हैन हो अब कति सरकार बनाउने र गिराउने खेलमात्रै खेल्ने हो?? अब त जाग न हो नेताहरु हो नयाँ संबिधान बनाउन र देशमा दिगो शान्ति स्थापना गर्न |

अब यस्तो चालले कसरि बन्छ नयाँ संबिधान | सत्तारुढ दलहरुलाई सत्ता(कुर्सि/पद ) जोगाउने चिन्ता अनि प्रतिपक्षी दललाई सरकार ढलाएर आफ्नो सरकार बनाउने चिन्ता | अब पर्यो फसाद कुर्सि/सत्ताको खेलले नेता तथा दलहरुमा फुट छ, तर नयाँ संबिधान बनाउन नेताहरु सबै एकजुट हुनुपर्छ |
बरु यो सरकार बिहिन देशमा देखावटी (माओबादीको भाषा सापट लिएर भन्नुपर्दा 'कठपुतली' ) सरकार पनि हटाएर सबै नेताहरु मिलेर नयाँ संबिधान बनाउन तिर लाग्ने हो कि | किनकि जनताले नेताहरुलाई अहिले कुर्सिको लागि लड्न नभएर नयाँ संबिधान बनाएर देशमा दिगो शान्ति स्थापना गर्नको लागि भोट दिएर पठाएको हो | त्यसैले हे नेताहरु हो जाग न हो अब त नयाँ संबिधान बनाउन नत्र धेरै ढिलो होला !!!
अब कति सरकार बनाउने र गिराउने खेलमात्रै खेल्ने हो?? अब त जाग न हो नेताहरु हो नयाँ संबिधान बनाउन र देशमा दिगो शान्ति स्थापना गर्न | नत्र धेरै ढिलो हुनेछ | अनि तिमि नेताहरुको विश्वास गर्ने पनि कोहि बाकी हुदैनन् | यदि समयमै नयाँ संबिधान बनेन भने जनताले तिमीहरुलाई फेरी भोट दिएर जिताउलान र ?? समयमै नयाँ संबिधान नबने जनतालाई के मुख देखाउछौ नेताहरु | त्यसैले पनि बेलैमा बुद्धि पुर्याएर अब सरकारलाई छोडेर नयाँ संबिधानतर्फ ध्यान दिने कि !!!
र अन्त्यमा 'सरकार दोहोरि' र सरकार ढलाउने र बनाउने अनि जोगाउने खेलले नेपाल संबिधान बिनाको देश नबनोस | जसले जे गरे पनि कारबाही नहुने देशमा केहि नभए पनि बेलैमा(चांडै) संबिधान चाही बनोस |
जय राजनीतिक दल
जय नयाँ नेपाल
1 प्रतिकृयाहरु:
'सरकार दोहोरि' र सरकार ढलाउने र बनाउने अनि जोगाउने खेलले नेपाल संबिधान बिनाको देश नबनोस | जसले जे गरे पनि कारबाही नहुने देशमा केहि नभए पनि बेलैमा(चांडै) संबिधान चाही बनोस |
जय राजनीतिक दल
जय नयाँ नेपाल
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।