Sunday, October 18, 2009

किन खोज्दैछन त बाबुराम कुर्सि ?

किन खोज्दैछन त बाबुराम कुर्सि ? nagariknews.comमा प्रकाशित तलको लेख पढ्नुहोस अनि छर्लंग हुनुहोस :

'दाहाल नेतृत्वको सरकारमा बाबुराम र हिसिलाले सबैभन्दा ठूलो भ्रष्टाचार गरे'


माओवादी एमाले र कङ्ग्रेसभन्दा फरक छैन
टेकनारायण भट्टराई, पाल्पा असोज ३०- एकिकृत माओवादीबाट अलग भई माओवादी पार्टी पुनर्गठन गरेका मातृका यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन्। मोहन वैद्यलाई आफूले आदर्श नेता मान्ने गरेको तर वैद्य पनि पद र सुख सुविधामा सती गएकाले अब आदर्श नेता नरहेको यादवको भनाइ थियो।
जनताको क्रान्ति पूरा नभएको भन्दै आफ्नो पार्टीले क्रान्ति अघि बढाएको दाबी गरेका छन्। उनले अहिल्यै आफूहरुले दुई चार प्रहरी चौकी ध्वस्त पार्न सक्ने दाबी पनि गरे। माओवादी जनयुद्ध सुरु हुँदाको अवस्थामा अहिले आफूहरु रहेको र भीषण क्रान्तिको तयारी भैरहेको यादवले दाबी गरे। उनले आफूहरु लड्न सक्नेगरी तयार भैसकेको भन्दै चाहेमा दुई चार प्रहरी चौकी अहिल्यै ध्वस्त पार्ने चेतावनी दिए। तर आफूहरु भूमिगत हुने र सशस्त्र संघर्ष गर्ने पक्षमा नरहेको पनि उनले बताए।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पाल्पा आएका यादवले पार्टी पुनर्गठन गर्नुका पछाडि क्रान्तिबाहेक अर्को कुनै उद्देश्य नरहेको प्रष्ट पारे।

देश टुक्राउने शक्तिहरुले सहकार्य गर्ने प्रस्ताव राखेका तर आफूले त्यसलाई इन्कार गरेको यादवले खुलासा गरे। “हामीसँग सहकार्य गर्न धेरै शक्ति इच्छुक छन् तर एजेण्डा नमिल्नेसँग हामी काम गर्दैनौं।” यादवले जयकृष्ण गोइतसँग आफ्नो नियमित सम्पर्क रहेको पनि बताए। उनले भने- “गोइतको केही गरी देश टुक्राउने उद्देश्य छ तर हामी त्यसो नगरौं भनेका कारण सहकार्य हुन सकेको छैन।”

यादवले पुष्पकमल दाहाल नेतृत्वको एकिकृत माओवादी पनि कङ्ग्रेस एमालेभन्दा उत्तम पार्टी हुन नसक्ने दाबी गरे। आफ्नो नेतृत्वको माओवादी पार्टीबाहेक देशमा जनताको पार्टी अर्को नभएको यादवले ठोकुवा गरे।

यादवले माओवादी नेताको नामै लिएर खरो आलोचना गरे। पुष्पकमल दाहाल बालुवाटार छिर्दा हिरो भएर छिरे पनि निस्कँदा जोकर भएर निस्केको उनको भनाइ थियो। दाहाल नेतृत्वको सरकारले रायमाझी आयोगका दोषीलाई कारबाही गर्नसम्म नसकेकाले आफू त्यहीँबाट निरास बनेको उनले खुलासा गरे।

यादवले वर्तमान सरकारलाई नौटंकी सरकारको संज्ञा दिए। संवैधानिक सर्बोच्चताको दुहाइ दिने सरकारले संकल्प प्रस्ताव रोकेर जनताको सर्बोच्च निकाय संसदलाई बन्दी बनाएको यादवको भनाइ थियो। माओवादीले नागरिक सर्बोच्चताको नभएर कुर्सी सर्बोच्चताको कुरा उठाएको भन्दै माधव नेपाललाई काँधमा हालेर दाहालले गल्ती गरेको उनले बताए।

एकीकृत नेकपा माओवादीबाट विद्रोह गरेकालाई पार्टीमा भित्र्याउन र उनीहरुलाई प्रशिक्षण दिन यादव बिहीबार पाल्पा दोभान आएका थिए।

2 प्रतिकृयाहरु:

Raju man singh said...

Maobadiko sakkali anuhar yahi nai ho. nepalkaa kunai pani neta swach6 6bkaa chainan......
thukka netaharu

HAWA said...

माओवादी मा पनि अबसर्बादी र भस्ट्र प्रब्बित्ती छन... तर एउटा फरक के भने तुलनात्मक रुपले नयाँ पार्टी भएकोले काम गर्ने जोश जाङर पनि देखिन्छ.. अब कसरी अघी बढलान त्यो हेर्नु छ.. तेसकै लागि पनि काम गर्न दिने हो कि ?

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks