Sunday, November 15, 2009

धमाकेदार डिस्को र माओबादीको हात लग्यो शुन्य आन्दोलन

हुन त जो पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न आएका हुन् उनीहरुलाई माओबादीको आन्दोलनको उपलब्धिसंग के मतलब तर माओबादीको आन्दोलनबाट परिवर्तनको चाहना राख्नेहरु भने हिस्सै |
तर आन्दोलनको नाउँमा डिस्को डान्स गरेर आन्दोलन सफल हुदो रहेनछ क्यारे त्यै भएर त होला नि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य भएको|

देशमा अचम्म हुने क्रम जारी छ अस्तिसम्म भएको माओबादीको आन्दोलनमा डिस्को डान्स दह्रो जमेको थियो | सायद आज सम्ममा राजनीतिक वृत्तमा भएको चर्चा योग्य आन्दोलनको कार्य नै यहि होला | जे भए पनि माओबादीले यो पटक देखा थापा उर्फ रेखा थापादेखा थापा उर्फ रेखा थापाले प्रचण्ड सम्मलाई नचाउने कार्य कम्ता प्रसंशनीय थिएन | अब यसरि माओबादीको सिंहदरबार घेराउ (देखावटी रुपमा)सफल नै मान्नु पर्छ किनकि रेखा थापा र प्रचण्डको डिस्को हेर्न जनताको ओइरो लागे पनि वा त सित्तैमा नेपाल(काठमाडौँ) आउन पाउने भएर पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न जनता आन्दोलनमा आएका भए पनि आन्दोलनमा जनता आएकै हुन् र जनताको उपस्थिति बाक्लै रहेको पनि हो नै |

समग्रमा भन्नु पर्दा माओबादीको यसपालिको आन्दोलनमा न त तयार बल्यो न त गाडीको सिसा नै फुट्यो | भयो त केवल सिंहदरबार बन्द जनताको कामकाज ठप्प | तर त्यति गरे पनि सरकारले दमन गर्न आदेश दिएन र माओबादीले पनि आफ्नो उग्ररुप प्रदर्शन गरेन| किन यस्तो भयो त यसपाली ? कारण दुइवटा हुन सक्छन:-
कारण नम्बर १ :- माओबादी सहित सत्तारुढ दल जनतालाई भेडा(मुर्ख) बनाउन चाहन्छन र खोज्दैछन |
कारण नम्बर २:- दिल्लीको आदेश नै त्यस्तै थियो |
नत्र भने माओबादी कार्यकर्ता भन्दै बिद्यार्थी देखि कृषक र कलाकार आदि सबैलाई सिंहदरबार वरपर ल्याएर डिस्को डान्स गराउने र देखाउने जस्ता जात्रात्मक कार्य गर्दै सिंहदरबार घेराउ गरेर दालमोठ चिउरा खुवाउने अनि तिनै पार्टीका नेता चाही सरकारको प्रमुख प्रधानमन्त्रीसंग भेट गर्ने, भोज खाने अनि उनै प्रधानमन्त्रिको धन्यबाद थाप्न बालूवाटार पुग्ने यो के जात्रा हो ? तर जति जात्रा गरे पनि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य नै भएको छ | हुन त जो पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न आएका हुन् उनीहरुलाई माओबादीको आन्दोलनको उपलब्धिसंग के मतलब तर माओबादीको आन्दोलनबाट परिवर्तनको चाहना राख्नेहरु भने हिस्सै |
तर आन्दोलनको नाउँमा डिस्को डान्स गरेर आन्दोलन सफल हुदो रहेनछ क्यारे त्यै भएर त होला नि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य भएको| अन्त्यमा माओबादीलाइ एउटा सुझाब अब तेस्रो चरणको आन्दोलन गर्ने तिर भन्दा पनि सहमतिको विकल्प खोज्न थालौं किनभने अर्को आन्दोलन गरेर जनतालाई अझ दु:ख दिनुभन्दा यो चाही कार्य बुद्धिमानि होला कि जस्तो छ |
कि यो सरकार नढल्नुमा गिरिजा र मा.कु.ने बिरामी भए पनि नगल्ने र यो सरकार सकेसम्म नढल्ने खालको पर्यो जस्तो छ किनकि मा.कु.नेले फलामको कुर्सीलाई जमिनमा गाडेर स्थाई कुर्सि बनाए जस्तो छ |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks