Monday, March 15, 2010

वाह !! पुष्कर, छ्या सरकार

झन्डै ११ बर्ष लगाएर विश्वका १५० जति देशका माटो र बाटोलाई साइकलको पांग्राले नाप्ने प्रथम व्यक्ति पुष्कर शाह अहिले सगरमाथा चढ्नका लागि खर्चका खातिर आफुले ११ बर्ष लगाएर विभिन्न १५० देशमा जम्मा गरेका सामानहरु (बियरको बिर्को देखि विभिन्न राष्ट्रको माटो) लिलाम गर्ने सुरमा छन् | हुन त उनको साइकलको पांग्रासंगै नेपाली र नेपालको नाम पनि गुढ़ी नै रह्यो | अर्थात् जहाँ जहाँ उनि पुगे त्यहाँ त्यहाँ नेपालको नाम अनि नेपालीको बिरताको गाथा पुगे | नेपाल बाहेक अन्य देशमा हो भने उनको यो कार्य अतिनै सराहनीय हुन्थ्यो अनि उनको सपरिवारको सम्पूर्ण जिम्मा सरकारले लिन्थ्यो तर नेपाल न हो यहाँका नेताहरुलाई कुर्सि बाहेक अरु त मतलब नै छैन | बास्तवमा नेपालका नेताहरुमा न त देशप्रेम छ, न त शान्तिप्रेमी नेताहरु नै नेपालमा छन् | यदि एउटा मात्र त्यस्तो नेता भैदिएको भए विश्वशान्तिको लागि साइकल यात्रा गरेका पुष्कर शाहले आफुले जम्मा परेका सामाग्रीहरु लिलामी गरेर बिदेशीलाई बेच्नु पर्दैन थियो होला | न त प्रधानमन्त्री जस्तो गरिमामय पदको मान्छेले आफुसंग राम्रो कामको लागि सहयोग गर्दा "तपाई त प्रसिद्द मान्छे खोज्नुस न कोहि दाता" भन्ने खालका जवाफ नै आउथे | हो पुष्कर शाहले पनि यस्तै तितो अनुभव भोग्न पुगे र अन्तत: हात फैलाउनु भन्दा आफ्नै संकलन लिलामी गरेर पैसा संकलन गर्ने निर्णय लिन बाध्य भए |


कुरा त्यति मात्रै होइन
पुष्कर शाह यदि साइकल यात्री नभैदिएको भए शिक्षक हुने ठुलो रहर रहेछ उनमा तर उनि भैहाले शान्तिको लागि बिश्वसाइकल यात्री तर पनि शिक्षक बन्ने रहर नमरेकोले उनले आफुले घुमेका १५० राष्ट्रकै झन्डासहित “पिस एक्स्पिडिसन, स्प्रिङ् २०१०” नामक आरोहणमार्फत सगरमाथा आरोहण गर्ने जसमा प्रत्येक मिटरै पिच्छे नेपाली एक हजार रुपियाँ (यूरोमा भए १० वा अमेरिकी डलरमा भए १५ ) प्रायोजक गर्न लगाउने र उठेको रकमबाट The Little Haven School नामक विश्वमै नमुना पाठशाला निर्माण गर्ने जहाँ सानै देखि बच्चाहरुलाई हिंसाबिरोधि बनेर शान्त र सम्बृद्ध राष्ट्रको निर्माण गर्न सहयोग गर्ने सोच पनि बनाएका रहेछन |

यदि तपाई पनि उनलाई सहयोग गर्न चाहनुहुन्छ भने मा उनलाई सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ
९८५१०५८७६८
वा
nepalcyclist@yahoo.com,wcfnepal@gmail.com
मा उनलाई सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ

1 प्रतिकृयाहरु:

mskhanal said...

थक्क सरकार। यसलाइ अझै के सरकार भनेर बसिरख्नु।

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks