Thursday, October 29, 2009

नयाँ नेपालका गीतहरु

आज बाट अलि ठिक भएको छ | अब दैनिक जसो नै ब्लगमा लेख्ने प्रयास गर्ने छू | तर आजलाई damadol.com बाट साभार गरिएको युगल बाबुजीको यो लेख राम्रो र समयसापेक्ष लागेकोले यहाँ राखेको छु :
नयाँ नेपालका गीतहरु

नयाँ नेपाल
संघीयता नै हाम्रो एकता
संविधानमा छ लेखेको
कहिल्यै नढल्ने अटल भो राष्ट्र
चार खुट्टाले टेकेको !

प्रचण्डपथ
अग्रगमनको महान यो यात्रा
रोकिने छैन, गरेका छौं हठ
घुमीफिरी किन रुम्जाटार आइन्छ
गोलो छ कि क्या हो प्रचण्डपथ ?


आदरणीय दिल्ली
निर्लज्ज छन् नेताहरु हाम्रा
सधैं भरि किन दूराचार गर्छन्
मुलुकभित्र सवालाखको पलङ हुँदाहुदै
दिल्ली नै पुगेर लम्पसार पर्छन्

बिनोद चौधरी
राजनीतिमा गएछन् बिनोद चौधरी
सभासद नै भएछन् खै कसोकसो गरी
सोच्या थिए होलान् ठूलै भाग खाइन्छ
सासंद हुने रेटमा कहीँ मन्त्री पाइन्छ ?

सम्विधान निर्माणको उत्सव
(समाचार: वेश्याबृत्तिको आरोपमा सभासद कृष्णप्रसाद यादव गिरफ्तार)
उडाइरहेछन् समय सभासद
सुरा, सुन्दरी र चूरोटको खिल्लीमा
धारा-उपधाराको चिन्ता छैन
संविधान बनिरहेकै छ नि दिल्लीमा

गिरिजा बाबु
बुढेसकालमा बुझ्दैछु, राष्ट्रपति हुनकालागि
माओवादी हैन, आँखा पो रहेछ तगारो
शितलनिवास त अझै जसोतसो ठम्याउँछु
तर भित्रको कुर्सी भेट्टाउन चैं सारै गाह्रो

दोषी बाहुन
भत्ता ख्वाउन ६०१ जना नि चुनियो
तर छाँट छैन लेख्‍ने नयाँ सम्विधान
दोष दिनमिल्थ्यो राजा भएको भए
अथवा, बाहुन भएकोभए सुवाष नेम्वांङ

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks