Monday, November 9, 2009

गढीमाईको मेलामा दिइने बलि, सुरक्षाव्यवस्था र राम बहादुर बम्जन

के साच्चै रोकिएला त गढीमाईको बलि ? वा त रामबहादुर बम्जनले साच्चै प्रलय गर्लान त ? हजुर यहि प्रश्न अझै पनि अनुत्तरित छ | यसको उत्तरको लागि हामीले पनि कुर्नै पर्ने हुन्छ मेलाको अन्त्य | कामना गरौ कि देशमा कुनै खालको नराम्रो प्रलय नहोस, बलि पनि रोकियोस र धार्मिक आस्था पनि कायम रहोस | तर,सम्भव छ र ?

मंसिर महिना जति जति नाजिकीइरहेको छ त्यति नै बाराको गढीमाई मन्दिर चर्चामा आइरहेको छ | प्रसङ्ग बाराको गढीमाई मन्दिरमा लाग्ने मेलामा दिइने बलिको | हुन त परम्परादेखि चल्दै आएको हो, गढीमाईमा बलि दिने प्रथा तर अहिले आएर केहि समयअगाडी लिटिल बुद्ध को नामबाट प्रख्याति पाएका रामबहादुर बम्जनले असोजको मध्यतिर गढीमाई मन्दीरमा निर्दोश पशुको ज्यान नलिन आग्रह गर्दै पशु बलिको साटो फलफुहरु चढाउन आग्रह गर्दै यदी जर्वजस्ती गरेमा आफुले प्रलय गराउने चेतावनी दिएपछि गढीमाईको मन्दिर र यहाँ दिइने बलि अनि राम बहादुर बम्जनको बारेमा चर्चा परिचर्चा सुरु भएको हो ।


गढीमाइको मेलामा घटना सक्ने घटनालाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि मेलाका लागि सम्पूर्ण सुरक्षाव्यवस्था मिलाएको छ | गृहमन्त्री भीम रावलले बाराको गढीमाई मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण सुरक्षाव्यवस्था मिलाइएको जानकारी गराउनुभएको छ। व्यवस्थापिका संसद् विकास समितिमा आइतबार बोल्दै मन्त्री रावलले मेलामा १ हजार १ सय ५० प्रहरी खटाइने जानकारी दिनुभयो। नेपाल र भारतका ३० लाखभन्दा बढी भक्तालुजनको सहभागिता रहने गढीमाई मेला मंसिर ४ गतेबाट शुरू हुन्छ भने मेलामा ९ गतेबाट बलि चढाउने गरिन्छ | अब यो परम्परादेखि चल्दै आएको बलि दिने कार्यलाइ यदी बम्जन र उनका अनुयायीहरुले जर्वजस्ती रोक्न खोजेमा धार्मिक भिडन्त हुने सम्भावना त हुन्छ नै । त्यसको विपक्षमा बलीका पक्षधरहरु उत्रिनेछन नै ।

त्यही कारण अहिले शुरक्षा निकायहरु कसरी र्दुघटना हुनवाट रोक्ने भन्नेमा केन्द्रित भएका छन । हाम्रोकामना बली पनि रोकियोस र धार्मिक आस्था पनि कायम रहोस । के साच्चै रोकिएला त गढीमाईको बलि ? वा त रामबहादुर बम्जनले साच्चै प्रलय गर्लान त ? हजुर यहि प्रश्न अझै पनि अनुत्तरित छ | यसको उत्तरको लागि हामीले पनि कुर्नै पर्ने हुन्छ मेलाको अन्त्य | कामना गरौ कि देशमा कुनै खालको नराम्रो प्रलय नहोस, बलि पनि रोकियोस
र धार्मिक आस्था पनि कायम रहोस | तर,सम्भव छ र ?

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks