तराइमा विशेष रुपमा मनाइने छठ पर्व आज साँझ अस्ताउँदो सूर्य अर्घ दिने र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिएर सम्पन्न गरिँदैछ । पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति पाउने आकाङ्क्षाका साथ श्रद्धापुर्वक यो पर्व मनाइन्छ । छठ पर्वका अवसरमा देशभरिका नदी तथा तलाउका किनारमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दछ ।
काठमाडौँमा बस्ने तर्राईका बासिन्दाले रानीपोखरी र बागमती किनारमा भेला भएर पर्व मनाउँदैछन् । यो पर्वलाई राष्ट्रिय षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैँले बनाएको सात्विक भोजन गर्ने गर्छन् । 'खरना' भनिने दोस्रो दिन दिनभरि व्रतालु उपबास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि 'खरना' को प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि खाने चलन छ ।
व्रतको तेस्रो दिन अर्थात् आज पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पीठोको सक्खरसहितको लड्डू, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट, मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ । सप्तमीका दिन सूर्यलाई दोस्रो अर्घ दिएपछि यो पर्वको समापन गरिन्छ ।
छठ पर्वको अवरसरमा तर्राईका विभिन्न जिल्लाहरूमा भव्य तयारी गरिएको छ । नदी किनारमा हजारौँ घाटहरू निर्माण गरी नदी किनारलाई सजिसजाउ गरिएका विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीले जनाएका छन् ।
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।