Sunday, May 2, 2010

बधाई छ ! कमरेड तपाई सफल हुनुभयो |

वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो

गरिब जनताको दुई छाक बन्द गर्नुभयो
काम गरि खानेलाई काम गर्न रोक्नु भयो
वाई-स्याल परिचालन गर्नुभयो
अनि आन्दोलन गर्नुभयो, ठुलै काम गर्नुभयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो


सोझा जनतालाई नाना सपना देखाउनु भयो
 गाउँ गाउँका कृषकलाई काठमाडौं ल्याउनुभयो
मजदुरलाई मालिकसंग झगडा पनि गराउनु भयो
कम्युनिस्टको खोल ओढेर सत्तामोहको हद पनि देखाउनु भयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो

शन्तिपूर्ण आन्दोलनको तयारी र तौर तरिका पनि देखाउनु भयो
आन्दोलनकै नाममा विध्यालय र कलेज पनि बन्द गराउनुभयो
हड्ताल भन्दै परिक्षा स्थगित गराएर विध्यार्थिहरुको परीश्रममाथि खेलबाड गर्नुभयो
विध्यार्थीहरु नै प्रयोग गरेर बिध्यार्थीहरुलाई अन्यौलग्रस्त गराउनु भयो
वाह ! कमरेड महान काम गर्नुभयो,
बधाई छ कमरेड तपाई सफल हुनुभयो

2 प्रतिकृयाहरु:

mskhanal said...

kamred haru tara ek din janata le tapai ko sachhai thaha paune chhan. ani kaha bhagnuhola? aaja nai sochnos comrade.

Basanta said...

एकदम सही बिश्लेषणले बनेको कविता! कमरेडहरुमा मानवीय संवेदना पटक्कै छैन।

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks