Thursday, December 10, 2009

नेपालमा अन्तर्रास्ट्रिय मानव अधिकार दिवस, नागरिक सर्वोच्चता अनि माओवादि

आज ६१औं अन्तर्रास्ट्रिय मानव अधिकार दिवस !!
फेरी पनि प्रसङ्ग नागरिक सर्वोच्चता र मानव अधिकारकै !


पत्रिका बन्द गर्न माओवादी पत्र

मिडिया सोसाइटीको आपत्ति

सबै दैनिक पत्रिकाहरुको समाचार
माओवादी समर्थित अखिल नेपाल ट्रेड युनियन महासंघले प्रकाशन गृहहरूलाई समेत पत्राचार गरी यही मंसिर २४ गते प्रकाशनका कामसमेत बन्द गर्न आग्रह गरेकोमा नेपाल मिडिया सोसाइटीले आपत्ति प्रकट गरेको छ।
सोसाइटीको सोमबार बसेको बैठकपछि जारी वक्तव्यमा भनिएको छ- अखिल नेपाल ट्रेड युनियन महासंघको नामबाट मिति २०६६ मंसिर १७ गते विभिन्न प्रकाशन गृहको नाममा प्रेषित पत्रप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षा भएको छ।’

माओवादीको हाल भइरहेको तेस्रो जनआन्दोलनअर्न्तर्गत यही २०६६ मंसिर २४ गते हुने उद्योग, प्रतिष्ठान र सवारीसाधनको हडतालमा प्रकाशन गृहहरूसमेत बन्द गर्न गरिएको अनुरोधलाई मिडिया सोसाइटीले जनताको सुसूचित हुने अधिकारप्रति पूर्ण् बन्देज लगाउने मात्र नभई नागरिक स्वतन्त्रताको हक नै हनन हुने घातक परिणामको रूपमा लिएको वक्तव्यमा जनाइएको छ।

सोसाइटीका महासचिव उज्ज्वल शर्माद्वारा जारी गरिएको वक्तव्यमा अगाडि उल्लेख छ- तर्सथ प्रेस स्वतन्त्रता र जनताको सुसूचित हुने अधिकारलाई गम्भीर रूपमा मनन गरी अविलम्ब यस्ता खालका कार्यक्रम फिर्ता लिई प्रकाशन गृहहरूलाई सुचारु रूपबाट चल्न दिई समाचार प्रकाशन तथा वितरणका लागि सहज परिस्थिति बनाउनका लागि सोसाइटी जोडदार माग गर्दछ।’


एकसाठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले सत्यतथ्य नबुझी यसबारे माओवादीलाई आरोप नलगाउन पनि आग्रह गरे।
http://www.nagariknews.com/society/nation/8027-2009-12-10-12-24-30.html
यसैगरी आजै आयोजित अर्को एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष धर्मेन्द्र झाले दिनदहाडै सञ्चारकर्मीको हत्या र साङ्घातिक हमला हुँदा पनि दोषीलाई दण्ड नदिई कानमा तेल हालेर बस्ने सरकारले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छु भन्नु नाटकमात्र हो भनेका छन्।

मरणासन्न हुनेगरी पिटिएकी रुकुमकी पत्रकार टीका बिष्टलाई छ सातदिनदेखि हत्याको धम्की आइरहेको र स्थानीय प्रशासनलगायत् सरकारका निकायलाई महासङ्घले सचेत गराउँदा पनि सरकारी बेवास्ताका कारण उनी पिटिनुपरेको भन्दै अध्यक्ष झाले सरकारले प्रेसलाई उपेक्षा गरिरहेको गुनासो गरे।

अन्तर्राष्टिय मानवअधिकार दिवसका अवसरमा आयोजित विचार तथा अभिव्यक्ति स्वतन्त्रता विषयक कार्यक्रममा उनले भने – सदरमुकामजस्तो ठाउँमा दिउसै यसरी एक जना महिला पत्रकारमाथि जघन्य हमला हुँदासमेत केही थाहा नपाएजस्तो गरी बस्नु र घटनाको यत्रो लामो समयपछि पनि दोषीलाई नपक्रिनु सरकारको लज्जाजनक काम हो।

1 प्रतिकृयाहरु:

HAWA said...

मेडिया ले पनि मालिक को हितमा मात्र एकहोरो प्रचार गरेका छन्

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks