Monday, October 12, 2009

हैन अब माओबादी कता आन्दोलन तर्फ कि सहमतितर्फ वा पराजयतर्फ ?

अस्तिसम्म तिहारपछि आन्दोलनमा जान्छौ सहमति हुदैन भन्ने डा.बाबुराम भट्टराईको बारेमा दैनिकी डट कममा प्रकाशित समाचार विवरण हेर्नुस त :

तिहारलगत्तै माओवादी सरकारः बाबुराम


गोर्खा, २६ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टाराईले तिहारलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्ने ठोकुवा गरेका छन।
नियमित कार्यक्रम अन्तरर्गत गृह जिल्ला गोरखा पुगेका डा.भट्टराईले सोमबार बिहान गोरखा अस्पताल परिसरस्थित जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले संञ्चालनमा ल्याएको फार्मेसी उदघाटनमा राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताए।
उनले वार्ता र सहमतिको आधारमा एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र 'कठपुतली सरकार' ले विदा लिने ठोकुवा गरे। उनले वर्तमान सरकार रही रहे संविधान पनि नबन्ने र शान्तिप्रक्रिया समेत धरापमा पर्ने धारणा राखे ।
भटटराईले राष्ट्रिय सरकारको निर्माणको विकल्प नभएको स्पष्ट पार्दै उनले तिहारलगत्तै आफ्नो पार्टीको नेतृत्वमा सरकार नबने जनता सडकमा उत्रने चेतावनी दिए।

हैन कमरेढ जनता भनेका माओबादी कार्यकर्ता र माओबादीहरुमात्रै हुन् कि क्या हो | जनताले माओबादीमाथि राखेको बिश्वास घट्न तबदेखि सुरु भयो जब क. प्रचण्डको भिडियो नेपाल लगायत विश्वभरि फैलियो | फेरी पनि यहाहरुकै सत्तामोहकै कारण कहिले आन्दोलन र कहिले सहमतिको राजनीतिको कुरा गर्ने तपाईहरुको दुइ जिब्रे बानिले जनताले तपाईहरुको सत्तामोहमा पर्नुभएको कुरा थाहा पाइसकेका छन् जुन आशा र बिश्वास जनताले माओबादीमाथि गरेका थिए ति सबै खेर गएको जनताले थाहा पाइसके | कमरेढ हुन त काँग्रेस, एमाले त पहिले देखिने जनतालाई झुक्याएर र धोका दिएर राजनीति गर्ने पार्टी थिए तर त्यो भन्दा पनि खतरनाक त माओबादी पो भएर निस्क्यो त | कमरेढ गफ मात्र दिने प्रबृत्ति छोडेर काम गर्ने प्रबृत्तितर्फ लाग्ने हो कि अर्को चुनावमा कांग्रेस एमालेले भन्दा नराम्रो हार बेहोर्ने हो ?

यो समाचारबाट पुस्टि हुन्छ कि माओबादीमा सत्तालिप्साको मोह कति रहेछा नत्र भने अस्तिसम्म तिहारपछि आन्दोलनमा जान्छौ सहमति हुदैन भन्ने डा.बाबुराम भट्टराईको बोलि एक्कासी यसरि परिवर्तन नहुनुपर्ने हो | तर क. बाबुरामको यो बोलीले जनतामा अझ अन्योलता थपिएको छ | उसै त समयमा नै संबिधान नबन्ने कुरा प्रकाशमा आइरहेको बेला कमरेडको यस्तो प्रतिक्रियाले अब राजनीतिक दलहरु सरकार बनाउने र ढलाउने खेलमै मस्त रहेर संबिधान नबाउने खेलमा लाग्ने नै त हैन भन्ने शंका उपशंकाहरु उब्जिन थालेका छन् |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks