Sunday, November 29, 2009

सरकार छोडौं नयाँ संबिधानतर्फ ध्यान दिऔं !

हैन हो अब कति सरकार बनाउने र गिराउने खेलमात्रै खेल्ने हो?? अब त जाग न हो नेताहरु हो नयाँ संबिधान बनाउन र देशमा दिगो शान्ति स्थापना गर्न |
प्रचण्ड सिंगापुरमा गएर गिरिजा प्रसाद कोइरालालाई भेटेर गोप्य बार्ता गरेर निकै खुशी मुद्रामा सरकार ढल्छ भन्दै हिंडेपछी एकपटक सबैमा डर, त्राश, अनि खुशी छाएको थियो | अझ केहि नेताहरु त सरकार ढल्ला भनेर सरकार टिकाउने उपाय खोज्न र सरकार टिकाउन दिलोज्यान दिएर लागेका थिए | हुन त नेताहरुको 'सरकार दोहोरि'(सरकार ढल्छ अनि सरकार ढल्दैन भन्ने भाषण) अझै पनि सकिएको छैन | प्रमुख प्रतिपक्षी दलका नेताहरु सरकार ढल्छ भनेर भाषण ठोक्छन अनि सत्तारुढ नेता(मन्त्रिहरु) सरकार ढल्दैन भन्दै भाषण ठोक्छन | हैन सरकार ढल्नु र नढल्नुसंग हामीलाई के मतलब | जुन सरकार आए पनि जनतालाई हात लाग्यो शुन्य हुने नै हो आखिर |

अब यस्तो चालले कसरि बन्छ नयाँ संबिधान | सत्तारुढ दलहरुलाई सत्ता(कुर्सि/पद ) जोगाउने चिन्ता अनि प्रतिपक्षी दललाई सरकार ढलाएर आफ्नो सरकार बनाउने चिन्ता | अब पर्यो फसाद कुर्सि/सत्ताको खेलले नेता तथा दलहरुमा फुट छ, तर नयाँ संबिधान बनाउन नेताहरु सबै एकजुट हुनुपर्छ |

बरु यो सरकार बिहिन देशमा देखावटी (माओबादीको भाषा सापट लिएर भन्नुपर्दा 'कठपुतली' ) सरकार पनि हटाएर सबै नेताहरु मिलेर नयाँ संबिधान बनाउन तिर लाग्ने हो कि | किनकि जनताले नेताहरुलाई अहिले कुर्सिको लागि लड्न नभएर नयाँ संबिधान बनाएर देशमा दिगो शान्ति स्थापना गर्नको लागि भोट दिएर पठाएको हो | त्यसैले हे नेताहरु हो जाग न हो अब त नयाँ संबिधान बनाउन नत्र धेरै ढिलो होला !!!

अब कति सरकार बनाउने र गिराउने खेलमात्रै खेल्ने हो?? अब त जाग न हो नेताहरु हो नयाँ संबिधान बनाउन र देशमा दिगो शान्ति स्थापना गर्न | नत्र धेरै ढिलो हुनेछ | अनि तिमि नेताहरुको विश्वास गर्ने पनि कोहि बाकी हुदैनन् | यदि समयमै नयाँ संबिधान बनेन भने जनताले तिमीहरुलाई फेरी भोट दिएर जिताउलान र ?? समयमै नयाँ संबिधान नबने जनतालाई के मुख देखाउछौ नेताहरु | त्यसैले पनि बेलैमा बुद्धि पुर्याएर अब सरकारलाई छोडेर नयाँ संबिधानतर्फ ध्यान दिने कि !!!

र अन्त्यमा
'सरकार दोहोरि' सरकार ढलाउने र बनाउने अनि जोगाउने खेलले नेपाल संबिधान बिनाको देश नबनोस | जसले जे गरे पनि कारबाही नहुने देशमा केहि नभए पनि बेलैमा(चांडै) संबिधान चाही बनोस |
जय राजनीतिक दल
जय नयाँ नेपाल

नागरिक र Repuplicaको पनि Online Epaper



कान्तिपुरबाट फुटेर नागरिक र Repuplicaको प्रकाशन सुरु गरेको Nepal Republic Media Pvt. Ltd.ले आजदेखि नागरिक तथा Republicaको online संस्करणमा epaperको सुरुवात गरेको छ | स्मरण र
होस कान्तिपुरको अनलाइन संस्करणमा कान्तिपुर र The Kathmandu postको epaper आएको धेरै समय बितिसकेको छ |
नागरिक र Repuplicaको Online Epaper यस्तो देखिन्छ :

Sunday, November 22, 2009

नेपालमा भन्दा दार्जिलिङ्ग पहाडमा नेपाली पोशाकको माया र इज्जत बढी

सञ्जीव चापागाई,७ झापा
छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न दार्जिलिङ्ग पहाडका अधिकाशं विद्यालयले विद्यार्थीहरुलाइ जातिय पोशाक दौरा सुरुवाल र चौबन्दी चोली अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छन्। छुट्टै राज्यको माग गर्दै दार्जिलिङ्गमा लामो समय देखि जारी आन्दोलन लाइ निर्णायक मोडमा पुर्याउन विद्यालयहरुले विद्यार्थीलाइ अनिवार्य रुपमा जातिय पोशाक लगाउन निर्देशन दिएका हुन्।
मिरिक कलेजका विद्यार्थीहरु लाइ भोली देखि दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी लगाउन निर्देशन दिइएको कलेजका यूनियन महासचिव मनोहर शर्माले जानकारी दिनुभयो। उहाँले निर्देशनको पालना नभए कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो। “जातिय पोशाक लगाउनु गर्वको विषय हो। महासचिव शर्माले भन्नुभयो “यसले हाम्रो स्वाभिमान र गरिमा फर्काउँछ।”
विद्यालयहरुले दौरा सुरुवाल, चौवन्दी चोली र ढाका साडी वाहेकका पहिरन लगाएर आए विद्यार्थीहरुलाइ विद्यालयमा प्रवेश नै नदिने चेतावनी दिएका छन्। जातिय पोशाक लाए नलगाएको वारे निगरानी गर्न गोर्खा जनमुक्ति मोर्चाका सेना अर्थात जि .एल.पि परीचालन गर्ने शर्माको भनाइ छ।
नेपालमा राष्ट्रिय पोशाक लगाउने चलनमा दिन प्रतिदिन ह्रास आइरहेका वेला गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खालेण्डको माग शसक्त पार्न थालेको यो अभियान निकै नै प्रभावकारी मानिएको छ। अहिले छुट्टै राज्यको माग गर्ने सबै गोर्खालीहरु दौरा सुरुवाल र चौबन्दी चोलीमा सजिने गरेका छन्।

Saturday, November 21, 2009

नेताहरुको बोलि र नेपालमा हिटलर, माओ, अब्राहमको समिश्रणको सिंहको आवस्यकता

त्यसैले पनि नेपालमा एउटा सिंह(जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचार भएको व्यक्ति)को खाँचो छ |

आन्दोलनमा रेखा थापासंग डिस्को डान्स गरेर देखा सर्वोच्चता स्थापित गर्ने नेताका रुपमा क.प्रचण्ड निकै चर्चामा आए | यद्यपी उनको डान्सिंग आन्दोलनको कति आलोचना भयो भने कतिले आन्दोलनको मर्म बुझेर/नबुझेर सहयोग गरे | जसबाट माओबादी आन्दोलन अझै अघि बढ्छ र संसद खुल्दैन अनि बजेट पास हुदैन भनेर सोच्नेहरुलाई छक्क पर्दै अन्तत: एनेकपा माओवादीले बजेट पारित गर्नका लागि तीन दिन सदन अवरुद्ध नगर्ने निर्णय गरेको छ। यद्यपी शनिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कमिटीको बैठकले अनिश्चितकालीन आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलन घोषणा गरे पनि बजेट पारित गर्न भने बाटो खोल्ने निर्णय गरेको हो।माओवादीले मंसिर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्ना र पुष ७ पछि अनिश्चितकालीन राजनीतिक आमहड्ताल गर्ने निर्णय गरेको छ।

स्मरण रहोस अस्तिमात्रै प्रचण्ड सिंगापुर पुगेर बिरामी गिरिजा बाबुलाई भेटेर आएपछि अब सहमति हुन्छ गिरिजा बाबु पनि परिवर्तन र सहमतिको पक्षमा नै देखिनु भएको छ भनेर खुसि हुदै पत्रकारहरुलाई भनेका थिए |
अत: माओबादीको यो दुइ होइन तिन जिब्रे बोलीबाट जनताले के निस्कर्ष निकाल्न सक्छन भने सय वटा मुसाहरुबाट शासित हुनु भन्दा एउटा सिंहबाट शासित हुनु राम्रो हुन्छ | त्यसैले यो देशमा एउटा यस्तो व्यक्तिको खाँचो छ जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचारको समिश्रण भएको होस् | यस्तो भएमा एकदिन अबस्य नेपालमा पनि बिकाश हुन्छ र बिदेशीप्रतिको नेपाली परनिर्भरता पनि हट्छ र नेपाल बन्द, चक्काजाम र हड्ताल पनि कम हुन्थ्यो कि | त्यसैले पनि नेपालमा एउटा सिंह(जसमा हिटलरको जस्तो शासन गर्ने शक्ति, माओको जस्तो जनप्रेमी सिद्दान्त,अब्राहम लिन्कनको जस्तो विचार भएको व्यक्ति)को खाँचो छ |

Thursday, November 19, 2009

सफल बिवाहित जीवनका लागि केहि सुत्रहरु

  • एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।
  • सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।
  • आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।
  • कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।
  • कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।
  • एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।
  • आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।
  • यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
  • कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।
  • एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।
  • एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।
  • समय समयमा घुम्ने गर्नुहोस ।
  • एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।
  • एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस।
Source:- Dainikee.Com

Wednesday, November 18, 2009

उर्जामन्त्रीज्यूको १२ घन्टे प्रतिबद्दता र लोडसेडिंगको समय

नेपाल बिद्युत प्राधिकरणले मंसिर ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ यद्यपि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ। उनले सरकारले लोडसेडिङलाई १० घन्टाभित्रै सिमित गर्ने तयारी भइरहेको बताउन पनि छोडेका छैनन्।


उर्जामन्त्री प्रकाशशरण महत जहाँ बोल्नु परे पनि लोडसेडिंगको समय हिउँदमा पनि १२ घन्टाभन्दा नाबदने भाषण गर्न छुटाउदैनन तर उनकै मातहतको नेपाल बिद्युत प्राधिकरणले भने ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ तर अझै पनि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ | भाषण नै गरेर मात्र देशको बिकाश हुने र जनताको जीवनस्तर माथि उठ्ने हो भने नेपालको जनताको जीवनस्तर धेरै नै माथि हुन्थ्यो अनि नेपाल अमेरिका र यूरोपियन देशहरुभन्दा कहाँ कम हुन्थ्यो र | तर भाषणले मात्रै देश बन्दैन भन्ने कुरा सबैले नेता तथा सांसद अनि मन्त्रीहरुले बुझ्नु जरुरि छ |

नेपाल बिद्युत प्राधिकरणले मंसिर ३ गते देखि लागु हुने गरि लोडसेडिंगको समय थप गरेर साताको १२ घण्टाबाट साताको १६ घण्टा पुर्याएको छ यद्यपि उर्जामन्त्री प्रकाशशरण महतज्यूको यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने प्रतिबद्दता भने यथावत छ। उनले सरकारले लोडसेडिङलाई १० घन्टाभित्रै सिमित गर्ने तयारी भइरहेको बताउन पनि छोडेका छैनन्। अब भाषण कम र काम बढी गर्ने प्रबृत्ति तर्फ लाग्ने हो कि कामरेढ़ !! अनि मात्रै देश बन्ला नत्र त उही हो कामरेढ़ !!

Tuesday, November 17, 2009

अब नेता तथा मन्त्रिहरुलाई भाषण गर्न पनि सिकाउने हो कि?

मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउने हो कि नत्र फेरी अरु कति मन्त्रीहरु यस्तै हंसिमजकका पत्र हुने हुन् सायद औंलामा गन्न नसकिएला किनकि ६०१ सभासद जो छन देशमा त्येसैले देशको इज्जत(नेताको भन्न त नेपालका कुनै पनि नेताको इज्जत छैन किनकि यिनीहरुले आफ्नो इज्जत भारतलाई बेचेर खाइसके ) बचाउन भने पनि हरेक मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउनै पर्छ |


नेपालमा शिक्षाको अवस्था त पहिले देखि नै केहि कमजोर छ भन्ने धेरैलाइ(नेपाली शिक्षाविद तथा नेपालका मित्ररास्ट्रहरु)लाई लागेको थियो तर अब आएर भने यो कुरालाई प्रमाणित गरिदीइन् कृषि राज्यमन्त्री करिमा बेगमले | हजुर कुनै तयारी र परामर्श बिना नै कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएर सो कुरालाई प्रमाणित गरेकी हुन् | हुन त उनि जो मन्त्रि थिइन् त्यसैले उनले कुनै पनि कर्मचारीसंग परामर्श लिनु कुनै जरुरि देखिनन् होला र त कुनै परामर्श बिना नै उनले तराईमा समेत कफी खेति गर्न निर्देशन दिइन् होला नि | भर्खरै मात्र पनि CDO सा'बलाई झाप्पड हानेर बिबादमा परेकी राज्यमन्त्रिज्युले अलिकति मात्रै पनि परामर्श लिएर भाषण गरेकी भए पनि कमसेकम मन्त्रिमण्डलको इज्जत बढ्थ्यो कि ?

त अन्तमा मन्त्रिमण्डललाई एउटा सुझाब मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउने हो कि नत्र फेरी अरु कति मन्त्रीहरु यस्तै हंसिमजकका पत्र हुने हुन् सायद औंलामा गन्न नसकिएला किनकि ६०१ सभासद जो छन देशमा त्येसैले देशको इज्जत(नेताको भन्न त नेपालका कुनै पनि नेताको इज्जत छैन किनकि यिनीहरुले आफ्नो इज्जत भारतलाई बेचेर खाइसके ) बचाउन भने पनि हरेक मन्त्रीलाई सम्बन्धित मन्त्रालयको तर्फबाट भाषण गर्दा आवश्यक पर्ने भाषण गर्न पनि सिकाउनै पर्छ |

Monday, November 16, 2009

म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु । -- पूजा लामा

म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु । -- पूजा लामा

अश्विनी कोइराला
१० वर्षअघि द र्‍याम्पमार्फत मोडलिङमा उदाएकी पूजा लामाको करियर सन् १९९९ मा सुपर मोडलको उपाधिपछि चम्कियो। करिब २ सय र्‍याम्पमा मोडलिङ गरेकी पूजा पापी, चक्रव्यूह, सलामजस्ता चलचित्रकी नायिका पनि हुन्। यद्यपि उनी आफूलाई गायिकाका रूपमा चिनाउन चाहन्छिन्। दुई दर्जन जति गीत गाइसकेकी पूजाको म्युजिक नेपालबाट निस्किएको एल्बमले राम्रो व्यापार गरेको थियो। दोस्रो एल्बम निकाल्ने अन्तिम तयारी गरिरहँदा उनको विवादास्पद भिडियो क्लिप्स सार्वजनिक भयो। त्यसलगत्तै डिजे शिशिरसँग विवाह गरेकी पूजा आफ्ना सबै काम केही समयका लागि थन्क्याएर नयाँ घरमा रमाइरहेकी छिन्। प्रस्तुत छ नगरिक न्युजका अश्विनी कोइरालाले उनीसंग गरेको कुराकानी :-

विवाह गर्नुभयो, नयाँ दुलहीका रूपमा कस्तो महसुस गरिरहनुभएको छ ?

शिशिरको मम्मी निकै मायालु, सहयोगी एवं मेरो भावना बुझ्ने हुनुहुन्छ । दाइ र बैनीले मलाई नयाँ सदस्यका रूपमा स्वीकार गर्नुभएको छ । शिशिरले सार्‍है माया गर्छ । मैले घरमा भित्रिएपछि अप्ठयारो महसुस गर्नुपरेको छैन । यद्यपि म आफैं भने भित्रभित्रै लज्जा महसुस गर्छु । आखिर जतिसुकै आधुनिक भए पनि म नेपाली हुँ । सहज हुने प्रयासमा छु ।

पहिलो पटक डिजे शिशिरलाई कहिले भेट्नुभयो ?

शिशिर राम्रो संगीतकार रहेछ । उसले 'रेलिमाई रेलिमाई...' गीत मलाई गाउन दिने योजना बनाएर खोजेछ । यो एक वर्षअघिको कुरा हो । गीतका लागि ऊ मलाई लिन मेरै घर आयो । त्यसयता हाम्रो निरन्तर भेटघाट भैरहेको थियो ।

प्रेम नि ?

सायद त्यही बेलादेखि हुनुपर्छ । ऊ जस्तो कुल, हेन्डसम र प्रतिभाशाली व्यक्ति देखेर मेरो मन पग्लिएको थियो । उसले मलाई त्यसैबेला आफ्नो घर लिएर आयो अनि आमा, बैनी र परिवारका सदस्यहरूसँग भेट गरायो । उसको यो कुराले मलाई छोयो । माया खोजेर भौंतारिहेकी केटीको भावना बुझेको देख्ो पछि म कतिखेर उसको प्रेममा परे, थाहै भएन ।

विवाह गर्ने योजना बनाउनुभएको थियो ?

पछिल्ला दिनमा हामी दुई-तीन वर्षपछि विवाह गर्ने योजना बुन्दै थियौं । हाम्रो उद्देश्य दुवैको करियरले एउटा उचाइ लियोस्, त्यसपछि सेटल हुनुपर्छ भन्ने थियो, तर बीचमै दुर्घटना भयो । आखिर पछि पनि विवाह गर्नु नै छ भने किन बजारमा आफ्ना कुरा फैलाइरहनु भनेर विवाह गरियो ।

मानिसहरू यो विवाह एक वर्ष पनि टिक्दैन भन्छन् नि ?

मेरो जीवनको भविष्यवाणी गरी हिंड्नेहरूलाई धन्यवाद, तर शिशिरप्रति म पूर्ण बफादार छु, शिशिर पनि मप्रति बफादार देखिन्छ । उसले मलाई सार्‍है माया गर्छ । म अहिले जुन मानसिक दशामा छु, यस्तो बेलामा शिशिरले मलाई एकछिन पनि छोडेको छैन । उसले मलाई हौसला दिइरहन्छ । यो देख्दा हाम्रो वैवाहिक जीवन लामो समय जान्छ भन्ने लाग्छ । यद्यपि जीवनमा आफूले सोचेजस्तो सबै कुरा नहुँदो रहेछ ।

तपाईं सिनियर कलाकार, भर्खरै करियर बनाइरहेको युवकसँग प्रेम बस्नुको कारण के होला ?

उसको सिन्सियरिटी । ऊ कति गम्भीर छ भने जब भिडियो क्लिप्स बाहिर आएको हल्ला चल्यो, त्यसैबेला उसले भन्यो, 'पूजा डन्टवरी, यदि त्यो क्लिप्समा म छैन भने पनि म तिमीसँगै विवाह गर्छु ।' अनी तुरुन्तै विवाह पनि भयो । इन्डस्ट्रीमा मुखले आई लभ यु भन्दै चेपारो घस्नेहरू धेरै हुन्छन्, तर साँचो माया गर्नेहरू भेटिँदैनन् । ऊ स्वाथ्र्ाी भएको भए, क्लिप्सको हल्ला चल्नेबित्तिकै मुन्टो बङ्ग्याउन सक्थ्यो । उसले डटेर सामना गर्‍यो । यही हो प्रेम भनेको । प्रेमले सिनियर-जुनियर हेर्दैन ।

यद्यपि उमेरका दृष्टिले उ मभन्दा एक वर्ष जेठो हो ।

भिडियो क्लिप्स सार्वजनिक हुनुअघि र पछि तपाईंको कुरा गर्ने शैलीमा खासै परिवर्तन देखिएन, किन होला ?
सेक्स जीवनको अपरिहार्य आवश्यकता हो । मैले आफ्नो व्यायप|mेन्डसँग सम्बन्ध राखेकी हुँ, उसैसँग विवाह गर्ने योजना थियो । प्रेममा यस्ता सम्बन्ध अहिलेको युगमा सामान्य हुन् । मैले कुनै गल्ती गरेको छैन । त्यसैले पहाडै खस्यो, जीवन बरबाद भयो भनेर कुनामा पस्ने वा आत्महत्या गर्ने खालकी युवती म होइन । कतिपय पत्रिकाले मलाई आत्महत्या नै गरोस् भन्ने अभिप्राय राखेरै लेखे, तर मलाई राम्रोसँग थाहा थियो, मैले के गरेकी हुँ र अब के गर्नुपर्छ ? यति भन्दाभन्दै पनि अर्को कुरा पनि महत्त्वपूर्ण छ । त्यो के भने म नेपाली हुँ । मेरो समाजले यस्ता कुरा पचाउँदैन । त्यही भएर मलाई अलिकति लाज र अप्ठयारो लागिरहेको छ । तर यो मेरो गल्तीका कारण बाहिर आएको होइन, अरू कसैले मलाई बदनाम गर्न बाहिर ल्याएका हुन् ।

तपाईंको विचारमा यस्ता क्लिप्स निस्कनु सामान्य हो ?

क्लिप्स बाहिर निस्कनु हुँदैनथ्यो, तर सेक्स सामान्य हो । संसारमा कसलाई थाहा छैन, श्रीमान्-श्रीमतीबीच, प्रेमी-प्रेमीकाबीच हुने सम्बन्ध कस्तो सम्बन्ध हो ? बरु त्यस्ता कुरालाई खोजी-खोजी बाहिर ल्याइदिनेहरू भने अपराधी हुन्, उनीहरूलाई कारबाही हुनुपर्छ ।

तपाईंले भिडियो क्लिप्सलाई सामान्य माने पनि इन्डस्ट्रीले यसलाई सहज रूपमा स्वीकार गरेको छैन, काम आउन बन्द भएको अवस्थामा के गर्नुहुन्छ ?

बन्द भएको छैन । अस्ति भर्खरै एउटा कार्यक्रममा जजका रूपमा आमन्त्रण गरिएको थियो । मैले आफैंले त्यसलाई अस्वीकार गरें । किनभने मैले जजको मर्यादा राख्नुपर्छ । यदि मेरो काम ठीक थियो भने सानो गल्तीलाई सबैले माफ गरिदिनुहुन्छ भन्ने लागेको छ । मलाई अहिले धेरै कलाकार, पत्रकार एवं शुभचिन्तकले हरेस नखान सुझाव दिइरहनुभएको छ । यति वर्ष कलाकारितामा बिताइसकेपछि म अरू क्षेत्रमा जान सक्दिनँ । यहाँ काम पाउँदिनँ भन्ने लागेको छैन ।

श्रीमानको सपोर्ट कस्तो होला ?

म शारीरिक रूपमा महिला भए पनि विचार लोग्नेमानिसको जस्तै छ । म पछि हट्ने, हार मान्ने युवती हुँदै होइन । म आफैं म केही हुँ भन्ने सावित गर्न चाहन्छु । यद्यपि श्रीमान्को माया चाहिन्छ ।

यो घटनापछि तपाईंको जीवनको लक्ष्य परिवर्तन भयो कि उस्तै छ ?

परिवर्तन भएको छ । मेरो भिडियो क्लिप्स बाहिर ल्याउने मानिस पत्ता लगाएरै छाड्छु । उनीहरूलाई सजाय दिनु मेरो एक मात्र उद्देश्य हो ।

निकट भविश्यमा तपाईंको कुन काम देख्न पाइन्छ ?

म इन्डियन आइडलमा भाग लिन मुम्बई जाँदैछु । म दार्जीलिङमा जन्मिएकी हुनाले मैले इन्डियन आइडलमा भाग लिने मौका पाउने भएकी हुँ । यसका लागि प्रशान्त तामाङसँग मिटिङ भैसकेको छ । १५ दिनपछि मुम्बईमा हुने अडिसनमा भाग लिन केही दिनभित्रै त्यता जान्छु ।

शुभचिन्तकहरूलाई तपाईंको सन्देश के छ ?

मलाई इन्डियन आइडलमा सबै नेपालीको साथ चाहिन्छ । म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु ।

Sunday, November 15, 2009

धमाकेदार डिस्को र माओबादीको हात लग्यो शुन्य आन्दोलन

हुन त जो पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न आएका हुन् उनीहरुलाई माओबादीको आन्दोलनको उपलब्धिसंग के मतलब तर माओबादीको आन्दोलनबाट परिवर्तनको चाहना राख्नेहरु भने हिस्सै |
तर आन्दोलनको नाउँमा डिस्को डान्स गरेर आन्दोलन सफल हुदो रहेनछ क्यारे त्यै भएर त होला नि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य भएको|

देशमा अचम्म हुने क्रम जारी छ अस्तिसम्म भएको माओबादीको आन्दोलनमा डिस्को डान्स दह्रो जमेको थियो | सायद आज सम्ममा राजनीतिक वृत्तमा भएको चर्चा योग्य आन्दोलनको कार्य नै यहि होला | जे भए पनि माओबादीले यो पटक देखा थापा उर्फ रेखा थापादेखा थापा उर्फ रेखा थापाले प्रचण्ड सम्मलाई नचाउने कार्य कम्ता प्रसंशनीय थिएन | अब यसरि माओबादीको सिंहदरबार घेराउ (देखावटी रुपमा)सफल नै मान्नु पर्छ किनकि रेखा थापा र प्रचण्डको डिस्को हेर्न जनताको ओइरो लागे पनि वा त सित्तैमा नेपाल(काठमाडौँ) आउन पाउने भएर पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न जनता आन्दोलनमा आएका भए पनि आन्दोलनमा जनता आएकै हुन् र जनताको उपस्थिति बाक्लै रहेको पनि हो नै |

समग्रमा भन्नु पर्दा माओबादीको यसपालिको आन्दोलनमा न त तयार बल्यो न त गाडीको सिसा नै फुट्यो | भयो त केवल सिंहदरबार बन्द जनताको कामकाज ठप्प | तर त्यति गरे पनि सरकारले दमन गर्न आदेश दिएन र माओबादीले पनि आफ्नो उग्ररुप प्रदर्शन गरेन| किन यस्तो भयो त यसपाली ? कारण दुइवटा हुन सक्छन:-
कारण नम्बर १ :- माओबादी सहित सत्तारुढ दल जनतालाई भेडा(मुर्ख) बनाउन चाहन्छन र खोज्दैछन |
कारण नम्बर २:- दिल्लीको आदेश नै त्यस्तै थियो |
नत्र भने माओबादी कार्यकर्ता भन्दै बिद्यार्थी देखि कृषक र कलाकार आदि सबैलाई सिंहदरबार वरपर ल्याएर डिस्को डान्स गराउने र देखाउने जस्ता जात्रात्मक कार्य गर्दै सिंहदरबार घेराउ गरेर दालमोठ चिउरा खुवाउने अनि तिनै पार्टीका नेता चाही सरकारको प्रमुख प्रधानमन्त्रीसंग भेट गर्ने, भोज खाने अनि उनै प्रधानमन्त्रिको धन्यबाद थाप्न बालूवाटार पुग्ने यो के जात्रा हो ? तर जति जात्रा गरे पनि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य नै भएको छ | हुन त जो पशुपतिको जात्रा सिद्राको ब्यापार गर्न आएका हुन् उनीहरुलाई माओबादीको आन्दोलनको उपलब्धिसंग के मतलब तर माओबादीको आन्दोलनबाट परिवर्तनको चाहना राख्नेहरु भने हिस्सै |
तर आन्दोलनको नाउँमा डिस्को डान्स गरेर आन्दोलन सफल हुदो रहेनछ क्यारे त्यै भएर त होला नि माओबादीको आन्दोलनको उपलब्धि हातमा लग्यो शुन्य भएको| अन्त्यमा माओबादीलाइ एउटा सुझाब अब तेस्रो चरणको आन्दोलन गर्ने तिर भन्दा पनि सहमतिको विकल्प खोज्न थालौं किनभने अर्को आन्दोलन गरेर जनतालाई अझ दु:ख दिनुभन्दा यो चाही कार्य बुद्धिमानि होला कि जस्तो छ |
कि यो सरकार नढल्नुमा गिरिजा र मा.कु.ने बिरामी भए पनि नगल्ने र यो सरकार सकेसम्म नढल्ने खालको पर्यो जस्तो छ किनकि मा.कु.नेले फलामको कुर्सीलाई जमिनमा गाडेर स्थाई कुर्सि बनाए जस्तो छ |

Saturday, November 14, 2009

HSEBको कक्षा ११ को परिक्षाफल प्रकाशित (Result of HSEB Class 11 is Published)

उच्च माध्यमिक शिक्षा परिसद नेपालले बर्ष २०६६ मा लिएको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ |
उक्त परीक्षाफल निम्न website बाट हेर्न सकिन्छ |

Nepal Telicom(NTC)
Educationsansar.com

Thursday, November 12, 2009

नयाँ नेपाल,नयाँ संबिधान अनि नागरिक सर्वोच्चता र माओबादी आन्दोलन

अब कहिले सम्म यस्तो हुने ? के नयाँ नेपाल भनेको यहि हो ? नयाँ नेपालको संबिधान बन्द हड्ताल र आन्दोलनले मात्रै बन्छ कि केहि अरु काम पनि गर्नु पर्छ ? अनि नागरिक सर्वोच्चता स्थापित गर्न के माओवादीको सरकारले मात्रै सक्छ ? प्रश्नहरु आइनै रहन्छन र अनुत्तरीत नै रहन्छन किनकि मै खाँउ मै लाँउ सुखसयल वा मोज म गरूँ भन्ने बिचारधाराका कुर्सि र सत्ताको लागि मरिमेट्ने र जनतालाई आफु कुर्सिमा पुग्न प्रयोग गर्ने खेलौना सम्झने नेताहरु जो छन् नेपालमा |
दस बर्ष लामो गृह युद्दपस्चात सात दल र माओबादीबीच भएको शान्ति सम्झौता र समझदारी कायम भएको यहि मंसिरमा तिन बर्ष पुग्दै छ | तर देशमा शान्ति र नागरिक सर्वोच्चताको नाममा आन्दोलन चर्किएको छ | दलहरुको मुख्य कार्य संबिधान निर्माण सुरु भएको पनि छैन | जनताले केहि गर्ला भनेर जिताएको पार्टी नै प्रतिपक्ष्यमा बसेर आन्दोलनको बिगुल फुकिरहेको छ | हुन त पहिला देखि नै नेताहरुमा बाँदरिय(आफु पनि नगर्ने अरुले गर्न खोज्दा पनि खुट्टा तान्ने )प्रवृत्ति बिकाश भएकोले नै होला देशमा शान्ति कायम हुन नसकेको |
देशमा प्रजातन्त्र आयो जनताले क पायो महंगी आन्दोलनको सास्ती अनि बन्द हड्ताल र टायरको धुँवा अनि पुलिसको लाठि | अनि नेताले के पाए कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती | फेरी देशमा जनताको बलिदानले लोकतन्त्र आयो फेरी पनि जनताले क पायो त्यहि प्रजातन्त्रकालिन महंगी त्यहि प्रजातन्त्रकालिन आन्दोलनको सास्ती अनि त्यहि प्रजातन्त्रकालिन बन्द हड्ताल र टायरको धुँवा अनि पुलिसको लाठि | अनि नेताले के पाए फेरी पनि थप सुबिधा सहितको कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती | फेरी देशमा गणतन्त्र घोषणा भयो फेरी पनि जनतालाई हात लग्यो सुन्य | जनताको शान्ति र सुसासनको चाहना उही नेताहरुले आन्दोलन र नागरिक सर्वोच्चताको रेट लगाउनकै लागि र आफ्नो सत्ता जोगाउन आथवा आफु कुर्सीमै पुग्नाकै लागि मात्रै प्रयोग गरे | नयाँ नेपाल र नयाँ संविधानको नारा जनताको मुख थुन्न प्रयोग गरि नै रहे | तर न त नागरिक सर्वोच्चता स्थापित भयो न त नयाँ नेपाल र नयाँ संबिधान नै बन्यो | अहिलेको माओबादीको आन्दोलनमा आउनेहरुमध्ये ५०% लाई त सायद यो आन्दोलन के क लागि र किन गरिएको भन्ने पनि थाहा छैन होला |
आखिर नयाँ नेपाल,नयाँ संबिधानको नारा अनि नागरिक सर्वोच्चताको रट र माओबादी आन्दोलनको रहस्य के हो त फेरी पनि नेताको लागि कुर्सि, सत्ता, पजेरो, पैसा, अनि मोजमस्ती अनि जनताको लागि उही अर्को पार्टीको आन्दोलन अनि बन्द र हडतालको सास्ती | अब कहिले सम्म यस्तो हुने ? के नयाँ नेपाल भनेको यहि हो ? नयाँ नेपालको संबिधान बन्द हड्ताल र आन्दोलनले मात्रै बन्छ कि केहि अरु काम पनि गर्नु पर्छ ? अनि नागरिक सर्वोच्चता स्थापित गर्न के माओवादीको सरकारले मात्रै सक्छ ? प्रश्नहरु आइनै रहन्छन र अनुत्तरीत नै रहन्छन किनकि मै खाँउ मै लाँउ सुखसयल वा मोज म गरूँ भन्ने बिचारधाराका कुर्सि र सत्ताको लागि मरिमेट्ने र जनतालाई आफु कुर्सिमा पुग्न प्रयोग गर्ने खेलौना सम्झने नेताहरु जो छन् नेपालमा |

दुई बन्दुक र दुई सेना घातक : कमल थापा

गणतन्त्रको विचारले पनि देश टुक्रन्छ
चाँदनी हमाल, कात्तिक २६- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले दुई बन्दुक र दुई सेना शान्ति प्रक्रियाका लागि सबैभन्दा घातक भएको बताएका छन्। उनले यी दुई तत्त्व कायम रहेसम्म मुलुकमा दिगो शान्ति छाउन नसक्ने दाबी पनि गरे।
राप्रपा नेपाल चितवनद्वारा बिहीबार चितवनको भरतपुरमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले गणतन्त्र र राजतन्त्र देशमा अहिले पनि दुई विचारको बाहुल्यता रहेको बताए । प्रचण्ड भनेको गणतन्त्र हुन् र कमल थापा भनेको संवैधानिक राजतन्त्र हुन, उनले अगाडि भने- गणतन्त्र ल्याउने त कुरै नगरौ, त्यसको विचारले पनि देश टुक्रिन्छ।

उनले अहिलेको सरकारले नयाँ नेपाल निर्माणमा कुनै लछारपाटो नलगाउने बताए। दिनानुदिन देशको अवस्था नाजुक भैरहेको बताउँदै उनले यो सरकार पनि विगतको भन्दा फरक नहुने ठोकुवा गरे।

माओवादी सरकारले केही गर्छ कि भन्ने जनताको आशा नौ महिने कार्यकालले देखाइसकेको भन्दै उनले अबको सरकार पनि पुरानै अनुहार भएकाले जनताको आशा मरिसकेको बताए। जनताको भावनाअनुसारको काम नगरेर तीन ठूला दल पार्टी स्वार्थमा लागेको बताउँदै उनले दलहरुले सरकार र आन्दोलनलाई नै महत्व दिएकाले हरेक नेपाली स्वतन्त्र रहन्छ भन्नेमा शङ्का रहेको उल्लेख गरे।

अहिलेको आवश्यकता सरकार बनाउने वा गिराउनेभन्दा जनताको नयाँ संविधान कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा राष्ट्रलाई युद्धको भुमरीमा दलहरुले आफैं फसाउँदै लगेको थापाको भनाई थियो। संविधान निर्माण भाँड्ने काम कङ्ग्रेस र एमालले नै गरिरहेको आरोप लगाउँदै उनले दलहरुले लोकतान्त्रिक पद्धति बिर्संदै गएको बताए।

जनताको चाहनाअनुसार देशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको उनको धारणा थियो। शान्ति प्रक्रियाले पनि अहिले अर्कै मोड लिएको उल्लेख गर्दै उनले समयमै दलका नेता सजग नभए नेपालको अस्तित्व खतरातर्फ उन्मुख हुने औल्याए|

Tuesday, November 10, 2009

उडाइरहेछन् समय सभासद सुरा, सुन्दरी र चूरोटको खिल्लीमा!!! धारा-उपधाराको चिन्ता छैन संविधान बनिरहेकै छ नि दिल्लीमा!!!

दिल्ली किन जानु भएको भन्ने प्रश्न गर्दा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले यसो भनेछन्

‘इस्लाम धर्मका लागि मक्का-मदिना भनेजस्तै नेपाली राजनीतिको लागि दिल्ली त्यही हो, त्यहाँ नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुँदैन।’

सबै नेता तथा प्रधानमन्त्री दिल्ली जान किन मरिहत्ते गर्छन भनेको त प्रचण्डले भनेको जस्तो बिदेशी प्रभु मात्रै होइन प्रभु (पालक/पोषक ) नै भारतमा रहेछन | तै भएर पो रहेछ त संबिधान बनाउने भन्दा भारत जाने र उताकै प्रभुलाई खुसि पारेर प्रधानमन्त्री बन्ने धुनमा सबै लागेका अनि झलनाथको पनि उही पारा प्रभुलाइ खुसि पार्न भ्रमण पनि लम्ब्याएर प्रभुलाई दर्शन गरि भेटी चढाउन बसेका होलान | अनि नेपाली कांग्रेस सभासद कृष्णप्रसाद यादव त्यसै बेस्यालय गएका रहेछन भनेको त कहाँ हुनु भारतमा नया नेपाल र नया नेपालको संबिधान बन्दै रहेछ र काम नपाएर पो रहेछ त माननियज्यु सुरा, सुन्दरको मोहजालमा पर्न जानुभएको रहेछ त |

Monday, November 9, 2009

गढीमाईको मेलामा दिइने बलि, सुरक्षाव्यवस्था र राम बहादुर बम्जन

के साच्चै रोकिएला त गढीमाईको बलि ? वा त रामबहादुर बम्जनले साच्चै प्रलय गर्लान त ? हजुर यहि प्रश्न अझै पनि अनुत्तरित छ | यसको उत्तरको लागि हामीले पनि कुर्नै पर्ने हुन्छ मेलाको अन्त्य | कामना गरौ कि देशमा कुनै खालको नराम्रो प्रलय नहोस, बलि पनि रोकियोस र धार्मिक आस्था पनि कायम रहोस | तर,सम्भव छ र ?

मंसिर महिना जति जति नाजिकीइरहेको छ त्यति नै बाराको गढीमाई मन्दिर चर्चामा आइरहेको छ | प्रसङ्ग बाराको गढीमाई मन्दिरमा लाग्ने मेलामा दिइने बलिको | हुन त परम्परादेखि चल्दै आएको हो, गढीमाईमा बलि दिने प्रथा तर अहिले आएर केहि समयअगाडी लिटिल बुद्ध को नामबाट प्रख्याति पाएका रामबहादुर बम्जनले असोजको मध्यतिर गढीमाई मन्दीरमा निर्दोश पशुको ज्यान नलिन आग्रह गर्दै पशु बलिको साटो फलफुहरु चढाउन आग्रह गर्दै यदी जर्वजस्ती गरेमा आफुले प्रलय गराउने चेतावनी दिएपछि गढीमाईको मन्दिर र यहाँ दिइने बलि अनि राम बहादुर बम्जनको बारेमा चर्चा परिचर्चा सुरु भएको हो ।


गढीमाइको मेलामा घटना सक्ने घटनालाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि मेलाका लागि सम्पूर्ण सुरक्षाव्यवस्था मिलाएको छ | गृहमन्त्री भीम रावलले बाराको गढीमाई मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण सुरक्षाव्यवस्था मिलाइएको जानकारी गराउनुभएको छ। व्यवस्थापिका संसद् विकास समितिमा आइतबार बोल्दै मन्त्री रावलले मेलामा १ हजार १ सय ५० प्रहरी खटाइने जानकारी दिनुभयो। नेपाल र भारतका ३० लाखभन्दा बढी भक्तालुजनको सहभागिता रहने गढीमाई मेला मंसिर ४ गतेबाट शुरू हुन्छ भने मेलामा ९ गतेबाट बलि चढाउने गरिन्छ | अब यो परम्परादेखि चल्दै आएको बलि दिने कार्यलाइ यदी बम्जन र उनका अनुयायीहरुले जर्वजस्ती रोक्न खोजेमा धार्मिक भिडन्त हुने सम्भावना त हुन्छ नै । त्यसको विपक्षमा बलीका पक्षधरहरु उत्रिनेछन नै ।

त्यही कारण अहिले शुरक्षा निकायहरु कसरी र्दुघटना हुनवाट रोक्ने भन्नेमा केन्द्रित भएका छन । हाम्रोकामना बली पनि रोकियोस र धार्मिक आस्था पनि कायम रहोस । के साच्चै रोकिएला त गढीमाईको बलि ? वा त रामबहादुर बम्जनले साच्चै प्रलय गर्लान त ? हजुर यहि प्रश्न अझै पनि अनुत्तरित छ | यसको उत्तरको लागि हामीले पनि कुर्नै पर्ने हुन्छ मेलाको अन्त्य | कामना गरौ कि देशमा कुनै खालको नराम्रो प्रलय नहोस, बलि पनि रोकियोस
र धार्मिक आस्था पनि कायम रहोस | तर,सम्भव छ र ?

Sunday, November 8, 2009

पछाडी हट्यो माओबादी

सडक र सदनमा आन्दोलन गरेर बजेट पास गर्न पनि सदन खोल्न नदिइरहेको एकीकृत माओवादीले बजेट पास गर्न कै लागि भए पनि सदन खोल्ने संकेत दिएको छ। नागरिकन्युजका अनुसार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज वीरगञ्जमा सञ्चारकर्मीहरुसित कुरा गर्दै भने, बजेट पास नभएर मुलुकमा समस्या परेको कुरा महसूस गरेका छौँ। हामी छिट्टै सदन सुचारु गराएर बजेट पास गराउन दिने पक्षमा छौँ'।"साथै उनले थपे - ' हाम्रो यो सदासयतालाई सरकारले कमजोरी नठानोस्।' दाहालले राजधानी जाने बित्तिकै दलहरुसँग यिनै वषयमा गम्भीर भएर छलफलमा जुट्ने जनाए।


यसरि माओबादीले एककदम पछाडी हट्दै बजेट पास गर्न सदन खोल्न दिने संकेत दिनुले माओबादीहरु पनि अहिलेको आन्दोलनको राजनीतिलाई छोडेर सहमतिको राजनीतिमा आउन खोजेको संकेत पनि दिन्छ | आब माओबादीले बुझिसकेको हुनुपर्छ कि जनता आन्दोलनले खुसि हुदैनन र आन्दोलनले देशको बिकाश पनि हुदैन | तर जे भए पनि बजेटकै कारणले मुलुक संकटमा पर्न लागेको आवस्थामा सदन बाट बजेट पास गर्न दिनु राम्रै हो |

Saturday, November 7, 2009

नेपाली ट्राफिकको मगन्ते अवस्था

केदार ओझा/कान्तिपुर

सडकमा ट्राफिकहरू लाइसेन्स, ब्लुबुक, इजाजतपत्र लगायत कागजात मागिरहेका भेटिन्छन् । सडकमा माग्ने ट्राफिकहरूको कार्यालय सञ्चालन र सेवा सुविधा पनि मागेरै चलेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता यही हो ।

ट्राफिकको मुख्य कन्ट्रोलकक्ष र डीएसपीहरू बस्ने स्थान यातायात व्यवसायीले बनाइदिएका हुन् । ट्राफिकसँग सीधा सम्पर्क गर्ने १०३ नम्बर टेलिकमले दिएको हो । विश्रामकक्ष क्यासट्रोलले बनाएको हो भने छलफलगृह टोयटाले । क्यानटिन कोकाकोलाले बनाइदियो भने ४३२१ एसएमएस सेवा फोकस वानले चलाइदिएको छ ।

प्रदूषण जाँच गर्ने मेसिन यातायात व्यवस्था विभागले दिएको हो भने एम्बुलेन्स, क्रेनसहितका १४ वटा गस्ती गर्ने गाडी भारत सरकारले उपहार दिएको हो । भीडमा गस्ती गर्न छवटा पल्सर सेतो मोटरसाइकल गोल्छा समूहले दियो । महाशाखाको हाताभित्र रहेका गार्डेन दुगड समूहले बनाएको हो भने ट्राफिक साइन बोर्ड जय जनताले । पिउने पानी हिलटेकले उपलब्ध गराएको छ भने अन्य प्रयोजनका कतिपय सामान महाशाखासँगै जोडिएको माइसपले दिँदै आएको छ ।

बाटोमा बाँड्ने पर्चा, होर्डिड बोर्डहरूमा अलगअलग कम्पनीका नाम प्रशस्त देख्न सकिन्छ । ट्राफिक प्रहरीले बर्दीमाथि लगाउने अधिकांश फ्लोरिसन ज्याकेट पञ्चकन्या, यती एयरलाइन्स लगायतका संस्थाले दिएका हुन् । मदिरा सेवन गरे/नगरेको जाँच गर्ने बे्रथलाइजर महिला सर्कल ग्रुप नामक संस्थाले उपलब्ध गराएको हो । सडकका दायाँबायाँ हुने सानाठूला सबै प्रकारका सांकेतिक र सावधानीका अधिकांश ट्राफिक चिह्न सौजन्यमार्फत राखिएका छन् ।

अन्य कार्यालयबाट ट्राफिकमा सरुवा भई आउने प्रहरीले दरबन्दीका रूपमा पाउनुपर्ने सेतो टोपी, पेटी, टाई लगायतका सामानसमेत आफैंले किन्नुपर्छ । बजेट अभावमा विभिन्न दाताहरूसँग मागेर अधिकृतहरूले खाना खाने मेस पनि आफैं बनाएका छन् । मातहतका इकाईले कार्यालयको लेटर प्याड लगायतका सामान नजिकका यातायात व्यवसायीको सहयोगमा छाप्दै आएका छन् ।

ट्राफिकले लगाउने पन्जा, डिभाइडर ब्लक, डोरी रिफ्लेक्टर, पुस्तकालय जापानी स्वयंसेवी कियोसी बाबाले दिएका हुन् । जनचेतना अभियानका लागि दुइटा ल्यापटप, दुइटा प्रोजेक्टर, फिल्म र फोटो खिच्ने क्यामरा तथा मेस, महिला ब्यारेक र घोडा ब्यारेकमा राखिएको टीभीसमेत बाबाले उपलब्ध गराएका हुन् । भान्साकोठा, शौचालय र सडकमा गस्ती गर्ने तीनवटा सेतो मोटरसाइकल र बसपार्कस्थित ट्राफिकको गाडी बिग्रँदा ६० हजार रुपैयाँ तिरेर कियोसी बाबाले मर्मत गरिदिएका छन् ।

ट्यांकरको पानी, मिनरल वाटरका जार र बोतल, कोकोकाला, फेन्टा, प|mुटी, रियललगायत पेय पदार्थ उत्पादन गर्ने कम्पनीले सहरमा घुमेबापत ट्राफिक प्रहरीलाई सित्तैमा माग गरेको परिमाणमा बुझाउनुपर्छ । नत्र कुनै पनि बखत भित्र थुनिन तयार हुनुपर्छ । अधिकांश ट्राफिक कार्यालय र ब्यारेकमा राखिएका टेलिभिजन प्रायोजकले नै किनिदिएका हुन् ।

प्रचारप्रसारका लागि कान्तिपुर, उज्यालो, गोरखा, मेट्रो एफएमले सित्तैमा समय दिएका छन् भने राष्ट्रिय दैनिक राजधानीले आधा पृष्ठ स्थान सित्तैमा उपलब्ध गराएको छ । 'बजेट नभएपछि के गर्ने ?' महाशाखा प्रमुखमा भर्खरै आएका डीआईजी विनोद सिंह भन्छन्, 'अरू त के कुरा एक वर्षका लागि आएको इन्धन र कार्यालय सामानको रकमले तीन महिना पनि पुग्दैन ।'

उनी थप्छन्, 'अब हामी थोरै सामानका लागि हात पसार्ने पक्षमा छैनांै, कसैले केही दिन्छ भने ठोस र दीर्घकालीन सहयोग गरून्, अन्यथा साना परिमाण र कामका लागि हात थाप्दैनांै ।'

महाशाखा मातहतका २८ परिसर, वृत्त, प्रभावका कार्यालय पनि मागेरै सञ्चालनमा छन् । तिनका घरभाडा, बिजुली, टेलिफोन, सरसफाइ, मर्मत, रंगरोगनलगायत सबै खर्च मागेरै चलाउने गरिन्छ । अरू त अरू, महाशाखाले गस्ती गर्न दिएको आठ सय सीसीका सेता मोटरसाइकलमा समेत मागेरै ट्राफिकले इन्धन भर्ने गर्छन् । गस्तीका गाडीका लागि यसअघि महाशाखाले दिइँदै आएको १ सय ५० लिटर डिजेल घटाएर ९० लिटर दिन थालिएको छ । गाडीको मर्मत र नियमित सर्भिसिङ खल्तीमा जम्मा भएको रकमबाट गर्नुपर्छ ।

अझ रोचक कुरा त मागेरै करोडौं मूल्य पर्ने जग्गा र भवनसमेत ट्राफिकले जोडेको छ । कालिमाटी र कोटेश्वरको ठूला भवन, महाराजगन्ज, सातदोबाटो, बसपार्क लगायतका स्थानमा भएको साना भवन पनि ट्राफिकले दाताहरूबाटै पाएका हुन् । महाशाखा मातहत कार्यालयमा जसले विवाद नआउने गरी मागेर कार्यालय र कार्यक्षेत्र चुस्त राख्छ तिनै ट्राफिक अधिकृत उपत्यकाका लागि सर्वाधिक योग्य ठानिन्छन् ।

दाता भेट्नेले दाताबाट लिन्छन् नसक्ने अधिकांश इन्चार्जले जरिवानाबापत उठेको रकमबाटै सबै व्यवहार चलाउँछन् । त्यसका लागि सबै इन्चार्जले कार्बन नराखी जरिवानाको राजस्व काट्ने क्षमताका अफिस क्लर्क छानेका हुन्छन् । धेरै गल्ती गर्ने चालकले जरिवाना तिरेको रसिदै लिँदैनन् । लिनेहरूले पनि आफूले भुक्तानी गरेजति नै रकम राजस्वमा जम्मा भयो भएन भनेर हेर्दैनन । कसैले वास्ता नगरेको जरिवानाबाटै चलेको छ राजधानीका ट्राफिक कार्यालय र तिनका प्रमुखहरूको रमाइलो जीवन । एकाध केही इमान्दार अधिकृतलाई छाडेर मासिक १४ हजारभन्दा कम तलब खाने प्रहरी निरीक्षक र नायब निरीक्षकहरूले राजधानीको ट्राफिक कार्यालयबाट मासिक न्यूनतम ४५ हजारदेखि लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । त्यसैले उपत्यका मातहतका हरेक वृत्त, प्रभागहरू एकदमै आकर्षक केन्द्र मानिन्छन् ।

Thursday, November 5, 2009

खेलमा हैन, खेलाडीको रूचि नङ पालिसमा

लन्डन, कात्तिक १९ (एजेन्सी)- बेलायतका टेबलटेनिस प्रदर्शन निर्देशक स्टिन हेन्सनले बेलायती महिला खेलाडीहरू आफ्नो खेल सुधार गर्नु भन्दा नङ पालिसमा बढी रुचि दिने गरेको आरोप लगाएका छन्।

प्रभावशाली डेनिस प्रशिक्षक महिला खेलाडीले आलोचना सहन नसक्ने भएकाले पुरुषको तुलनामा कम भएको बताउँछन्। 'उनीहरू नङमा पालिस लगाउन बढी रुचाउँछन्,' उनले बेलायती युवा प्रतिभा अभिभावकको नियन्त्रणमा रहेको समेत बताए। हेन्सनले राष्ट्रिय फन्डिङ निकायको आलोचना गर्दै बेलायती अभिभावकहरू बढी कडा र हस्तक्षेपकारी भएको आरोप लगाए।

हेन्सनले हालै मात्र टेबलटेनिसको बजेटमा ५० प्रतिसतले कटौती गरेकोमा बेलायती खेलसंस्थाको आलोचना पनि गरे।
हेन्सन पहिलो पटक सन् २००१ मा बेलायती टेबलटेनिससँग काम गर्न आएका थिए। सेफिल्डस्थित इङ्लिस इन्स्टिच्युट अफ स्पोर्टसमा बेलायती १२ युवा प्रतिभालाई प्रशिक्षण दिइरहेका ५८ वर्षीय हेन्सनले २०१२ को ओलम्पिकमा स्वर्णका लागि प्रयास गरिरहेको बताएका छन्।

'युवतीहरूलाई प्रशिक्षण दिन बढी गाह्रो हुन्छ र मेरो विचारमा सबै खेलमा यस्तै हुने गर्छ,' हेन्सनले भने, 'केटाहरूको हकमा उनीहरूलाई पुस्तकमा भएको हरेक नामले बोलाउन सकिन्छ र यो व्यक्तिगत नभएको उनीहरूले राम्ररी बुझ्ने गर्छन्।'

'तर युवतीलाई त्यसो गर्ने हो भने जीवनभरका लागि दुश्मन पाइन्छ। उनीहरूले आलोचना सहन सक्दैनन्।'
हाल तीन सातादेखि सेफिल्डमा प्रशिक्षण प्राप्त गरिरहेका १८ वर्षमुनिका तीन खेलाडीको जिम्मा लिएका हेन्सनले अगाडि भने, 'मैले थुप्रै मुलुकमा काम गरेको छु। सबैभन्दा खराब अभिभावक यहाँको पाएँ।'



'उनीहरू बढी हस्तक्षेपकारी र हरेक समय प्रश्न मात्र सोधिरहने खालका हुन्छन्। मलाई थाहा छ उनीहरू निकै राम्रो भएको चाहन्छन्, तर बढी हस्तक्षेपकारी हुँदा केटाकेटीमा दबाब बढ्न सक्छ,' उनको बुझाइ छ।


आफ्नो बजेट कटौतीका सम्बन्धमा उनले भने, 'म चीन जाँदा उनीहरू म नजिक आएर तिमीले बेलायती टेबलटेनिसका लागि राम्रो काम गरिरहेका छौं भन्दै मलाई धाप मार्छन्। अनि यता हाम्रो बजेटमा कटौती गरेको छ। यो साँच्चै नै अविश्वसनीय छ।'
स्रोत:nagariknews.com

सावधानःकेटाकेटीले इन्टरनेट दुरुपयोग गर्दै छन

के तपाईंले आफ्ना छोराछोरीहरु साइबर क्याफेमा पसेर के गर्छन् भन्नेतर्फकहिल्यै विचार गर्नुभएको छ - आफ्ना छोराछोरी साइबर क्याफेमा घण्टौं हराएकोमा वा घरका पर्सनल कम्प्युटरमा घोत्लिएर बसेकोमा सहर-बजारका बाबुआमाहरुले प्रायः गर्वको अनुभूति गर्ने गरेको पाइन्छ । आफ्ना छोराछोरीहरु कम्प्युटरमा के काम गरिरहेका छन् भन्नेतिर धेरै बाबुआमाहरुले पटक्कै ध्यान दिएको पाइँदैन ।
धेरै केटाकेटीहरु साइबर क्याफेका अनलाइनमा अश्लील दृश्य र यौन संवादमा लिप्त हुने, हेपाइ र भेदभावको सामना गर्ने र परिवारका आन्तरिक जानकारीहरु अरुलाई दिएर असुरक्षाको खतरा बढाउने कार्यमा पनि संलग्न हुने गरेको पाइएको छ । तर यसतर्फबाबुआमाहरुको ध्यान प्रायः पुग्ने गरेको पाइँदैन । बालबालिकाको व्यक्तित्व विकास, शैक्षिक विकास, सुरक्षा र सामाजिक दृष्टिले यो निकै चिन्ताको विषय बनिरहेको छ ।

इन्टरनेटको चरम दुरुपयोग

स्कुले केटाकेटीहरु तथा किशोर-किशोरीहरु स्कुल बिदाका दिनहरुमा स्कुल छुट्टीपछि र केहीले स्कुल समयमै पनि साइबर क्याफेमा गएर वा आफ्नै पर्सनल कम्प्युटरमा अनलाइन च्याटिङ गर्ने -कम्प्युटरमा चिनेको वा नचिनेको व्यक्तिसँग लेखेर कुरा गर्ने), अनलाइन प्रोनोग्राफी (अश्लील फोटो, यौनक्रीडाका फिल्म, कार्टुन चित्र) हेर्ने, हिंसात्मक दृश्य भएका गेमहरु खेल्ने गर्छन् । त्यसमध्ये केही राम्रो शैक्षिक प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने, जरुरी इमेलहरु आदानप्रदान गर्ने पनि गर्छन् । तर माहुरीको गोलो झुम्मिएझैं झुम्मिएर बसेका काठमाडौंका धेरै साइबर क्याफेहरुमा केटाकेटीहरुको युजर हिस्ट्री हेर्दा उनीहरुले रचनात्मक र शैक्षिक प्रयोजनका लागि भन्दा च्याटिङ, प्रोनोग्राफी र गेमका लागि बढी समय खर्च गर्ने गरेको पाइन्छ । कतिपयले त मनपरी भाषा प्रयोग गरेर च्याटिङ गरेका संवादहरु खुलारुपमा त्यत्तिकै छोडेर हिँड्ने गरेको पनि पाइएको छ ।

काठमाडौं तथा पोखराका साइबर क्याफेहरुमा पसेर हेर्दा स्कुल पढ्ने उमेरका कुनै न कुनै केटाकेटीहरु एडल्ट साइटमा जाने गरेको पाइएको छ । इन्टरनेटको यस किसिमको दुरुपयोगले नेपाली समाजमा पनि विभिन्न किसिमका समस्याहरु सिर्जना गर्न थालिसकेकाले बाबुआमाहरुले यसतर्फविशेष ध्यान पुर्‍याउनै पर्ने देखिएको छ ।

इन्टरनेटले बालबालिकालाई अपूर्व ज्ञान र अवसरहरु दिन सक्छ र धेरै नेपाली बालबालिकाले वरदानका रुपमा रहेको यो प्रविधिको सदुपयोग गरेर लाभ लिइरहेका छन् भने केही बालबालिकाले यसको दुरुपयोग गरेर प्रविधिलाई नै अभिशाप बनाउँदै छन् ।

दुरुपयोगका केही घटना

काठमाडौंका किशोर-किशोरीका नामबाट अमेरिकाका विभिन्न व्यक्तिको ठेगानामा एकै किसिमको इमेल गयो । त्यसमा लेखिएको थियो- हामी १५/१६ वर्षा किशोर-किशोरीको एउटा समूह छ । अंकल/आन्टीहरु नेपाल घुम्न आउँदा गिफ्ट -कपडा, चकलेट) लिएर आउनु, हामी यौनसर्म्पर्कका लागि तयार छौं ।’

यो कुरा अमेरिकी सुरक्षा निकायसम्म पुग्यो । यो इमेल नेपालको एउटा निजी इन्टरनेट सेवाप्रदायकमार्फ गएको पत्ता लागेपछि छानबिनका लागि उसलाई पत्र लेखियो र इमेल गर्ने घर पत्ता लगाइयो । त्यहाँ १४/१५ वर्षा एक किशोर बस्ने थाहा भएपछि प्रहरीले केही समय निगरानीमा राख्यो । घरमा किशोर एक्लै बस्ने र बाबुआमा उपत्यकाबाहिर बस्ने गरेकाले किशोरले घरबाटै त्यस्तो इमेल गरेको कुरा स्वीकार गर्‍यो । छानबिन गर्दै जाँदा किशोरमा मनोवैज्ञानिक समस्यासमेत भएको पाइयो ।

एसएलसी जाँच दिएर कम्प्युटर सिक्न गएकी एक किशोरी त्यहाँ पुगेपछि च्याट गर्न सिकेर लतमा फसी । ओपन च्याट रुममा नचिनेको मानिससँग च्याट गर्दागर्दै एउटा अपरिचित केटाले आफ्ना दुःखका कुरा गर्दै सहानभूति लिन थाल्यो । केटाले फोटो पठाएर भेट्न आग्रह गर्‍यो । साथै उसले म फोटोमा जस्तोचाहिँ राम्रो छैन भनेर भेट्न बोलायो । रिङरोडको एउटा पार्कमा भेट्न जाँदा भनेकै ठाउँमा बूढो मानिस उभिएको थियो । लुकेर केटीले फोन गर्दा बूढो मानिसले फोन उठाएपछि केटी नभेटी टाप कसी । उसले केटीलाई अर्कै कम उमेरको केटाको फोटो पठाएको रहेछ ।

अर्को एक अधबैंसेले १७ वर्षो केटा बनेर प्लस टु पढ्ने केटीसँग च्याटिङ गर्न थाल्यो । केटीले थाहा पाएपछि सर्म्पर्क गर्न छोडी । अधबैंसेले बदलास्वरुप किशोरीसँग भएका आन्तरिक कुराहरु शिक्षकहरुलाई इमेल/एसएमएसमार्फ पठाइदिँदा किशोरीको पढाइ र पारिवारिक जीवन नै धरापमा पर्‍यो । र्

भर्खर एसएलसी दिएको १५ वर्षो किशोर कम्प्युटर सिक्ने बहानामा २४ वर्षी युवतीसँग नचिनीकन च्याटिङ गर्न थाल्यो । च्याटिङकै क्रममा उनीहरुले एक-अर्कालाई भेटे । त्यसको केही समयपछि नै उनीहरु गर्भपतन गराउन अस्पताल पुगे ।

काठमाडौंकै एउटा नाम चलेको बोर्डिङ स्कुलका एक कम्प्युटर शिक्षकले १३ वर्षो विद्यार्थीलाई यौनसम्बन्धी साइट उपलब्ध गराए । किशोरले पछि त्यो साइट खोलेर हर्ेदा यौनसम्बन्धी गतिविधि देखेपछि ऊ मानसिक रुपमा विचलित भयो र उसलाई काउन्सिलिङ नै गर्नुपर्ने अवस्था आयो ।

कम्प्युटर सिक्ने इन्टरनेटमा अध्ययन गर्न साइबर क्याफेहरुमा जाने धेरै केटाकेटीहरु अहिले यस्तै गलत गतिविधिहरुमा पनि लाग्ने गरेको पाइएको छ । चाहेर वा नचाहेर उनीहरु गलत बाटोतिर लाग्दै छन् तर यसतर्फबाबुआमाहरु त्यति सचेत भएको पाइँदैन ।

इन्टरनेट रमाइलोको लागि !

बालबालिकासम्बन्धी संस्था सिविन नेपालले १२ देखि १८ वर्षम्मका १४३० जना सरकारी तथा निजी विद्यालयका बालबालिकाहरुबीच इन्टरनेटको प्रयोगसम्बन्धमा अध्ययन गरेको थियो ।

अनुसन्धानमा सहभागी कुल बालबालिकामध्ये ८२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको बताएका थिए । यस्ता बालबालिकामध्ये ११ प्रतिशत बालबालिकाले अनलाइनमा आफूले नचिनेको व्यक्तिसँग यौनजन्य कुराकानी गर्ने गरेको, करिब ३६ प्रतिशतले इन्टरनेटमा जानी-जानी यौनजन्य सामग्री हेरेको र त्यसमध्ये १८ प्रतिशत बालबालिकाले इन्टरनेटमा दिनहुँ यौनजन्य सामग्री हेरेको बताएका छन् ।

सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार इन्टरनेटको प्रयोगसम्बन्धमा विभिन्न समूहमा छलफल पनि गरिएको थियो । सो छलफलको निष्कर्षनुसार बालबालिकाले इन्टरनेट प्रयोग गर्नुको मुख्य उद्देश्य च्याटिङ र गेमिङ(हिंसात्मक गेमहरु) भएको पाइएको छ । यसरी च्याटिङ गर्नेहरुले नचिनेका मानिससँग खुला च्याट रुममा कुरा गर्छन् । यसरी च्याटिङ गर्दा बढी उमेरका मानिसले उमेर ढाँटेर कुरा गर्ने, छाडा र असभ्य भाषा प्रयोग गर्ने, किशोरीहरुलाई तिमीले ब्रा, पेन्टी लगाएको छ कि छैन, कस्तो लगाएको छ - भनेर सोध्ने, नाम, उमेर, लिंग ठेगाना, फोन नम्बर सोध्ने गरेको बताएका छन् । साथै घरमा को-को छन्, कसले के गर्छन् भनेर सोध्ने गरेका र २६ प्रतिशत बालिका र ७४ प्रतिशत बालकहरुले यस्ता जानकारीहरु च्याटमार्फ आफूले नचिनेको व्यक्तिलाई दिने गरेको बताएका छन् । जुन सुरक्षाका दृष्टिले जोखिमपर्ण छ ।

अश्लील र यौन कुराकानीमा लिप्त हुन थालेपछि बालबालिकामा पढाइमा ध्यान नजाने, उमेर नपुगी यौन क्रियाकलापमा लिप्त हुने, बलात्कार तथा यौनशोषणको सिकार हुने, अपहरण, चोरी, डकैतीको सिकार हुनेजस्ता खतराहरु बढ्छन् ।

केही महिनाअघि मुर्म्बईमा १६ वर्षी एक किशोरीले आफ्नो फेस बुकमार्फ आफू घरमा एक्लै भएको सूचना राखेकी थिइन् । यो सूचना राखेको एक घण्टाभित्रै उनलाई चार जना अपरिचितहरुले बलात्कार गरेका थिए ।

अनुसन्धानअनुसार इन्टरनेट प्रयोग गर्ने बालबालिकामध्ये ५.४ प्रतिशतले आफ्नो फोटो वेभ क्यामरामार्फ अरुलाई देखाएका छन् । यस्ता सामग्रीहरु केही घण्टामै कैयौं व्यक्तिको हातमा पुगिसकेका हुन्छन् र त्यस्ता सामग्रीलाई आपराधिक मनोवृत्तिका मानिसले दुरुपयोग गर्न सक्छन् ।

सिविनको अध्ययन अनुसार इन्टरनेट प्रयोग गर्ने स्कुले बालबालिकाहरुले प्रोनोग्राफीहरु मोबाइल फोन वा मेमोरी स्टिकमा डाउनलोड गरी मोबाइलमार्फ साथीहरुलाई पठाउने, एकै ठाउँमा बसेर हर्ेर्ने गरेको पाइएको छ । सरकारी स्कुलभन्दा निजी स्कुलका विद्यार्थीले यस्ता सामग्रीहरु बढी हर्ेर्ने गरेको पाइएको छ । कतिपय अवस्थामा म्युजिक, मुभी डाउनलोड गर्ने क्रममा तथा जंकमेलमा अचानक अश्लील फोटोहरु आउँदा सुरुमा हेर्न असजिलो लागे पनि पछि रमाइलो हुने भएकाले साथीहरुसँग पनि छलफल गर्ने गरेको उनीहरु बताउँछन् ।

किशोर-किशोरीहरुले च्याटिङबाट विवाह गरेको सुनेका छन् । त्यसैले राम्रो जीवन साथी पाइने लोभमा पनि कतिपयले अन्जान व्यक्तिसँग च्याटिङ गर्ने गरेको तर झुक्याएर च्याटमा कुरा गर्ने, छाडा भाषाहरु प्रयोग गर्ने गरेको उनीहरुको अनुभव छ ।

१७ देखि २६ वर्षउमेर समूहका इन्टरनेट प्रयोग गर्ने धेरैजसो युवाहरु प्रोनोग्राफी साइटसम्बन्धमा परिचित छन् । उनीहरु नियमितरुपमा हर्ेर्ने गर्छन् र मेमोरी स्टिकमा डाउनलोड गरी साथीहरुलाई वितरण गर्छन् र मोबाइलबाट पनि पठाउने गर्छन् । दाजुदिदीका मेमोरी स्टिकबाट भाइबहिनीहरुले पनि कहिलेकाहीँ अश्लील सामग्री हर्ेर्ने गरेको पाइएको छ । यस्ता केटाहरु च्याटमार्फ केटीहरुसँग कुरा गर्ने र व्यक्तिगत जानकारी लिएर साथीहरुबीच उडाउने, हेप्ने गर्छन् ।

बालबालिकाले असुरक्षा बढाउँदै छन

१२ वर्षुनिका केटाकेटीहरुले इन्टरनेट प्रयोग गर्नुको मूल उद्देश्य नै गेम खेल्ने, म्युजिक डाउनलोड, भिडियो, बाल पेपर, इमेल, च्याटिङ नै हुन्छ । च्याटिङमा उनीहरुले नचिनेको व्यक्तिलाई नाम, उमेर, ठेगाना, फोन, हबीको बारेमा जानकारी दिने गरेका छन् । उनीहरु शैक्षिक प्रयोजनका लागि भन्दा मनोरञ्जनका लागि नै साइबर क्याफेमा गएर इन्टरनेट प्रयोग गर्छन् । च्याटिङमार्फ यसरी आफ्ना र बाबुआमाका सूचना अपरिचितलाई दिँदा अपहरण, डकैती, यौन दर्ुर्व्यवहार हुनेजस्ता खतरा निकै मात्रामा हुन्छ । साथै कतिपय बालबालिकाले च्याटिङमा तल्लो स्तरको हेपाइ र छाडापनको सामना गर्नुपरेको, हीनताबोध महसुस गर्नुपरेको बताएका छन् ।

अहिले भारतमा फेस बुकमार्फ जानकारी लिएर अपहरण गर्ने अपराध निकै वृद्धि भएको छ । नेपालमै पनि यस किसिमका घटना फाटफुट सुरु भएका छन् । केही हप्ताअघि युवतीले एसएमएस गरी २० वर्षिय एक युवकलाई स्वयम्भूमा बोलाएर अपहरण गरी ७० लाख रुपियाँ तिराएर मुक्त गरेको कुरा प्रकाशमा आएको थियो । इन्टरनेटको प्रयोगसम्बन्धमा उनीहरुलाई राम्रो निर्देशन तथा जानकारी नभएका कारण पनि यस किसिमको समस्या भोग्नुपरिरहेको छ ।

धेरैजसो साइबर क्याफेमा जाँदा उन्मुक्त भएर इन्टरनेटको प्रयोग गर्ने, बाबुआमाले कुनै अनुगमन नगर्ने, निर्देशन पनि नदिने, साइबर सञ्चालकले पनि व्यापारिक हिसाबले सञ्चालन गरेकाले नियन्त्रणको साटो जस्तो माग्छन् त्यस्तै वातावरण बनाइदिने गरेको पाइएको छ । पछिल्लो समयमा बनेका अधिकांश साइबर क्याफे क्याबिन र पर्दा भएका छन् ।

साप-इन्टरनेसनलले केही महिनाअघि विभिन्न २४ जिल्लाका साइबर क्याफेमा इन्टरनेटको प्रयोगसम्बन्धमा र्सर्वेक्षण गरेको थियो । सो र्सर्वेक्षणमा ३० वटा टेलिसेन्टर र ४३ वटा साइबर क्याफेलगायत लाइब्रेरीहरु समावेस गरिएको थियो । र्सर्वेक्षणसम्बन्धमा उक्त संस्थाका प्राविधिक अधिकृत विभूषण विष्ट भन्नुहुन्छ- ँर्सर्वेक्षणमा टेलिसेन्टरमा प्रोनोग्राफी हेरेको पाइएन तर प्रोनोग्राफी हर्ेनकै लागि साइबर क्याफे धाउनेहरु थुप्रै पाइए । अधिकांश साइबरहरु क्याबिनका रुपमा र पर्दा भएका पाइयो, जुन सामान्य सूचना प्राप्तिका लागि आवश्यक छैन । बाँकेको नेपालगन्जमा त क्याबिनमा लक गरेर नै बस्ने गरेको पाइयो । यस्तोमा इन्टरनेट प्रयोग गर्नेभन्दा डिभिडीबाट प्रोनोग्राफी हर्ेर्ने गरेको र साइबर सञ्चालकले नै उपलब्ध गराउने गरेको पाइयो ।’ उहाँका अनुसार ६/७ कक्षामा पढ्नेहरु घरमा कम्प्युटर भए पनि साइबर क्याफेमा यस्तै प्रयोजनका लागि जाने गरेका छन् ।

साप इन्टरनेसनलले गरेको अध्ययनअनुसार इन्टरनेट हर्ेर्नेमध्ये २३ प्रतिशतले इमेल गर्ने, २३ प्रतिशतले च्याट गर्ने, १५ प्रतिशतले इन्टरनेट ब्राउज गर्ने (प्रोनोग्राफीसमेत), २ प्रतिशत सोसियल नेर्टवर्कमा जाने ९द्ययिन०, २ प्रतिशतले व्यापारिक प्रयोजनका लागि हेर्ने, १७ प्रतिशतले फोन तथा वेभ क्यामेरा प्रयोग गर्ने र ८ प्रतिशतले अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ ।

अन्य वर्गबाट भन्दा पनि जानी-नजानी विद्यार्थीबाट इन्टरनेटको बढी दुरुपयोग भएको पाइएको छ । विद्यार्थीले छाडा शब्द, छाडा भाषा इन्टरनेटमा च्याटिङ गर्दा सिकिरहेका छन् । यसले उनीहरुको दैनिक बोलिचालीमा छाडापन देखाउने, उत्ताउलो बन्ने प्रवृत्ति बढ्दै गएको छ । स्कुलका छेउछाउमा अहिले हलिउड, बलिउड फिल्मका आडमा यौन चलचित्रका सिडीहरु बेच्ने काम भइरहेको छ । इन्टरनेटमा अश्लील दृश्य हर्ेर्ने बानी परेकाहरुले घरकै कम्प्युटरमा पनि सिडीमार्फ यस्ता यौन चलचित्र हर्ेन थालेका छन् । यस्ता प्रोनोग्राफीले किशोर-किशोरीको उत्तेजना बढाउँछ, असुरक्षितरुपमा प्राक्टिस गर्न पुग्छन् र सामाजिक तथा शैक्षिक जीवन बरबाद हुन पुग्छ ।

बाबुआमा नै सचेत बन्नुपर्छ

नेपालमा मात्र होइन, इन्टरनेटको दुरुपयोग भई समस्याहरु सिर्जना हुने क्रम विश्वभर नै चलेको छ र यसको नियन्त्रणका लागि अर्बौं रुपियाँ खर्च गर्न थालिएको छ । युरोपेली संघले इन्टरनेटको सुरक्षित प्रयोगको योजनाका लागि सन् २००९ मा ५ करोड ५० लाख युरो छुट्याएको छ । युरोपेली संघले इन्टरनेटमा हुने अश्लील कार्यलाई रोक्ने कार्यमा प्रहरीलाई सहयोग पुर्‍याउन विशेष सचेतना प्रणालीको विकास गरेको छ । युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरुमा इन्टरनेटमा यस्ता सामग्री राख्ने कार्यमा अवरोध उत्पन्न गराउन सञ्जाल खडा गरेको छ ।

यस्तै अमेरिकाले पनि इन्टरनेटको दुरुपयोग नियन्त्रणका लागि कतिपय कार्यक्रम अघि सारिसकेको छ । इन्टरनेटको दूरुपयोगबाट खासगरी बालबालिकाहरु जोखिममा पर्दै गएपछि यसको नियन्त्रणका लागि यस्ता सेवाप्रदायकहरुको विश्व संघले मे १७, २००९ देखि वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले 'प्रोटेक्टिङ चिल्ड्रेन इन साइबर स्पेस’ भन्ने नारासहित कार्यक्रम अघि सारेको छ । नेपालमा पनि सञ्चार मन्त्रालयको पहलमा कमिटी बनाएर विभिन्न कार्यक्रम गर्ने तयारी हुँदै छ । केही महिनाअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले साइबर क्याबिनहरु भत्काउन निर्देशन दिए पनि यो कार्य सफल हुन भने सकेन ।

नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले पनि साइबर स्पेसको दुरुपयोग हुन नदिन प्रयास सुरु गरेको बताएको छ । सो कम्पनीको सूचना तथा प्रविधि निर्देशनालयका प्रबन्धक लोचनलाल अमात्य भन्नुहुन्छ- इन्टरनेटको अनुत्पादक प्रयोग भएको, मनोरञ्जन तथा अनवान्टेड साइट र केटाकेटीले जान नहुने एडल्ट साइटमा उनीहरु गएको पाइएको छ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोगका लागि के गर्न सकिन्छ, कस्तो उपकरण उपयुक्त हुन्छ भनेर कम्पनीले अध्ययन सुरु गरेको छ । तर कानुन र उपकरणले नियन्त्रण गर्ने भनेको ५० प्रतिशत मात्र हो, बाँकीका लागि बाबुआमा नै सचेत हुनुपर्छ ।’

इन्टरनेट सेवाप्रदायक एसोसिएसनका अध्यक्ष पवन शाक्य पनि उपकरण र कानुनभन्दा बाबुआमा बढी सचेत हुनुपर्ने धारणा राख्नुहुन्छ । उपकरण राखेर घरमा नियन्त्रण गर्न सकिन्छ । खास दुरुपयोग हुने भनेको बाबुआमा नभएका साइबर क्याफेहरुमा हो । त्यस्ता ठाउँमा सुरक्षित प्रयोग गर्न उपभोक्ता नै सचेत हुनर्ुपर्छ, जसका लागि बाबुआमाकै भूमिका महत्त्वपर्ण हुन्छ ।

उहाँ भन्नुहुन्छ- स्पष्ट नीति र कानुन बनाई साइबरहरुमा पनि राउटर आदि उपकरण राख्ने बाध्यता पारे धेरै नियन्त्रण हुन सक्छ । साइबर क्याफेहरुले पनि सामाजिक दायित्व सम्झेर केटाकेटीहरु कस्तो साइटमा गइरहेका छन् भनेर निरीक्षण गर्न सक्छन् । साइबरहरुले क्याबिन बनाएर राख्नुको कुनै औचित्य पनि छैन ।’

इन्टरनेट सेवा उपभोक्ताहरुको संख्या दैनिकरुपमा वृद्धि भइरहेको छ र सेवा पनि दिनदिनै विस्तार भइरहेको छ । यसको दुरुपयोगबाट हुने समस्या पनि स्वाभाविक रुपमा वृद्धि हुन्छ । इन्टरनेटको प्रयोगलाई रोक्ने र नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन, किनभने आजका बालबालिकाका लागि सम्पर्ण सम्भावनाका ढोका यसैले खोल्न सक्छ तर यसको दुरुपयोगले उनीहरुको भविष्य बरबाद हुन सक्ने भएकाले यसको सदुपयोग र सुरक्षित प्रयोगका लागि बाबुआमा, प्रयोगकर्ता र अन्य सम्बन्धित निकायले बेलैमा गम्भीरतापूर्वक सचेतना अपनाउन जरुरी छ ।

विश्व तथ्यांक र गोप्य संकेत

अहिले विश्वका करिब १ अर्ब ५० करोड मानिसले इन्टरनेट प्रयोग गर्छन् । एक दशकअघि यो संख्या करिब २० करोड थियो र विकसित देशमा केन्द्रित थियो । हाल एसियाली देशका करिब ६० करोडले इन्टरनेट प्रयोग गर्छन् ।

इन्टरनेट प्रयोग गर्ने केटाकेटीमध्ये दैनिक ६० प्रतिशतले च्याट रुममा कुरा गर्छन् ।

इन्टरनेट प्रयोग गर्ने ४ जना केटाकेटीमध्ये ३ जनाले अनलाइनमा व्यक्तिगत सूचना आदानप्रदान गर्न रुचाउँछन् र वस्तु तथा सेवाको सट्टामा उनीहरुको व्यक्तिगत र परिवारको सूचना दिन्छन् ।

इन्टरनेट प्रयोग गर्ने ५ जना केटाकेटीमध्ये १ जनालाई हत्याराहरुले आफ्नो पञ्जामा पार्न लक्षित गरेका हुन्छन् ।

च्याट रुममा च्याटिङ गर्ने किशोर-किशोरीहरुमध्ये ३० प्रतिशतले च्याट रुममा यौन दर्व्यवहार खेपेका छन् । अनलाइन सुविधा कटौती हुने डरले धेरैले यो कुरा भन्दैनन्, ७ प्रतिशतले मात्र यस्तो कुरा अभिभावकलाई भन्ने गरेका छन् ।

९२ प्रतिशत बाबुआमाहरु च्याटमा धेरै प्रयोग गरिने गोप्य भाषा बुझ्दैनन् । जस्तो-

A/S/L = Age/Sex/Location - उमेर/लि·/ठेगाना)

Pos = Parent Over Shoulder-अभिभावक सँगै उभिइरहेको छ)

P911 . Parent Alert - अभिभावक र्सतर्क अवस्थामा छन्)

किशोर-किशोरीहरुले च्याट गर्दा अर्को व्यक्तिलाई सचेत गराउन यस किसिमको गोप्य संकेत प्रयोग गर्ने गरेको पाइएको छ ।

अनलाइनका मुख्य जोखिमहरुमा प्रोनोग्राफी हिंसा, अनलाइन गेमको लत, अनलाइन ठगी, साइबर हेपाइ र जातीय भेदभावको खतरा मुख्य हुन् ।

(स्रोतः आईटीयू वेभ)

अनलाइन र्सतर्कताका उपाय

इन्टरनेट रमाइलो र ज्ञानवर्द्धक छ र यसको प्रयोगबाट आनन्द लिनर्ुपर्छ तर सुरक्षित तवरले बालबालिकाले इन्टरनेटबाट धेरै राम्रा कामहरु गर्न सक्छन् । उपयोगी सूचना प्राप्त गर्न, नयाँ साथी बनाउन इन्टरनेट अत्यन्तै उपयोगी छ ।

डिजिटल वर्ल्डले दिएको सुविधा उपयोग गरेर ज्ञान आर्जन गर्नु, आनन्द लिनु बालबालिकाको अधिकार पनि हो तर इन्टरनेटमा पाइने अनेक अप्रिय कुराहरुबाट जोगिन पनि तयार हुनर्ुपर्छ । इन्टरनेट राम्रा मानिसले मात्र नभई नराम्रा, आपराधिक मनोवृत्ति भएका, अश्लील सामग्री मन पराउने, यौनलिप्त, अरुलाई हानि पुर्‍याउने मानिसहरुले पनि प्रयोग गर्छन् । त्यसैले इन्टरनेट प्रयोग गर्दा केही सीमितताभित्र रहनर्ुपर्छ ।

वेभ क्यामेराको दुरुपयोग

इन्टरनेट तथा वेभ क्यामेराको प्रयोग गरी मानिसहरु कति क्रुर व्यवहार गर्न पुग्छन् भन्ने उदाहरण दिने घटना केही महिनाअघि ललितपुरमा घटेको छ ।

ललितपुरको एक जना युवककहाँ अमेरिकाबाट अचानक साथीको फोन आयो । उसले फोनमा भन्यो- तुरुन्तै मेरो गर्ल फ्रेन्डलाई गएर एक पटक भेट, अति जरुरी छ ।’ युवक अर्काको मोटरसाइल मागेर ललितपुरमै रहेकी ती युवतीको घरमा पुग्यो । युवतीकी आमा बैठक कोठमा बसेकी थिइन् । उसले युवतीको बारेमा सोध्दा उसकै कोठामा भएको जानकारी पायो । युवतीको ढोका नखुलेपछि ढोका फोरेर हर्ेदा उनी झुन्डिएर मरिसकेकी थिइन् । वेभ क्यामेरा अन थियो । अमेरिकाको ब्वाइ प|mेन्डसँग कुरा गर्दै वेभ क्यामेराबाट प्रत्यक्ष देखाएर उनले आत्महत्या गरेकी थिइन् । यो इन्टरनेट तथा वेभ क्यामेराको चरम दुरुपयोगको एउटा नमुना मात्र हो ।

आफ्नो गोपनीयताबारे सचेत हुनुपर्छ

अनलाइनमा कुनै कुरा अरुसँग शेयर गर्नुभन्दा पहिले कम्तीमा दुइ पटक सोच्नपर्छ ।

अनलाइनमा फोटो, सूचना राखेपछि हटाउन सकिन्न । त्यसैले धेरै विचार गरेर राख्नर्पर्छ र कस्तो राख्ने भन्ने पनि सोच्नपर्छ ।

अरुले दिएको सूचनामा तत्काल विश्वास गर्नुहुन्न ।

अनलाइनमा कैयौं नयाँ मानिस भेट हुन्छ तर उनीहरुलाई वास्तविक जीवनमा भेट्ने बारेमा धेरै सोच्नुपर्छ । अभिभावकलाई जानकारी नदिई र एक्लै नयाँ मानिसलाई भेट्नुहुन्न ।

इमेलमा तर्सने, नराम्रो व्यवहार गर्ने, छाडा तथा धम्कीको भाषा प्रयोग गर्नेजस्ता व्यक्तिको इमेल ब्लक गर्न सकिन्छ । सेक्सको बारेमा कुरा गर्ने, आन्तरिक सूचना माग्नेसँग र्सतर्क हुनुपर्छ र यसबारे अभिभावकलाई पनि जानकारी गराउनुपर्छ ।

बालबालिका तथा किशोर-किशोरीले सुरक्षित रुपमा अनलाइनको प्रयोग गर्न पाउनु अधिकार हो र यसको संरक्षण अभिभावक र स्कुलले गरिदिनुपर्छ ।

त्यसैले घरको कम्प्युटर कमन रुममा राख्नुपर्छ । सकिन्छ भने अनावश्यक साइटहरु ब्लक गर्ने व्यवस्था गर्नुपर्छ । केटाकेटीले प्रयोग गर्ने साइटका बारेमा बाबुआमा जानकार हुनुपर्छ । के गर्ने, के नगर्ने भन्ने बारेमा बालबालिकालाई बराबर निर्देशन दिनर्ुपर्छ । साइबरमा जाँदा पनि उनीहरु के गर्दै छन् भन्ने बारेमा अनुगमन गर्नुपर्छ ।

स्कुलहरुले पनि आफ्ना विद्यार्थीलाई इन्टरनेटको खतरा तथा नराम्रा पक्षबारे जानकारी दिनुपर्छ । इन्टरनेटमा पूरा नाम प्रयोग नगर्न, उमेरअनुसारका साइट प्रयोग गर्न विद्यार्थीलाई सचेत गराउनुपर्छ । विद्यार्थीले मेमोरी स्टिकमा डाउनलोड गरेर बोकेका सामग्री आवश्यक हुन् कि होइनन् भन्नेबारे अभिभावक र शिक्षकले निरीक्षण पनि गर्नुपर्छ ।
स्रोत:साधना मासिक

Wednesday, November 4, 2009

अब केहि तस्बिर हेर्ने कि

कति नेपालको राजनीति अनि नेपालमा भएका समस्याहरुको बारेमा मात्रै कुरा गर्ने अब केहि तस्बिर हेर्ने की ?


Cause

Tuesday, November 3, 2009

नम्रता श्रेष्ठ फेरी आइन (Namrata Shrestha Came Back Again)


केहि समय अगाडी अश्लिल भिडियो सार्वजनिक भएपछी एकाएक रजतपटबाट हराएकी तथा भारत पलायन भएकी भनिएकी नायिका तथा मोडल नम्रता श्रेष्ठको दुई महिना पनि बित्न नपाउँदै नेपाली रजतपटमा पुनारागमन हुने भएको छ ।

दुर्व्यसनीको कुलतमा फसेकी एक महिला एकता महत जो १४ बर्षको उमेर देखिनै लागुऔसध दुर्व्यसनीको कुलतमा फसेकी थिईन् र हाल आएर उनी एचआईभी/एड्स र लागुऔसध सम्बन्धी सचेतनामुलक एक संस्थामा आबद्व छिन्, को जीवनको सचित्र घटनालाई पर्दामा उतारेर बनाउन लागिएको एक चलचित्रमा नम्रताले प्रमुख पात्रको रूपमा अभिनय गर्ने भएकी छिन् | यस चलचित्रको निर्देशन भने प्रचण्ड श्रेष्ठले गर्ने भएका छन् ।

व्यबसायिक चलचित्रमा मात्र अभिनय गरेकी नायिका नम्रताको लागी यो भुमिका निकै 'च्यालेन्जिङ' हुने 'च्यालेन्जिङ' हुने भएर नै होला नम्रता दुर्व्यसनीमा फसेकाहरूको मनोबिज्ञान, बानिव्यहोरा र जीवनशैलीसँग नजिकिन 'रिह्याब सेन्टर' मा जाने पनि भएकी छिन् भन्ने खबर आएको छ ।

नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आशालाग्दो प्रतिभा नम्रता श्रेष्ठको 'भिडियो स्क्याण्डल' को कारणले उनको आलोचना भैरहेको तथा भबिश्य डामाडोल हुन्छ भनेर विभिन्न अड्कल काटीइरहेको बेला नम्रताको पुनरागमन उनका शुभचिन्तकहरूको लागि पक्कै पनि खुसीको खबर हो तर आम दर्शकहरूले उनको यात्रालाई कति सम्म साथ देलान त्यो त भबिश्यले नै बताउला । हामी पनि उनको भबिस्यको सफलताको कामना गर्दछौ |
Note: नम्रता श्रेष्ठको अस्लिल भिडियो हेर्न हामीलाई Mail गर्नुहोस् |

Sunday, November 1, 2009

पुजा लामाको विवाह भयो


Update::
नागरिकन्युजमा प्रकाशित समाचार अनुसार अलिपछि भव्य विवाह गर्ने तयारी भएपनि भिडियो प्रकरणकै कारण हतारमा यो निर्णय गरेका बताईन पूजाले।
करिव १५ मिनेटमा सकिएको यो विवाहमा उनीहरुले एक अर्कालाई माला र खादा लगाईदिएका थिए। दुवैलाई फिल्मकर्मी मनोज केसीले टीका लगाईदिए र यो औपचारिकता सकियो।

शिशिरले भिडियोको बिषयमा पूजासँग केही नसोध्न आग्रह गर्दै भने : 'अब उनी मेरी श्रीमती हुन्। उनको जिम्मेवारी मेरो काँधमा आएको छ। जे सोध्नु छ मलाई सोध्नुस्,' उनले पूजासँगको प्रेम सम्बन्ध आफ्नो परिवारलाई पनि थाहा भएको र उनीहरुले नै छिटो विवाह गर्न सल्लाह दिएको शिशिरले बताए। पूजासँग आफ्नो डेढबर्ष देखिको प्रेम सम्बन्ध रहेको समेत उनले खुलाए। आइतबार नै पूजालाई आफ्नो घर बिशालनगरमा भित्रयाउने उनले जानकारी दिए।

विवाहमा शिशिरको आमा र बहिनी आएका थिए। पूजा साथमा भने फिल्मकर्मी केसी, उनकी श्रीमती र गायिका निशा सुनार थिए। 'भिडियोको कारण अप्रिय घटना हुन नपाओस् भनेर अकस्मात विवाहमा जोड दिएका हौं,' दुबैका आफन्तले भने। पूजा र शिशिर भने आफ्नो धार्मीक परम्परा अनुसार भव्य विवाह गर्ने बताउँदै विदा भए।



अस्लिल भिडियो सार्वजनिक भएको समाचार आएको एकहप्ता पनि नपुग्दै मोडल तथा नायीका पुजा लामा आज बिबाह बन्धनमा बढिने भएकी छिन | नागरिकन्युजका अनुसार उनको बिबाह अहिले दिउँसो २ बजे राजधानीको भद्रकाली मन्दिरमा हुदै छ |


नागरिकन्युजको ओंलिने सस्करणमा प्रकशित समाचारअनुसार उनको बिबाह शिशिर स्याङ्तानसँग हुन लागेको हो। अपर्झट हुन लागेको यो विवाहबारे जिज्ञासा राख्दा सबै कुरा विवाहस्थलमै बताउने उनले जानकारी दिइन्।

Note: उनको अस्लिल भिडियो हेर्न हामीलाई Mail गर्नुहोस् |

अनिलको भारतीय क्लबमा प्रवेशले उब्जाएको प्रश्न ?


नेपाली राष्ट्रिय टोलीका मेहनती स्ट्राइकर अनिल गुरुङ शुक्रबार भारतीय लिगको सिलोङ लाइओङसँग महँगो रकममा अनुबन्धित भएका छन्। तीन वर्षका लागि अनिल ६३ लाख ६० हजार रुपैयाँमा अनुबन्धित भएका हुन्।

एनआरटीका फरवार्र्ड अनिल लन्डनमा त्यहाँको पाँचौं डिभिजन क्लब वकिङमा तीन महिना लामो राम्रो ट्रायल दिएपछि नेपाल आएका थिए। 'वर्क परमिट' नपाएका कारण नेपाल फर्कन बाध्य भएका अनिलले तत्कालै भारतीय लिगमा आकर्षक अवसर पाएका हुन। कुनै पनि नेपाली खेलाडीले पारिश्रमिकबापत पाउन लागेको यो सबैभन्दा ठूलो रकम हो।

पछिल्लो तीन वर्षदेखि नेपालमा घरेलु फुटबल नभएको अवस्थामा अनिलले पाएको यो अवसर अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ, घरमा फुटबल नभएर निरास बनेका अन्य नेपाली फुटबलरका लागि पनि अनिलको सफलता प्रेरणाको स्रोत बनेको त छ तर यसले गर्दा अन्य खेलाडीका साथै नेपाली फूटबलप्रेमी दर्शकहरुका मनमा अब नेपाली फूटबलको बिकाश हुन्छ भन्नेमा बिश्वास हराइसकेको छ ।

नेपालमा सधै १० नम्बर जर्सीमा देखिदै आएका अनिलले सिलोङमा २० नम्बर जर्सीसमेत पाइसकेका छन। पोखराको सहारा क्लबको उत्पादन अनिल नेपाली फूटबलको इतिहासमा राम्रा खेलाडी थिए | तर बिडम्बना अनिललाइ नेपालले राख्न सकेन र अनिल पुगे भारत, जसले गर्दा अन्य खेलाडीका साथै नेपाली फूटबलप्रेमी दर्शकहरुका मनमा अब नेपाली फूटबलको बिकाश हुन्छ भन्नेमा बिश्वास हराइसकेको छ |
यसरि धमाधम राम्रा खेलाडीहरु बिदेशिन थाले भने नेपालले खेलकुदको क्षेत्रमा ठुलो घाटा बेहोर्नु नपर्ला भन्न सकिन्न |

अनिलको भारतीय क्लबमा प्रवेशले नेपाली खेलकुदको इतिहासमै नौलो रेकर्ड त राखेको छ तर यसका साथै प्रश्न पनि उब्जाएको छ कि नेपालमा खेलकुदको बिकाश यसरि राष्ट्रिय खेलाडीहरुलाई विदेश पठाएर हुन्छ र ? के नेपालका कुनै फूटबलरले अनिलको स्थान लिन सक्लान त ?

Linking Networks