Sunday, November 22, 2009

नेपालमा भन्दा दार्जिलिङ्ग पहाडमा नेपाली पोशाकको माया र इज्जत बढी

सञ्जीव चापागाई,७ झापा
छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न दार्जिलिङ्ग पहाडका अधिकाशं विद्यालयले विद्यार्थीहरुलाइ जातिय पोशाक दौरा सुरुवाल र चौबन्दी चोली अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छन्। छुट्टै राज्यको माग गर्दै दार्जिलिङ्गमा लामो समय देखि जारी आन्दोलन लाइ निर्णायक मोडमा पुर्याउन विद्यालयहरुले विद्यार्थीलाइ अनिवार्य रुपमा जातिय पोशाक लगाउन निर्देशन दिएका हुन्।
मिरिक कलेजका विद्यार्थीहरु लाइ भोली देखि दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी लगाउन निर्देशन दिइएको कलेजका यूनियन महासचिव मनोहर शर्माले जानकारी दिनुभयो। उहाँले निर्देशनको पालना नभए कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो। “जातिय पोशाक लगाउनु गर्वको विषय हो। महासचिव शर्माले भन्नुभयो “यसले हाम्रो स्वाभिमान र गरिमा फर्काउँछ।”
विद्यालयहरुले दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी वाहेकका पहिरन लगाएर आए विद्यार्थीहरुलाइ विद्यालयमा प्रवेश नै नदिने चेतावनी दिएका छन्। जातिय पोशाक लाए नलगाएको वारे निगरानी गर्न गोर्खा जनमुक्ति मोर्चाका सेना अर्थात जि .एल.पि परीचालन गर्ने शर्माको भनाइ छ।
नेपालमा राष्ट्रिय पोशाक लगाउने चलनमा दिन प्रतिदिन ह्रास आइरहेका वेला गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न थालेको यो अभियान निकै नै प्रभावकारी मानिएको छ। अहिले छुट्टै राज्यको माग गर्ने सबै गोर्खालीहरु दौरा सुरुवाल र चौबन्दी चोलीमा सजिने गरेका छन्।

1 प्रतिकृयाहरु:

HAWA said...

एसलाई हामी यसरी पनि बुझौ होला.. ईन्डिया मा नेपाली अल्पसन्ख्यक जातिले जस्तै नेपाल का बिबिध जात जाती हरुले पनि आफ्नो भाषा सन्स्क्रिती बारे राखेको चासो पनि स्वभाविक हो.. र तेस बाट तर्सिन पर्दैन

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks