हैन जुन कम्युनिस्ट सरकारमा गए पनि हिन्दूहरुकै प्रमुख आरध्यदेव मानिने र देश विदेशका हिन्दूहरुले पुज्ने र नेपाललाई विश्वमा चिनाउन मद्घत गर्ने श्री पशुपतीनाथकै मन्दिरमाथि राजनीति गर्नै पर्ने किन ???

फेरी अहिलेको एमाले सरकारले दुई जना भारतीय पुजारीलाई पुजारी नियुक्त गर्न सिफारिस गरेछ। कोषले पशुपतिको उत्तरमुखका लागि गिरीश र बासुकीनाथ मन्दिरका लागि राघवेन्द्रलाई सिफारिस गरेको हो। पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति मन्त्री मिनेन्द्र रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस कोषका संरक्षक प्रधानमन्त्री माधवकुमार नेपाललाई गरेको रहेछ।
अब माओवादीलाई यो घटनाले आन्दोलनको लागि नयाँ बिषय थपिदिएको छ । माओवादीहरुले पनि आफुहरुलाई अप्ठेरोमा पारेको इख बिर्सेका पक्कै छैनन् नै। त्यसको पालो फेर्ने तयारीका लागि माओवादी सरकारले पशुपतिका पुजारी नियुक्त गरेका डा ऋषिप्रसाद शर्मालाई नै अगाडि बढाइएको छ आन्दोलनको नेतृत्व गर्न। उनको संयोजनमा नेपाली पुजारी नियुक्त गर्न सघर्ष समिति बनाइएको छ।उक्त समुहले हिजो पशुपति क्षेत्र विकास कोषका सबै विभागहरुमा अनिश्चितकालीन तालाबन्दी गरे।
हिजोको तालाबन्दीका कारण पशुपति क्षेत्र हिजो दिनभर तनावग्रत रह्यो। प्रहरीले आज पनि बिहानैबाट त्यहाँ जनपद र सशस्त्र प्रहरी तैनाथ गरेको छ।
हैन जुन कम्युनिस्ट सरकारमा गए पनि हिन्दूहरुकै प्रमुख आरध्यदेव मानिने र देश विदेशका हिन्दूहरुले पुज्ने र नेपाललाई विश्वमा चिनाउन मद्घत गर्ने श्री पशुपतीनाथकै मन्दिरमाथि राजनीति गर्नै पर्ने किन ??? धर्ममा पनि राजनीति मिसाउने कुबुद्धिले भरिएको दिमागमा कहिले सदबुद्धि आउला ? सँधै पशुपतिनाथले हामी सबैको रक्षा गरुन् भन्नुपर्थ्यो, अब यो राजनीतिक दलहरुको राजनीतिकरणबाट कसले रक्षा गर्ने पशुपतिनाथलाई ? पशुपती मात्रै छ राजनीति गर्नलाई ?
हे कम्युनिस्ट सरकार रक्षा गर पशुपतिनाथको !
जय कम्युनिस्ट सरकार !
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।