Thursday, December 3, 2009

भुतसंग जम्काभेट

--कुमार गौतम--

समयको रफ्तारसंगै रात ढल्दै छ | हर्के मास्टरसा'प यानी हर्क प्रसादको ड्युटी यानी गाउँलेलाई प्रौढ शिक्षा पढाउने कार्य पनि सकिएको छ | अब हर्के घर जानको लागि आफ्नो सामानहरु झोलामा राखेर टर्चलाइट बालेर ओरालो झर्छ | बाटोमा जाँदा जाँदै केहि पर अलि अलि नचिनिने केहि बस्तु उ तिरै आइरहेको जस्तो देखेर उ झसङ्ग हुन्छ र घडी हेर्छ | घडीले साढे नौ बजाईसकेको छ अब उसको मनमा चिसो पर्न थाल्छ कतै त्यो बस्तु भुत त होइन किनकि बुढा पाकाको मुखबाट उसले त्यो बाटोमा समय समयमा भुत हिड्ने कुरा धेरै पटक सुनिसकेको थियो | जसै उ टर्चको प्रकाशलाई बन्द गर्थ्यो उसै त्यो बस्तुको आकारमा बृद्दी भैरहेको भान उसलाई पर्दै थियो | हुन त उ भुत हुदैन भनेर पढेको र भुत सुत केहि हुदैन त्यो त केवल मनको भ्रम मात्रै हो भनेर भन्दै हिड्ने मान्छे तर पनि आज उ खुद भुतसंग डराइरहेको थियो |


अब उ जुन बाटो आएको त्यै बाटो फर्कने सोचमा पुग्यो तर फेरी घडी हेर्छ त घडीमा १० बजिसकेको हुन्छ | फर्केर गएपनि कसैको घरको ढोका खुल्दैन भन्ने बिचारले उ जे पर्ला पर्ला मरे पनि मरिएला भन्ने सोचेर एउटा चुरोट सल्काउछ र झोलाबाट खुकुरी झिकेर अघाडी बढ्छ तर फेरी पनि अगाडी बढ्न डर मान्छ | तै पनि जसो तसो उ अगाडी जान्छ | अब उ त्यो आकृतिको नजिकै आइपुग्छा त फेरी त्यहाँ त बडेमानको गोरु छ ठ्याक्कै उसको घरको जस्तै | अब उ बर्बराउन थाल्छ अनि घरका परिवारलाई गालि गर्न थाल्छ | तर जसै उसको टर्चको प्रकाश उक्त गोरुमा पर्यो गोरु गायब त्यहाँ त केहि थिएन | फेरी जब उसले टर्च निभायो फेरी गोरु ज्यूँ का त्यूँ देखा पर्छ उ छक्क पर्छ | फेरी पनि टर्च निभाउछ त फेरी गोरु त मकै बारीमा नै पो चरीरहेको छ | फेरी टर्च बाल्छ यो पटक झन् छक्क पर्छ कारण न एउटा मकैको बोट नासिएको छ न त गोरु नै त्यहा छ | उसको जिउ लल्याकलुलुक हुन्छ अनि एक्कासी आवाज आउछ "च्वोई ध्वाँसे" | त्यसपछि भोलिपल्ट बिहान एकैपटक उसले आफुलाई ओछ्यानमा पाउछ |

1 प्रतिकृयाहरु:

Keshab Ghimire said...

यो सपना देखेको कुरा हो कि बिपना मै भएको कुरा हो ? " त्यसपछि भोलिपल्ट बिहान एकैपटक उसले आफुलाई ओछ्यानमा पाउछ " भन्नाले त पक्कै पनि सपना नै देखेको जस्तो भान हुन्छ |

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks