Thursday, November 12, 2009

नयाँ नेपाल,नयाँ संबिधान अनि नागरिक सर्वोच्चता र माओबादी आन्दोलन

अब कहिले सम्म यस्तो हुने ? के नयाँ नेपाल भनेको यहि हो ? नयाँ नेपालको संबिधान बन्द हड्ताल र आन्दोलनले मात्रै बन्छ कि केहि अरु काम पनि गर्नु पर्छ ? अनि नागरिक सर्वोच्चता स्थापित गर्न के माओवादीको सरकारले मात्रै सक्छ ? प्रश्नहरु आइनै रहन्छन र अनुत्तरीत नै रहन्छन किनकि मै खाँउ मै लाँउ सुखसयल वा मोज म गरूँ भन्ने बिचारधाराका कुर्सि र सत्ताको लागि मरिमेट्ने र जनतालाई आफु कुर्सिमा पुग्न प्रयोग गर्ने खेलौना सम्झने नेताहरु जो छन् नेपालमा |
दस बर्ष लामो गृह युद्दपस्चात सात दल र माओबादीबीच भएको शान्ति सम्झौता र समझदारी कायम भएको यहि मंसिरमा तिन बर्ष पुग्दै छ | तर देशमा शान्ति र नागरिक सर्वोच्चताको नाममा आन्दोलन चर्किएको छ | दलहरुको मुख्य कार्य संबिधान निर्माण सुरु भएको पनि छैन | जनताले केहि गर्ला भनेर जिताएको पार्टी नै प्रतिपक्ष्यमा बसेर आन्दोलनको बिगुल फुकिरहेको छ | हुन त पहिला देखि नै नेताहरुमा बाँदरिय(आफु पनि नगर्ने अरुले गर्न खोज्दा पनि खुट्टा तान्ने )प्रवृत्ति बिकाश भएकोले नै होला देशमा शान्ति कायम हुन नसकेको |
देशमा प्रजातन्त्र आयो जनताले क पायो महंगी आन्दोलनको सास्ती अनि बन्द हड्ताल र टायरको धुँवा अनि पुलिसको लाठि | अनि नेताले के पाए कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती | फेरी देशमा जनताको बलिदानले लोकतन्त्र आयो फेरी पनि जनताले क पायो त्यहि प्रजातन्त्रकालिन महंगी त्यहि प्रजातन्त्रकालिन आन्दोलनको सास्ती अनि त्यहि प्रजातन्त्रकालिन बन्द हड्ताल र टायरको धुँवा अनि पुलिसको लाठि | अनि नेताले के पाए फेरी पनि थप सुबिधा सहितको कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती | फेरी देशमा गणतन्त्र घोषणा भयो फेरी पनि जनतालाई हात लग्यो सुन्य | जनताको शान्ति र सुसासनको चाहना उही नेताहरुले आन्दोलन र नागरिक सर्वोच्चताको रेट लगाउनकै लागि र आफ्नो सत्ता जोगाउन आथवा आफु कुर्सीमै पुग्नाकै लागि मात्रै प्रयोग गरे | नयाँ नेपाल र नयाँ संविधानको नारा जनताको मुख थुन्न प्रयोग गरि नै रहे | तर न त नागरिक सर्वोच्चता स्थापित भयो न त नयाँ नेपाल र नयाँ संबिधान नै बन्यो | अहिलेको माओबादीको आन्दोलनमा आउनेहरुमध्ये ५०% लाई त सायद यो आन्दोलन के क लागि र किन गरिएको भन्ने पनि थाहा छैन होला |
आखिर नयाँ नेपाल,नयाँ संबिधानको नारा अनि नागरिक सर्वोच्चताको रट र माओबादी आन्दोलनको रहस्य के हो त फेरी पनि नेताको लागि कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती अनि जनताको लागि उही अर्को पार्टीको आन्दोलन अनि बन्द र हडतालको सास्ती | अब कहिले सम्म यस्तो हुने ? के नयाँ नेपाल भनेको यहि हो ? नयाँ नेपालको संबिधान बन्द हड्ताल र आन्दोलनले मात्रै बन्छ कि केहि अरु काम पनि गर्नु पर्छ ? अनि नागरिक सर्वोच्चता स्थापित गर्न के माओवादीको सरकारले मात्रै सक्छ ? प्रश्नहरु आइनै रहन्छन र अनुत्तरीत नै रहन्छन किनकि मै खाँउ मै लाँउ सुखसयल वा मोज म गरूँ भन्ने बिचारधाराका कुर्सि र सत्ताको लागि मरिमेट्ने र जनतालाई आफु कुर्सिमा पुग्न प्रयोग गर्ने खेलौना सम्झने नेताहरु जो छन् नेपालमा |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks