म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु । -- पूजा लामा
अश्विनी कोइराला
१० वर्षअघि द र्याम्पमार्फत मोडलिङमा उदाएकी पूजा लामाको करियर सन् १९९९ मा सुपर मोडलको उपाधिपछि चम्कियो। करिब २ सय र्याम्पमा मोडलिङ गरेकी पूजा पापी, चक्रव्यूह, सलामजस्ता चलचित्रकी नायिका पनि हुन्। यद्यपि उनी आफूलाई गायिकाका रूपमा चिनाउन चाहन्छिन्। दुई दर्जन जति गीत गाइसकेकी पूजाको म्युजिक नेपालबाट निस्किएको एल्बमले
विवाह गर्नुभयो, नयाँ दुलहीका रूपमा कस्तो महसुस गरिरहनुभएको छ ?
शिशिरको मम्मी निकै मायालु, सहयोगी एवं मेरो भावना बुझ्ने हुनुहुन्छ । दाइ र बैनीले मलाई नयाँ सदस्यका रूपमा स्वीकार गर्नुभएको छ । शिशिरले सार्है माया गर्छ । मैले घरमा भित्रिएपछि अप्ठयारो महसुस गर्नुपरेको छैन । यद्यपि म आफैं भने भित्रभित्रै लज्जा महसुस गर्छु । आखिर जतिसुकै आधुनिक भए पनि म नेपाली हुँ । सहज हुने प्रयासमा छु ।
पहिलो पटक डिजे शिशिरलाई कहिले भेट्नुभयो ?
शिशिर राम्रो संगीतकार रहेछ । उसले 'रेलिमाई रेलिमाई...' गीत मलाई गाउन दिने योजना बनाएर खोजेछ । यो एक वर्षअघिको कुरा हो । गीतका लागि ऊ मलाई लिन मेरै घर आयो । त्यसयता हाम्रो निरन्तर भेटघाट भैरहेको थियो ।
प्रेम नि ?
सायद त्यही बेलादेखि हुनुपर्छ । ऊ जस्तो कुल, हेन्डसम र प्रतिभाशाली व्यक्ति देखेर मेरो मन पग्लिएको थियो । उसले मलाई त्यसैबेला आफ्नो घर लिएर आयो अनि आमा, बैनी र परिवारका सदस्यहरूसँग भेट गरायो । उसको यो कुराले मलाई छोयो । माया खोजेर भौंतारिहेकी केटीको भावना बुझेको देख्ो पछि म कतिखेर उसको प्रेममा परे, थाहै भएन ।
विवाह गर्ने योजना बनाउनुभएको थियो ?
पछिल्ला दिनमा हामी दुई-तीन वर्षपछि विवाह गर्ने योजना बुन्दै थियौं । हाम्रो उद्देश्य दुवैको करियरले एउटा उचाइ लियोस्, त्यसपछि सेटल हुनुपर्छ भन्ने थियो, तर बीचमै दुर्घटना भयो । आखिर पछि पनि विवाह गर्नु नै छ भने किन बजारमा आफ्ना कुरा फैलाइरहनु भनेर विवाह गरियो ।
मानिसहरू यो विवाह एक वर्ष पनि टिक्दैन भन्छन् नि ?
मेरो जीवनको भविष्यवाणी गरी हिंड्नेहरूलाई धन्यवाद, तर शिशिरप्रति म पूर्ण बफादार छु, शिशिर पनि मप्रति बफादार देखिन्छ । उसले मलाई सार्है माया गर्छ । म अहिले जुन मानसिक दशामा छु, यस्तो बेलामा शिशिरले मलाई एकछिन पनि छोडेको छैन । उसले मलाई हौसला दिइरहन्छ । यो देख्दा हाम्रो वैवाहिक जीवन लामो समय जान्छ भन्ने लाग्छ । यद्यपि जीवनमा आफूले सोचेजस्तो सबै कुरा नहुँदो रहेछ ।
तपाईं सिनियर कलाकार, भर्खरै करियर बनाइरहेको युवकसँग प्रेम बस्नुको कारण के होला ?
उसको सिन्सियरिटी । ऊ कति गम्भीर छ भने जब भिडियो क्लिप्स बाहिर आएको हल्ला चल्यो, त्यसैबेला उसले भन्यो, 'पूजा डन्टवरी, यदि त्यो क्लिप्समा म छैन भने पनि म तिमीसँगै विवाह गर्छु ।' अनी तुरुन्तै विवाह पनि भयो । इन्डस्ट्रीमा मुखले आई लभ यु भन्दै चेपारो घस्नेहरू धेरै हुन्छन्, तर साँचो माया गर्नेहरू भेटिँदैनन् । ऊ स्वाथ्र्ाी भएको भए, क्लिप्सको हल्ला चल्नेबित्तिकै मुन्टो बङ्ग्याउन सक्थ्यो । उसले डटेर सामना गर्यो । यही हो प्रेम भनेको । प्रेमले सिनियर-जुनियर हेर्दैन ।
यद्यपि उमेरका दृष्टिले उ मभन्दा एक वर्ष जेठो हो ।
भिडियो क्लिप्स सार्वजनिक हुनुअघि र पछि तपाईंको कुरा गर्ने शैलीमा खासै परिवर्तन देखिएन, किन होला ?
सेक्स जीवनको अपरिहार्य आवश्यकता हो । मैले आफ्नो व्यायप|mेन्डसँग सम्बन्ध राखेकी हुँ, उसैसँग विवाह गर्ने योजना थियो । प्रेममा यस्ता सम्बन्ध अहिलेको युगमा सामान्य हुन् । मैले कुनै गल्ती गरेको छैन । त्यसैले पहाडै खस्यो, जीवन बरबाद भयो भनेर कुनामा पस्ने वा आत्महत्या गर्ने खालकी युवती म होइन । कतिपय पत्रिकाले मलाई आत्महत्या नै गरोस् भन्ने अभिप्राय राखेरै लेखे, तर मलाई राम्रोसँग थाहा थियो, मैले के गरेकी हुँ र अब के गर्नुपर्छ ? यति भन्दाभन्दै पनि अर्को कुरा पनि महत्त्वपूर्ण छ । त्यो के भने म नेपाली हुँ । मेरो समाजले यस्ता कुरा पचाउँदैन । त्यही भएर मलाई अलिकति लाज र अप्ठयारो लागिरहेको छ । तर यो मेरो गल्तीका कारण बाहिर आएको होइन, अरू कसैले मलाई बदनाम गर्न बाहिर ल्याएका हुन् ।
तपाईंको विचारमा यस्ता क्लिप्स निस्कनु सामान्य हो ?
क्लिप्स बाहिर निस्कनु हुँदैनथ्यो, तर सेक्स सामान्य हो । संसारमा कसलाई थाहा छैन, श्रीमान्-श्रीमतीबीच, प्रेमी-प्रेमीकाबीच हुने सम्बन्ध कस्तो सम्बन्ध हो ? बरु त्यस्ता कुरालाई खोजी-खोजी बाहिर ल्याइदिनेहरू भने अपराधी हुन्, उनीहरूलाई कारबाही हुनुपर्छ ।
तपाईंले भिडियो क्लिप्सलाई सामान्य माने पनि इन्डस्ट्रीले यसलाई सहज रूपमा स्वीकार गरेको छैन, काम आउन बन्द भएको अवस्थामा के गर्नुहुन्छ ?
बन्द भएको छैन । अस्ति भर्खरै एउटा कार्यक्रममा जजका रूपमा आमन्त्रण गरिएको थियो । मैले आफैंले त्यसलाई अस्वीकार गरें । किनभने मैले जजको मर्यादा राख्नुपर्छ । यदि मेरो काम ठीक थियो भने सानो गल्तीलाई सबैले माफ गरिदिनुहुन्छ भन्ने लागेको छ । मलाई अहिले धेरै कलाकार, पत्रकार एवं शुभचिन्तकले हरेस नखान सुझाव दिइरहनुभएको छ । यति वर्ष कलाकारितामा बिताइसकेपछि म अरू क्षेत्रमा जान सक्दिनँ । यहाँ काम पाउँदिनँ भन्ने लागेको छैन ।
श्रीमानको सपोर्ट कस्तो होला ?
म शारीरिक रूपमा महिला भए पनि विचार लोग्नेमानिसको जस्तै छ । म पछि हट्ने, हार मान्ने युवती हुँदै होइन । म आफैं म केही हुँ भन्ने सावित गर्न चाहन्छु । यद्यपि श्रीमान्को माया चाहिन्छ ।
यो घटनापछि तपाईंको जीवनको लक्ष्य परिवर्तन भयो कि उस्तै छ ?
परिवर्तन भएको छ । मेरो भिडियो क्लिप्स बाहिर ल्याउने मानिस पत्ता लगाएरै छाड्छु । उनीहरूलाई सजाय दिनु मेरो एक मात्र उद्देश्य हो ।
निकट भविश्यमा तपाईंको कुन काम देख्न पाइन्छ ?
म इन्डियन आइडलमा भाग लिन मुम्बई जाँदैछु । म दार्जीलिङमा जन्मिएकी हुनाले मैले इन्डियन आइडलमा भाग लिने मौका पाउने भएकी हुँ । यसका लागि प्रशान्त तामाङसँग मिटिङ भैसकेको छ । १५ दिनपछि मुम्बईमा हुने अडिसनमा भाग लिन केही दिनभित्रै त्यता जान्छु ।
शुभचिन्तकहरूलाई तपाईंको सन्देश के छ ?
मलाई इन्डियन आइडलमा सबै नेपालीको साथ चाहिन्छ । म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु ।
3 प्रतिकृयाहरु:
आफ्नै इज्जत नहुने पूजा लामाले के का देशको इज्जत राख्नु? हुन त चर्चामा आउन यिनै पूजा लामा र डीजे शिशिरको नै होला त्यो भिड़ियो !! नत्र त्यो डिजे शिसिरले पनि यो संग किन बिबाह गर्थ्यो?? के गर्नु कालीको करामत यस्तै हो !!!
You are right Simrikji It really true what you said!!
Deshko ijjat rakhnu bhaneko khyalkhyalko kura haina ni puja lama ji!!!!!
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।