Sunday, September 13, 2009

नागरिक सर्वोच्चता कि आन्दोलन सर्वोच्चता


भन्नलाई नागरिक सर्वोच्चताको लागि भनिए पनि माओवादीको आन्दोलनले नागरिकहरुलाई नै असार गरिरहेको छ । सरकारी कार्यालय बन्द गर्दा कर्मचारीहरुको तलब पाकिरहन्छ तर जनताको काम अड्किरहन्छ । यस्तो हुँदा घाटा कसलाई जनतालाई कि सरकारी कर्मचारीलाई कि सरकारलाई ? के हरेक माग पुर गराउन जनतालाई नै दु:ख दिनु पर्ने हो ? नागरिक सर्वोच्चता भनेको के हो जनतालाई बलिको बोको बनाउनु नै नागरिक सर्वोच्चता हो कि के हो ? जुनसुकै पार्टीको माग पुरा गराउनलाई पनि आन्दोलन नै गर्नु पर्ने हो कि के हो ? अब नेपालीहरुलाई सानो घटना भए पनि आन्दोलन गर्ने बनी बसिसकेको छ । सडकमा कुखुरा मरेपनी आन्दोलन , लोग्नेश्वासनिको झगडा परे पनि आन्दोलन । माओवादीको नागरिक सर्वोच्चताको लागि भनिएको आन्दोलनले सरकारको एउटा रौँ पनि हल्लाउन सकेको छैन । आज फेरी पनि नागरिक सर्वोच्चताको माग गर्दै निषेधित क्षेत्र सिंहदरबारको दक्षिण गेटमा माओवादीका दलीत सभासदहरुले विरोध प्रदर्शन गरेछन । होइन नागरिक सर्वोच्चता भनेको आन्दोलन सर्वोच्चता हो कि क्य हो ? थुप्रै दिनदेखी मेरो मस्तिस्कमा यै प्रश्न घुमीरहेको छ ।

अब नेपालीहरुलाई सानो घटना भए पनि आन्दोलन गर्ने बनी बसिसकेको छ । सडकमा कुखुरा मरेपनी आन्दोलन , लोग्नेश्वासनिको झगडा परे पनि आन्दोलन । माओवादीको नागरिक सर्वोच्चताको लागि भनिएको आन्दोलनले सरकारको एउटा रौँ पनि हल्लाउन सकेको छैन । आज फेरी पनि नागरिक सर्वोच्चताको माग गर्दै निषेधित क्षेत्र सिंहदरबारको दक्षिण गेटमा माओवादीका दलीत सभासदहरुले विरोध प्रदर्शन गरेछन । होइन नागरिक सर्वोच्चता भनेको आन्दोलन सर्वोच्चता हो कि क्या हो ? थुप्रै दिनदेखी मेरो मस्तिस्कमा यै प्रश्न घुमीरहेको छ ।
Image:dainikee.com

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks