
अनि अचम्मको कुरा त ति चालक र खलासीहरु र ति बन्दकर्ताहरुको माग बीच के सम्बन्ध ? होला ति चालक र खलासीहरु जनजाती भए त केहि सम्बन्ध हुन्थ्यो र तिनीहरु सडकमा ओर्लदा केहि अर्थ रहन्थ्यो तर ति बन्दकर्ताका नाममा सडकमा बाटो छेकेर बस्नेहरु जनजाति भन्दा बढी बाहुन क्षेत्रिहरुनै थिए | अनि जसको बिरुद्धमा बन्द भएको हो उ नै बन्दकर्ता बन्नु कति अचम्मको कुरा होला त ? त्यो भन्दा पनि अचम्मको कुरा ति बन्दकर्ताका नाममा सडकमा आएकाहरुलाई कसले बन्द गरेको भन्ने पनि थाहा रहेनछ किनकि उनीहरुलाई के को बन्द भन्दा त "बन्द भनेपछि बन्द गाडी, Bike, साइकल केहि पनि चलाउन पाइदैन " भन्दै बाटो छेक्दै थिए | अनि नेपाल बन्दको कारण र माग नै थाहा नपाई बन्दकर्ता भनेर रोड नै छेकेर बन्दलाई ब्यापक सफल पर्ने अनि बन्दकर्ताका मागसंग पनि कुनै सम्बन्ध नहुने यस्ता धेरै व्यक्तिहरु छन् जो बन्दमा रमाइलो र होहल्ला गर्न जाने परम्परा नबसोस |
जय बन्द !
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।