Friday, January 1, 2010

इस्वी सम्बत नयाँ बर्ष र विक्रम सम्बतको नयाँ बर्ष

हुन त मैले विदेशीहरुको सिको नगरौ भन्न खोजेको होइन र उनीहरुको बिरोध गर्नै पर्छ भनेको पनि होइन | हो हामीले विदेशीहरुको राम्रो कुराको सिको गर्न सक्छौ अनि उनीहरुको Festivalहरुलाई Celebrate गर्न पनि सकिन्छ तर त्यसो भन्दैमा नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुल्नु चाही भएन | नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुलेर आखिर कहिलेसम्म हामी नेपाली नै रहिरहन सक्छौं ?

दुई तिन दिन देखि मेरो e-mail र मोबाइलको inboxमा संदेशहरुको यस्तो लिने लागेको छ कि पढ्ने फुर्सद पनि पाइदैन | कारण इस्वी सम्बतको नया बर्ष २०१० | हजुर मेरो मात्रै नभएर प्राय सम्पूर्ण नेपालीका मोबाइल र E-mailको Inboxमा New Year 2010को शुभकामनाका संदेशहरुले भरेका छन् | तर बिडम्बना विक्रम सम्बतको नयाँ बर्षका दिनहरुमा यसरि कमै नेपालीको मोबाइल र E-mailको Inboxमा यसरि शुभकामना संदेशहरु आउछन |

आखिर किन यस्तो हुँदै छ त | किन हामि अरुको सिको गर्दै आफ्नो राम्रो परम्परा र रितिथिति आदिलाई अंगाल्न सक्दैनौ त ? आखिर हामी किन बिदेशीको सिको गर्छौं त ? के नेपालीको पनि सिको गर्दै कुनै बिदेशीले नेपालीको चाडपर्वमा कुनै संदेश पठाऊछन् त ? हुनत राम्रो कुराको सिको गर्नु राम्रै हो तर त्यसो भन्दैमा हामि आफ्नो परम्परा अनि संस्कृति र आफुले आफुलाई नै बिर्सन थालेका छौं |
हामी नेपाली आफ्नो राष्ट्रिय पोशाक दौरा सुरुवाल(पुरुष) अनि चौबन्दी र ढाका चोली(महिला) लगाउन लाज मान्छौं अनि बिदेशी कपडा टाइट जिन्स र टिसर्टमा रमाउने युवा पुस्ताहरु यसैगरी बिदेशी संस्कृतिमा भुल्न थाल्छौं तर राष्ट्रियताको खोक्रो नारा लगाउन भने छाड्दैनौ | खाली अर्काको सिको गर्ने हामी नेपाली बिदेशीको बिरोध गर्न खुब माहिर छौं तर उनीहरुकै सिको गरेर भने हामि थाक्दैनौ |अब हामी हिजोको New Year Eve कै कुरा गर्नु पर्दा पनि हरेक रेस्टुरेन्ट तथा Hotelहरुमा कुनै न कुनै कार्यक्रमहरुको आयोजना गरिएको थियो जसलाई Celebrate गर्न थुप्रै नेपालीहरु उपस्थित भए | थुप्रै कलाकारहरुले आफ्नो प्रतिवा प्रस्तुत गरे भने थुप्रै स्पोन्सरहरुले थुप्रै खर्च गरे जुन नेपाली नया बर्ष सन्ध्यामा कमै मात्र हुन्छ | आखिर कहिले सम्म यस्तो हुने ? प्रश्न उब्जन्छ उत्तर पनि रेडिमेड छ जहिलेसम्म हामीलाई राष्ट्रियताको बोध हुन्न त्यहिलेसम्म |

हुन त मैले विदेशीहरुको सिको नगरौ भन्न खोजेको होइन र उनीहरुको बिरोध गर्नै पर्छ भनेको पनि होइन | हो हामीले विदेशीहरुको राम्रो कुराको सिको गर्न सक्छौ अनि उनीहरुको Festivalहरुलाई Celebrate गर्न पनि सकिन्छ तर त्यसो भन्दैमा नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुल्नु चाही भएन | नेपाली चाडपर्व, परम्परा र संस्कृतिलाई भुलेर आखिर कहिलेसम्म हामी नेपाली नै रहिरहन सक्छौं ?

1 प्रतिकृयाहरु:

NKM said...

New Year, Naya Barsa, Nhudaya Bhintuna, Lhosar, and probably others included makes it about half dozen...

It is great that we can celebrate all of them!

Happy New Year 2010!

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks