Wednesday, October 14, 2009

माधव नेपाल र बाबुराम कार्ड खेल्दै भारत

भारतीय पक्षले नेकपा माओवादीकै नेतृत्व सरकार बनाउने र त्यसमा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु पर्ने संदेश माओवादीका प्रमुख नेताहरुलाई बारम्बार सुनाउँदा पनि अध्यक्ष दाहाल सहमत भए पनि अन्य नेताहरुको चर्को विरोधका कारण असम्भव भएपछि आफ्नो पक्षमा काम गर्ने अर्थात चिनियाँ पक्षको प्रत्यक्ष हस्तक्षेपलाई रोक्नसक्ने प्रधानमन्त्री हुनलायक कोही नदेखेपछि वर्तमान सरकारलाई नै कायम राख्नु मानै फाइदा हुने बुझेको छ।

हाल भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एव कांग्रेस नेता शेरबहादुर देउवालाई अमेरिकी जोड भए पनि भारत यसअघि प्रधानमन्त्री हुँदा नै नेपालको सिमा विवादमा अमेरिकालाई हस्तक्षेप गर्न दिने सहमति गरेर नेपालको चीनसँग सिमा विवाद नभएको र आफूसँग मात्र भएको भारतीय बुझाई र हतियार किन्ने सवालमा पनि चिढिएका कारण त्यति खुसी छैन।

हाल अमेरिका र भारत एकै ध्रुवमा आएका कारण लाइन मिले पनि भारत भने आफ्नै मान्छे मात्र खोज्ने गर्दछ। भने शेरबहादुर पनि हालैको भ्रमणमा त्यहि तुस मेटाउन विभिन्न शक्ति केन्द्र त आफ्ना नातेदारहरुसमेत प्रयोग गर्दैछन्।
भारतका पूराना मित्र सुर्यबहादुर थापासँग पनि भारतीय पक्षले अब शेरबहादुरलाई प्रधानमन्त्री बनाउदा के हुन्छ भनेर प्रश्न गरेका थिए। देउवाप्रति उदार रहेका थापाले देउवालाई प्रधानमन्त्री बनाउन सैनिक शासन वा राष्ट्रपतिको हस्तक्षेपपछि बन्ने प्रजातान्त्रिक सरकारको नेतृत्व दिन सकिने सुझाव दिएका छन्।
भारतीय योजनाअनुसार यहि सरकारलाई संविधान बनाउने अन्तिम समयसिमासम्म कायम राख्ने र संविधान पनि नबन्ने अवस्था आएपछि संविधानसभा विघटन गर्दै राष्ट्रपति शासन लागू गराउने अभियानमा छ।
उता भारतकै योजना अनुसार माओवादीको आन्दोलनको नेतृत्व पनि बाबुराम भट्टराईलाई दिइएको छ। भट्टराईलाई आन्दोलनबाट स्थापित हुन र प्रधानमन्त्रीको लागि तयार रहन बारम्बार निर्देशन प्राप्त भइरहेको छ।
एकैचोटी दुईवटा कार्ड खेल्ने गरेको भारतले हाल माधव नेपाल र बाबुराम कार्ड खेल्दै छ।
स्रोत : weeklynepal.com

1 प्रतिकृयाहरु:

Anonymous said...

bad news to hear ..... huna ta sadhai bharatle khelne garekaa card na hun nepalka netaharu

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks