन गर्ने अनि भारतको चाकरी गर्ने,
नेपाली भै बाँच्न के मन पर्थ्यो तिमीलाई !

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks