Monday, January 4, 2010

वीर शहिद बिष्णुको नाममा

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए
त्यसैले देशमा राजतन्त्रको अन्त्य गरेर शोषक र सामन्ती बर्गको चुन्गुलबाट देशलाई आजाद गर्न ज्यान दिएका शहिदहरुको रगतमा होलि खेलेर रमाउने नेताहरु अब त नयाँ संबिधान बनाउ र देशलाई सुन्दर, शान्त, बिशाल बनाउ ! नत्र १९ दिनसम्म जनआन्दोलन गर्ने हरुमध्ये केहि सपुतहरु शहिद भए पनि अन्य जनता बाँकी नै छन् भन्ने कुरा नभुल |

र अन्त्यमा वीर शहिद बिष्णुका शोकाकुल परिवारप्रति हार्दिक समबेदना ! यस घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन |

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए
भूपी शेरचनका यी हरफहरुले भन्छन कि देशका लागि देशका सपुतहरुले लडे भने अबस्य नै देश बन्छ अनि मुलुक शान्त सम्बृद्ध र समुन्नत हुन्छ | जसरि बिहान हुनका लागि ताराहरु मिर्मिरमा झरेर जानु पर्छ त्यसरी नै दुइ चार जना सपुतहरुले देशका लागि बलिदान दिएर सहिद हुन नडराइ ज्यानको बाजी लगाएमा मुलुक अवस्य नै बन्छ |तर यहाँ त हजौरौंको ज्यान गैसक्यो, बीसौं जनाले आफ्नो ज्यान भन्न पाएनन् तर खै त उपलब्धि ? शनिबारै पनि जनआन्दोलन भाग २ मा कलंकीमा घाइते भएर थलिएका विष्णुलाल महर्जनको निधन भयो। र आइतबार भयो उनको अन्त्येष्टी।

तर उनै जस्ता शहिदहरुको कारणले आज नयाँ संबिधान बनाउनका लागि जनताको म्यान्डेड पाएकाहरु चाहिं फलानो हरुवा पार्टी सरकारमा गयो, फलानो पार्टीको सत्ता गठबन्धन छुटाएर सरकार ढाल्छौँ र हाम्रो सरकार ढल्दैन, हामी सरकार ढाल्न दिदौनौ भन्दै सत्ताकै कुरामा अल्झिरहेका छन् | यस्तो हुँदा कति चित्त दुखेको थियो होला विष्णुलालको उनि बोल्न सक्ने भए थाहा हुन्थ्यो तर पनि उनको परिवारलाई त थाहा होलाकी उनको चित्त कति दुखेको थियो होला भनेर | उनि त संसारबाट बिदा भएर गए र दिक्कलाग्दो नेपालको हालत देख्न र सुन्न बाट बन्चित भए तर अन्य जीवित शहिद(जनआन्दोलन भाग २ का घाइतेहरु )लाई कस्तो हुँदो हो नेपालको र नेपाली जनताको यो हालत र नेपाली नेताहरुको यस्तो सत्तामोहको चाला देखेर ?

के ति बीसौं जीवित तथा मृत सहिदहरुले देश यस्तै बनाउन आफ्नो ज्यान दिएका हुन् त ? के नेपालको यहि हालत बनाउन हामी जनताहरुलाई सडकमा उतारेर १९ दिने जनआन्दोलन गरिएको/गराइएको हो त ? के नेताहरुलाई सत्तामा पुर्याएर कुर्सीमा बसाउन र राजतन्त्रको अन्त्य गर्न मात्रै जनताहरुले आन्दोलन गरेका हुन् त ? अबस्य पनि होइन त्यसैले देशमा राजतन्त्रको अन्त्य गरेर शोषक र सामन्ती बर्गको चुन्गुलबाट देशलाई आजाद गर्न ज्यान दिएका शहिदहरुको रगतमा होलि खेलेर रमाउने नेताहरु अब त नयाँ संबिधान बनाउ र देशलाई सुन्दर, शान्त, बिशाल बनाउ ! नत्र १९ दिनसम्म जनआन्दोलन गर्ने हरुमध्ये केहि सपुतहरु शहिद भए पनि अन्य जनता बाँकी नै छन् भन्ने कुरा नभुल |


र अन्त्यमा वीर शहिद बिष्णुका शोकाकुल परिवारप्रति हार्दिक समबेदना ! यस घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन |

1 प्रतिकृयाहरु:

रूक्मागत शर्मा पौडेल said...

शहिदको नाममा एक ब्यक्ति अरू थप भएकोमा हामी अत्यन्त दुःखी हुदै वँहाको पार्थिव शरिरमा श्रध्दान्जली अर्पण गर्दछु। साथै शोकसन्तब्द परिवार पर्ति हार्दिक सहानुभुती प्रकट गर्दै समवेदना ब्यक्त गर्दछु ।
भन्न त भन्ने गरिन्छ कि देशको लागि मर्नु मर्नु होइन उच्च जिवन बाच्नु हो तर हाम्रा देशको नेता भनाउदाहरूले शहिदको रगतको बारम्बार अपमान गरेका छन यस प्रति दुःख ब्यक्त गर्दछु।

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks