Monday, May 3, 2010

पक्ष र प्रतिपक्षका कमरेडहरुलाई चिट्ठी

कमरेड प्रचण्डलाई खुला चिट्ठी
लालसलाम,अनि न्यानो अभिवादन 
कमरेड
कमरेडको गाथमा त आरामै होला नत्र त आन्दोलन गर्नुको सट्टा कुन देश पुग्नुहुन्थ्यो होला उपचारार्थ तर हामी जनता र बिद्यार्थीहरु शारीरिक र मानसिक रुप दुबैले अस्वस्थ भएका छौ हजुरको आन्दोलनले ! दुइ छाक खान पनि दिनभरी परिश्रम गर्नुपर्ने हाम्रो त गांसै तपाइले बन्द गरिदिहाल्नुभयो | हुन त नेपाल पर्यटन बर्ष २०११ सफल पर्न प्रमुख लगायत अन्य केहि दलका प्रमुख नेताहरुले बन्द हड्ताल र आन्दोलन नगर्ने भनि प्रतिबद्दता जनाएको थाहा पाएर अब देशमा केहि होला भन्ने सोचेका म र मजस्ता बिद्यार्थी र जनता तपाइको कदमले फेरी जिल्लिएका छौ | कमरेड हजुरको आन्दोलनले हाम्रो त परिक्षा पनि स्थगित भयो रे दिनरात गरेको परिश्रम पनि खेर गयो | कमरेड तपाइको नागरिक सर्वोच्चता अनि संबिधान निर्माणको नारा कहिले सम्म टिक्ला र त्यै जेठ १४ गते सम्म त हो नि त्यसपछि त जनताले तपाई जस्ता नेताहरुलाई के विश्वास गर्ने | कमरेड तपाइलाई मेरा हजुरबा-हजुरआमा,  बा-आमा, दाजु-दिदिहरुले भोट दिएर जितेको आन्दोलन गर्न होइन त्यो त देशमा दिगो शान्तिका  निमित्त नयाँ संबिधान बनाउनका निमित्त हो | त्यसैले कमरेड अब आन्दोलन छोडेर सहमतितर्फ  लाग्नुस् हो कमरेड ठुलो दलका हिसाबले तपाइको पार्टीकै नेतृत्वमा सरकार बन्नुपर्छ र अन्य दलहरु पनि सहमतिको निम्ति लचिलो बन्नुपर्छ | यसर्थमा माधव नेपालले पनि त तपाइको बाहेक अरुको नेतृत्वको सरकार बनाउने भएमा आफु छोड्न तयार छु भनेका छन् नि त्यै भएर तपाईकै पार्टीका डा. बाबुराम लाई प्रधानमन्त्रि बनाउने प्रस्ताव राख्नुहोस न त अनि सहमति गर्नुहोस |

बिन्ति छ कमरेड जनतालाई नमार्नुस जनयुद्धको नाममा १५००० नेपाली जनता मरे अब फेरी जनताको रगतको खोला नबगाउनुस | कमरेड कुर्सीका निमित्त किन जनताको रगत बगाउनु हुन्छ ? के तपाई सत्तामा गए मात्रै संबिधान बन्ने र नागरिक सर्वोच्चता स्थापना हुने हो त ? गिरिजाबाबुको मृत्यु लगत्तै जुर्मुराएका राजा अनि चार दिन अघि नेपाल आएका पारसलाई जेठ १४ पछीको विकल्पका रुपमा देख्न नपरोस भन्ने जनचाहनालाई किन लत्याउनु हुन्छ ? यस्तै चाला तपाई नेताहरुको रहने हो भने तयार हुनुहोस जनताको सामना गर्न मात्र कुर्नुस जेठ १४ अनि तपाई लगायत अन्य दल र नेताहरुको हाल के हुन्छ ?
अन्तमा, देशमा संबैधानिक रिक्तता नाराखिदिनुहोला भन्दै मेरो पत्र टुंग्याउछु |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी




प्रधानमन्त्रि तथा क.माधवलाई खुला पत्र
सर्व प्रथम त कमरेडलाई पनि
 लालसलाम,अनि न्यानो अभिवादन
कमरेड तपाई त आरामै हुनुहुन्छा भन्ने पक्का छ किनकि तपाइलाई त भारतको साथ् र आशिर्बाद दुवै छ | तर हामी जनतालाई भने दिनहुको बन्द र हड्तालले सारै गारो पर्यो कहिले स्कूल बन्द त कहिले कलेजको परिक्षा स्थगित अनि कम गरेर खान पनि नपाइने, सधै चन्दा आतंक सारै गारो भो कमरेड तपाई त देशकै ठुलो मान्छे लुना केहि गर्नुस | कमरेड हुनत बालुवातारमा बसेर जनताको दुख तपाइले के बुझ्नुहुन्थ्यो तै पनि केहि कुरा हजुरलाई सुनाउन अनि झक्झकाउन मन लाग्यो | कमरेड देशमा यति धेरै त्राश छाहिसक्यो कि अब त्यो त्राशलाई हटाउन गार्है पर्ला | कमरेड दिनहुको बन्द हड्ताल अनि के के ले हामीलाई त बच्ने गार्हो भो | कमरेड पहिले पनि जनयुद्ध र जनान्दोलन भन्दै हजारौ जनता मरी अहिले पनि फेरी जनता नै मारिनेवाला छन् त्यसैले सहमतिको विकल्प छैन र सहमति गरेरै अगाडी बढ्नुस न | कमरेड तपाइलाई प्रचण्डको नेतृत्व अमान्य भए क.डा.बाबुराम लाई आगाडी ल्याउने कम गरौँ न त कमरेड | कृपया बेलैमा सहमति गरेर हामीलाई नयाँ संबिधान दिनुस न कमरेड | कमरेड म कुनै नेता होइन रण साहित्यकार पनि होइन त्यसिए धेरै लेख्न आउदैन |
गिरिजाबाबुको मृत्यु लगत्तै जुर्मुराएका राजा अनि चार दिन अघि नेपाल आएका पारसलाई जेठ १४ पछीको विकल्पका रुपमा देख्न नपरोस भन्ने जनचाहनालाई किन लत्याउनु हुन्छ ? यस्तै चाला तपाई नेताहरुको रहने हो भने तयार हुनुहोस जनताको सामना गर्न मात्र कुर्नुस जेठ १४ अनि तपाई लगायत अन्य दल र नेताहरुको हाल के हुन्छ ?
अन्तमा, देशमा संबैधानिक रिक्तता नाराखिदिनुहोला भन्दै मेरो पत्र टुंग्याउछु |
उही तपाइको शुभचिन्तक
जनता बिद्यार्थी
 
हुन त हिरा काट्न हिरा नै चाहिन्छ भन्थे त्यै भएर होला नेपालका कम्युनिस्टहरुले नै एक अर्काको खुट्टा तान्ने प्रवित्ति जागेको | सरकार प्रमुख कमरेड कुर्सि छोड्न तयार छैन अनि प्रतिपक्षका प्रमुख कमरेड जनतालाई सपना देखाएर जनताकै बलि चडाउन छाड्दैनन | यी दुइ कमरेडहरुले नेपालमा गर्न के खोजेका हुन ? हुन त हामी जनताका कुरा सुन्ने फुर्सद यी कमरेडहरुलाई साडी होला तैपनि केहि नलेखी बस्न सकिएन | त्यसैले यी पत्रहरु लेखेको हुँ | मलाई थाहा छ यो मेरो कुरा कुनै नेताहरुले सुन्दैन त्यै पनि मनको बह पोख्ने मध्यम बनाएको मात्रै हुँ |

4 प्रतिकृयाहरु:

mskhanal said...

प्रचण्डले यो पत्रको भाबना आत्मसाथ गरे कति जाती हुने थियो

Dilip Acharya said...

सन्तुलित र अत्योचित पत्र ।

Nepal Lover said...

तपाइको पत्रको भावना बुझ्लान र यी रक्तपिपासुहरुले ? जनता पनि कस्ता यिनीहरुकै पछी लागेर के खान आएका होलान ?? चिउरा दालमोठ र फोहोर पनि खान ?

Prabesh said...

लेखेजस्तै हुनेभए.....

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks