Wednesday, May 5, 2010

राजनेता कि अराजकनेता ??

सामान्यतया राजनेता भन्नेबित्तिकै हामी सबैले बुझ्ने कुरा हो राजनीति गर्ने व्यक्ति भनेर। राजनेताको परिभाषा धेरै थरि होला तर मेरो बुझाइमा भने राजनेता भनेका त्यस्ता व्यक्ति जो देशलाई शान्त सम्ब्रिद्द र बिकसित बनाउने उद्देश्यले देशका लागि राजनीति गर्ने व्यक्ति हो। अरजकनेता भनेको चाही अराजक कार्य गर्ने तथा त्यस्ता व्यक्तिहरुको नेतृत्व गर्ने व्यक्ति हो ।
            अब क.प्रचण्ड जो दशबर्षे गृहयुद्ध पश्चात शान्तिपूर्ण रुपमा राजनीति गर्ने भनेर देशकै ठुलो पार्टीका अध्यक्षका रुपमा उदाएका छन् राजनेता हुनकी अराजकनेता ? दुविधा यहानेर किन छ भने देशमा दिगो शान्ति ल्याउने र मुलुकको बिकाश गर्ने सपना जनतालाई बाँडेर र नेपालीलाई जनताको संबिधान दिने नारा लिएर आएका प्रचण्ड आफै अहिले आएर आन्दोलनजस्तो अराजक कार्य गर्न थालेका छन् । उनकै आदेश पाएर हो वा के हो गाउँ गाउँमा एक परिवार एक सदस्यका दरले आन्दोलनमा उत्रनुपर्ने भन्दै मानिसलाई ल्याइएको भन्ने खबरहरु पत्रपत्रिकामा आउन थालेका छन् ।
  
             यसरि जब्बरजस्ती घर घरबाट मान्छे उठाएर ल्याउने कार्यबाट आन्दोलन सफल हुनेभन्दा पनि क.प्रचण्ड र उहाँको पार्टीको अराजक छबी प्रष्ट हुन्छ क.प्रचण्डको मात्रै होइन नेपालका सबै नेताहरुको हाल यस्तै छ ।  यस्तो अराजक कार्यबाट सरकारमा बस्नेले होइन जनताले दुख पाउछन भन्ने कुरा प्रचण्ड लगायत सम्पूर्ण नेताहरुले किन बुझ्दैनन् ? आखिर सबै जनता नेताहरुकै पछी किन लाग्छन आफुले दुख पाउने थाहा पाउदा पाउदै ? हुन त राजतन्त्र अलि बढी नै अराजक भएकोले फालिएको हो तर यहाँ त राजतन्त्रको अन्त्य पछी १ जना राजाको ठाउँमा ६०१ राजाहरु आए जसले गर्दा एक जना होइन सबै नेताहरु अराजक कार्य गर्ने अरजकनेता बन्न पुगे  ।

         अब यस्तो अवस्थामा हाम्रा देशका सम्पूर्ण नेताहरुलाई  राजनेता भन्ने कि अराजकनेता भन्ने ?? अझ वर्तमान अवस्थामा क.प्रचण्डलाई के भन्ने प्रश्न तपाइहरुलाई नै !

        क.प्रचण्डलगायत सम्पूर्ण दलका नेताहरुलाई राजनेता बन्नका निमित्त जनताको मन जित्न र देश र जनताका लागि लड्नुका साथै देशमा शान्त र सम्बृद्ध बनाउन नयाँ संबिधान बनाएर अराजक स्थितिको अन्त्य गरि शान्त र सम्बृद्ध नेपालको निर्माणतर्फ अगाडी बढ्नुहोस यहि छ हाम्रो सुझाव ।

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks