Wednesday, September 2, 2009

नेपालमा पनि सफल हुँदै छ सिक्किमी रणनिती

इतिहासकार र राजनीतिज्ञ दुबैवाट पटक पटक चर्चा परिचर्चा भएको विषय हो–इन्दीरा गान्धी नेपाललाई सिक्किम बनाउन चाहन्थीन । र उनले धेरै पटक यसको प्रयास पनि गरेकी थिइन । प्रधानमन्त्री भए लगत्तै उनले जवाहरलाल नेहरुले सिक्किम र नेपाललाई भारतमा गाभ्न सकेनन भनेर आलोचना गरेकी थिइन र त्यो कमजोरी सच्याउने अभिभारा आफुले बोकेकी थिइन । सिक्किमको विषयमा इन्दीरा सफल भए पनि नेपालको बिषयमा भने सफल हुन सकेकी थीइनन । तर अब आएर नेपालमा पनि सिक्किमी रणनिती केही सफल बन्दै गैरहेको छ । विपीका केही पुस्तकमा इन्दीराले नेपाललाई सिक्किम बनाउने अभियान शुरुवात गरेपछि विपी स्वदेश फर्किएको विषयमा लेखेको पाईन्छ । यही आधारमा नै स्पष्ट भन्न सकिन्छ नेपालको सिक्किमीकरण कुनै हल्ला हैन भारतको स्पष्ट रणनीति नै हो जो अहिलेसम्म सफल हुन सकेको छैन । तर, जारी छ रोकिएको छैन ।
जसरी सिक्किमलाई भारतले आफ्नो राज्यमा गाभ्यो त्यस्तै रणनिती नेपाललाई पनि प्रयोग गर्दै आइरहेको देखिन्छ । चाहे त्यो २००७ सालको राणाविरोधी आन्दोलन होस् या २०४६ सालको प्रजातन्त्र प्रप्तिको आन्दोलन होस् या त २०६२/२०६३को जनआन्दोलन नै किन नहोस् सबैमा भारतले मध्यस्तकर्ताको भूमिका निर्बाह गर्दै आइरहेको छ । जसरी सिक्किमको राजतन्त्र फालेर लेन्डुप दोर्जेलाई मुख्य मन्त्री बनाउन भूमिका खेलेको थियो । अहिले नेपालको सन्दर्भमा भने पुरै नेपाललाई गाभ्न नसकिने देखेर एक मधेश एक प्रदेशको नारामार्फत भाई भाईलाई लडाएर हुन्छ वा हिन्दी सपथ बिबादलाई प्रमुख बनाएर बिभिन्न रुपमा आन्दोलन गराएर पहिले तराइ अनी अन्य भु-भाग अतिक्रमण तथा एक मधेश एक प्रदेश जस्तै अन्य नाराको माध्यमबाट पुरै नेपाल नै भारतको भु-भाग बनाउने रणनिती देखिन्छ । यस् कार्यमा भारतीय दलाल तथा र क गुप्तचरहरु लागि परेका छन । सर्सर्ती हेर्दा राजदरबार हत्याकान्ड घटाऊनेदेखी राजा फाल्ने र गणतन्त्र ल्याउने कार्यमा नेता तथा राजनीतिक दलहरु मात्र नभएर भारतको पनि प्रत्यक्ष/अप्रत्यक्ष भूमिका खेलेको छ । र यसमा भारतको स्वार्थ लुकेको प्रस्टै देखिन्छ ।

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks